Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेकपा एमाले
  • #ड्रागनखेती
  • #‘जय  लाखय्’
  • #संसद् बैठक
  • #मध्यपहाडी लोकमार्ग
  • #बालमैत्री स्थानीय शासनयुक्त नगर
  • #जिप दुर्घटना
  • #बाढी
  • #बाल_श्रममुक्त
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • सेक्टर परिवर्तनको माग गर्दै इपिएस शाखामा धर्ना
सेक्टर परिवर्तनको माग गर्दै इपिएस शाखामा धर्ना
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, वैशाख २३, २०८२

रोस्टरमा रहेका श्रमिकको छनोट कोरियाका रोजगारदाताले गर्छन् । तर कोरिया जाने पर्खाइमा बसेकाहरुले इपिएस शाखाले छनोट गरेन भन्दै आएका छन् । हाम्रो भूमिका श्रमिक र कोरियाबीचको पुल जस्तो मात्र हो ।
राजकुमार राई
निर्देशक, इपिएस कोरिया शाखा

काठमाडौं– ललितपुरको ग्वार्कोस्थित इपिएस कोरिया शाखामा सोमबार धर्ना दिन गएका युवाहरुमाथि प्रहरीले लाठीचार्ज गरेको छ । पानी जहाज निर्माण (सिप बिल्डिङ)तर्फ कोरियन भाषा उत्तीर्ण गरेर बसेकाहरुले सेक्टर परिवर्तनको माग गर्दै नाराबाजी गरेका थिए । त्यही क्रममा प्रहरीले लाठीचार्ज गरेको हो ।

प्रहरीको कुटाइबाट केही युवा सामान्य घाइते भएका छन् । नाराबाजी गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमासमेत लिएको थियो । आफूहरुको शान्तिपूर्ण आन्दोलन गरिरहँदा बल प्रयोग गरेको भन्दै आन्दोलनरत युवाहरु थप आक्रोशित भएका छन् ।

‘हामीहरु शान्तिपूर्ण रुपमा बसेर धर्ना दिइरहेका थियौं । हाम्रो माग पूरा नभएसम्म हामी निरन्तर धर्ना दिइरहने बताएका थियौं । तर प्रहरीले हामीलाई लाठी हान्न थाल्यो,’ धर्नामा सहभागी कमल सिग्देलले प्रभावसँग भने, ‘एक जना दिदीको खुट्टामा लागेर हिँड्न नमिल्ने भएको छ । मेरो पनि हातमा लाग्यो । अर्को एक जना पनि घाइते हुनुभएको छ ।’ 

Hardik health

भाषा परीक्षा उत्तीर्ण गरेको दुई वर्षसम्म रोस्टरमा राखेर कोरिया लैजाने गरिन्छ । उक्त अवधिभित्र लगिसक्नुपर्ने प्रावधानअनुसार आफूसँग अब नौ महिनाको मात्र समय रहेको सिग्देलले बताए । अहिलेसम्म सिप बिल्डिङमा १० प्रतिशत श्रमिक पनि नलगेकाले सेक्टर परिवर्तनको माग गरेको उनको भनाइ छ । ‘तर इपिएस शाखा हाम्रो माग सुनुवाइ गर्ने पक्षमा छैन । उल्टै हामीमाथि दमन भइरहेको छ । हामीले वैदेशिक रोजगार विभागदेखि श्रम मन्त्रालयकोसमेत ध्यानाकर्षण गरायौं तर श्रम मन्त्रीले पनि वास्ता गर्नुभएन,’ सिग्देलले भने । 

माग सुनुवाइ हुन्छ कि भनेर धर्ना दिन गएका प्रकाश खड्का पनि सरकारले आफूहरुको कुरा सुन्नुको साटो उल्टै बल प्रयोग गरेको बताउँछन् । ‘हाम्रो कुरा कसले सुन्छ ? यसरी लाठी हान्छ पुलिसले । अब १० महिनाजति बाँकी छ । खै के जान पाइएला र !,’ उनले निराशा पोखे ।सन् २०२३ मा सिप बिल्डिङमा भाषा परीक्षा उत्तिर्ण गरेकाहरुले सोमवार इपिएसमा धर्ना दिएका हुन् । प्रहरीको लाठीचार्जपछि भीड तितरबितर भएको थियो । धर्नामा करिब १०० जना उपस्थित थिए । उनीहरुले आइतबारदेखि इपिएस शाखामा धर्ना सुरु गरेका हुन् । 


के भन्छ इपिएस शाखा ?
श्रमिकको मागको विषयमा आइतबार नै एचआरडी कोरियालाई खबर गरेको इपिएस कोरिया शाखाका निर्देशक राजकुमार राई बताउँछन् । सोमबारसम्म जवाफ प्राप्त नभएको र के जवाफ आउँछ भनेर आफूहरुलाई पनि थाहा नहुने उनको भनाइ छ । ‘श्रमिकको छनोट गर्ने अधिकार इपिएस शाखालाई हुँदैन । कोरियाले सिप बिल्डिङमा मात्र नभएर अन्य सेक्टरमा पनि न्यून संख्यामा श्रमिक लग्ने गरेको छ,’ उनले भने, ‘परीक्षामा धेरै पास गराउने तर थोरै लगेको विषयमा हामीले पटक–पटक कुरा राखिसकेका छौं । तर उताबाट कुनै जवाफ आएको छैन ।’

कोरिया जाने सपना देखेर, दुःख गरेर भाषा परीक्षा उत्तीर्ण गरी लामो समयसम्म कुरेर बस्नुपर्दा युवाहरुमा आक्रोश देखिनु स्वाभाविक भएको तर आफूहरुको हातमा केही नभएको निदेर्शक राई बताउँछन् । कोरिया जाँदा पूरा गर्नुपर्ने १४ वटा प्रक्रियामध्ये दर्ता भएका निवेदन कोरिया पठाउने र नेपालमा लेबर कन्ट्रयाक्ट (श्रम सम्झौता) आएपछि त्यसमा श्रमिकलाई हस्ताक्षर गराउने दुईवटा काममात्र इपिएस शाखाको भएको उनले बताए ।

‘रोस्टरमा रहेका श्रमिकको छनोट कोरियाका रोजगारदाताले गर्छन् । तर कोरिया जाने पर्खाइमा बसेकाहरुले इपिएसले छनोट गरेन भन्दै आएका छन् । हाम्रो भूमिका साधारण छ । हामी त श्रमिक र कोरियाबीचको पुल जस्तो मात्र हो,’ राईले भने ।

धर्ना दिइरहेकाहरुमाथि लाठीचार्ज भएको विषयमा इपिएस शाखाको कुनै हात नभएको उनले प्रस्ट्याए । ‘त्यो शान्ति सुरक्षाको पाटो हो । विगतमा घटेको घटनापछि यस क्षेत्रलाई संवेदनशील रुपले हेर्न थालिएको छ । यहाँ प्रहरीको सक्रियता बढाइएको छ । तर धर्ना दिनेहरुमाथि भएको व्यवहारको विषयमा इपिएसको कुनै संलग्नता छैन,’ उनको भनाइ थियो । 

इपिएस शाखाका अनुसार सन् २००८ यता एक लाख १३ हजारभन्दा बढी भाषा परीक्षा उत्तीर्ण गरी कोरिया गएका छन् । हाल उत्पादनतर्फ १४ हजार ५७६, कृषितर्फ छ हजार ५५१ र सिप बिल्डिङतर्फ तीन हजार ४३५ जना गरी कूल २४ हजार ५६२ जना रोस्टरमा नाम निस्किएर छनोटको पर्खाइमा छन् ।
 


प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२  ०९:१८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
इटाली र युएई पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
इटाली र युएई पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ बुधबार, भदौ १८, २०८२
सीपयुक्त जनशक्तिको मागपत्र प्रमाणीकरण गर्न दूतावास तयार, अहिलेसम्म आवेदन नआएको प्रस्टीकरण
सीपयुक्त जनशक्तिको मागपत्र प्रमाणीकरण गर्न दूतावास तयार, अहिलेसम्म आवेदन नआएको प्रस्टीकरण बुधबार, भदौ १८, २०८२
नेपाल र साउदी अरेबियाबीच श्रम सम्झौता गर्न मन्त्रिपरिषदले स्वीकृति
नेपाल र साउदी अरेबियाबीच श्रम सम्झौता गर्न मन्त्रिपरिषदले स्वीकृति मंगलबार, भदौ १७, २०८२
युएई पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
युएई पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ मंगलबार, भदौ १७, २०८२
सर्विया र रसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
सर्विया र रसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ सोमबार, भदौ १६, २०८२
सर्विया र रसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
सर्विया र रसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ सोमबार, भदौ १६, २०८२
विदेशको मोह त्यागेर भैँसीपालन
विदेशको मोह त्यागेर भैँसीपालन सोमबार, भदौ १६, २०८२
लोकप्रिय
  • Week
  • Month
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
विद्यार्थीको हातमा पुस्तक पुर्याउने पठन पुनर्जागरण अभियान सम्पन्न
विद्यार्थीको हातमा पुस्तक पुर्याउने पठन पुनर्जागरण अभियान सम्पन्न
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
विश्‍व बैंकका जोहानेस जुट  र  कार्यवाहक प्रधानमन्त्री सिंह भेटवार्ता 
विश्‍व बैंकका जोहानेस जुट  र कार्यवाहक प्रधानमन्त्री सिंह भेटवार्ता 
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
युवालाई देशमै अड्याउने कहिले ?  
युवालाई देशमै अड्याउने कहिले ?  
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP