Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • जेन-जीलाई नभड्काउ
जेन-जीलाई नभड्काउ
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, भदौ २३, २०८२

जेन-जी अर्थात् सन् १९९७ देखि २०१२ बीचमा जन्मिएका पुस्ता अहिले सरकारविरुद्ध आक्रोशित सुनिएका छन् । १३ वर्षको तन्नेरीदेखि २८ वर्ष पुगेका युवाहरु यो समूहमा पर्छन् । यो समूहलाई न त नेपाली कांग्रेसले राणाविरुद्ध छेडेको आन्दोलनको मतलब छ न त माओवादीले गरेको १० वर्षे जनयुद्धको कुनै चासो छ ।

विकसित देशहरु हाइ-हाइपरसोनिक विमान उत्पादनतिर लागिसकेका उनीहरुले विभिन्न सामाजिक सञ्जालबाट देखिसकेका छन् । हाइ-हाइपरसोनिक विमानको गति प्रतिघण्टा सात हजार किलोमिटरभन्दा तीव्र हुन्छ । जबकि, अहिलेको साधारण विमानको गति प्रतिघण्टा ५०० देखि ८०० किलोमिटरसम्म हुन्छ । विकसित देशको शासनसत्ता यति पारदर्शी हुन थाले कि जनताले अब त्यहाँ प्रश्‍न उठाउने ठाउँ भेट्न मुस्किल हुन्छ । बरु उनीहरु शासन व्यवस्था सफल बनाउन सहयोग गर्ने अवस्थामा पुगिसकेका छन् । यस्तै व्यवस्था पढ्दै हुर्केका जेन–जी पुस्ता अहिले नेपाली शासकको नीतिगत उल्झन्, एउटा कानुन बनाउन वर्षौं लाग्नेजस्ता ढिलासुस्तीले आजित सुनिन्छन् । 
विकासमा ढिलासुस्ती, दैनिक प्रशासनिक कामकाजमा ढिलासुस्ती, कालो धनमाथि संरक्षण, अवैध कारोबार र भ्रष्टाचारले देश ‘ग्रे लिस्ट’मा परिसकेकोलगायत विषयले उनीहरुलाई आजित बनाएको बुझ्न कठिन छैन । वर्तमान अवस्थामा हेर्ने हो भने देश लथालिंग छ । यस्तो अवस्थामा नेताहरु आफूहरुले राणा शासनमा गरेको दुःख र माओवादी युद्धमा भोगेको यातनाका लोरी सुनाएर भुलाउने कोसिसमा छन् ।

जेन-जीलाई यसरी लोरी सुनाउनेहरु बेबी बुमर पुस्ता हुन् जो सन् १९४६ देखि १९६४ भित्र जन्मिएकाहरु हुन् । शासनसत्तामा अहिले यही पुस्ताको राज छ । कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल यही पुस्ताका हुन् । यो पुस्ताको नेतृत्वले अहिले सूचीकरणको नाममा सोसल मिडिया ठप्प पारेको छ । जुन जेन-जीको जीवनयापनको महत्‍वपूर्ण राजमार्ग थियो । हो अहिले यही राजमार्ग बन्द गरेर सरकार जेन-जीको इच्छाविपरीत काम गरिरहेको छ । बिरालोलाई थुनेर चुटेपछि के होला ?

Hardik health

सरकार अहिले यही अवस्थामा पुगेको छ । सूचनाको राजमार्ग बन्द गर्दा सरकारमाथि बुमर्‍याङ सिर्जना भएको छ । अब जेन-जी पुस्ता सरकारमाथि जाइलागेको छ । जेन-जीलाई कम आँक्नु सरकारको मूर्खता हुने छ । उनीहरुलाई नभड्काउने ढंगले आजको आन्दोलनमा सरकारले संयमता अपनाउनुपर्छ । अहिले योसँगै नेपोबेबिज् अभियान पनि चर्किंदो छ । यो अभियानबाट सरकारमा भएकाहरुले सिक्नुपर्ने विषय भनेको आफू सुध्रिने हो । सुधारको बाटो बनाऊ, जेन-जीलाई नभड्काऊ ।
 


प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२  ११:५५
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
रानीसैनको सीमा विवाद तत्काल सल्टाऊ
रानीसैनको सीमा विवाद तत्काल सल्टाऊ सोमबार, जेठ ११, २०८३
विश्वविद्यालयको साख फर्काउने अवसर
विश्वविद्यालयको साख फर्काउने अवसर आइतबार, जेठ १०, २०८३
सभामुखबाट भूमिका तटस्थ होस् 
सभामुखबाट भूमिका तटस्थ होस्  शुक्रबार, जेठ ८, २०८३
संसद्प्रतिको उदासीनता लोकतन्त्रका लागि घातक
संसद्प्रतिको उदासीनता लोकतन्त्रका लागि घातक बिहीबार, जेठ ७, २०८३
विभेदकारी विज्ञापन नीति तत्काल खारेज गर
विभेदकारी विज्ञापन नीति तत्काल खारेज गर सोमबार, जेठ ४, २०८३
बेरुजुको चाङभित्रको वित्तीय अराजकता
बेरुजुको चाङभित्रको वित्तीय अराजकता आइतबार, जेठ ३, २०८३
प्रधानमन्त्री संसदप्रति उत्तरदायी बन
प्रधानमन्त्री संसदप्रति उत्तरदायी बन शुक्रबार, जेठ १, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP