Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
  • #भेप_हानिकारक
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • जेन–जी आन्दोलनपछि घटे युएई जाने कामदार
जेन–जी आन्दोलनपछि घटे युएई जाने कामदार
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, कात्तिक १६, २०८२

 

  • चालु आवको तीन महिनामा सबैभन्दा बढी युएईमा गएको तथ्यांक, मलेसिया पाँचौंमा
  • धनुषाबाट सबैभन्दा बढी नौ हजार ६१५ जना रोजगारीमा गएको तथ्यांक

काठमाडौं – चालु आर्थिक वर्षको तीन महिनामा सबैभन्दा बढी वैदेशिक रोजगारीमा जाने युवाहरुको प्रमुख रोजगार गन्तव्य संयुक्त अरब इमिरेट्स (युएई) बनेको छ ।  वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत साउनदेखि असोज महिनाको अवधिमा ६७ हजार ५०२ जना युएईमा रोजगारीका लागि गएका हुन् । यो संख्या संस्थागत, व्यक्तिगत र पुनः श्रम स्वीकृति लिएर जानेहरुको हो ।

गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि भने युएईले श्रमिक भिसा बन्द गरिदिएको छ । जसकारण असोज महिनामा अघिल्ला दुई महिनाको तुलनामा युएई जाने कामदारको संख्या घटेको छ । हाल आन्दोलनअघि नै भिसा लागेकाहरु मात्र गइरहेको व्यवसायीहरु बताउँछन् । 

Hardik health

साउनमा २३ हजार ८३८ र भदौमा २५ हजार १२८ युएई जाँदा असोजमा १८ हजार ४६६ जनामा सीमित हुन पुगेको तथ्यांकमा देखिन्छ । असोजमा संस्थागत माध्यमबाट सात हजार २३७ जनामात्र गएका छन् । जबकि, साउनमा १५ हजार ३१४ र भदौमा १७ हजार ४०६ जना संस्थागत माध्यमबाट गएका थिए ।

तीन महिनामा युएई गएकाहरुमध्ये ५८ हजार ३९६ जना पुरुष र नौ हजार १०६ जना महिला रहेका छन् । त्यसैगरी, ३९ हजार ९५७ संस्थागत, सात हजार २१७ जना व्यक्तिगत र २० हजार २३३ जना पुनः श्रम स्वीकृति गरेर गएका हुन् । यस अवधिमा युएईपछि बढी श्रमिक कतार गएका छन् । साउन, भदौ र असोजमा ३३ हजार ४८३ जना कतार गएका तथ्यांक छ । जसमा ३० हजार ६४९ जना पुरुष र दुई हजार ८३४ जना महिला छन् । 

तेस्रोमा, २८ हजार ८७७ जना श्रमिक साउदी अरब गएका छन् । साउदी गएकामध्ये २८ हजार ७०१ जना पुरुष र १७६ जना महिला छन् । साउदीपछि मलेसियामा १८ हजार ६६६ जना गएका छन् । जसमा १८ हजार ३८५ जना पुरुष र २८१ जना महिला छन् ।पाँचौंमा परेको कुवेतमा उक्त अवधिमा १२ हजार २८९ जना रोजगारीका लागि गएको देखिन्छ । जसमा आठ हजार ९६० जना पुरुष र तीन हजार ३२९ जना महिला छन् ।

वैदेशिक रोजगारीका लागि नयाँ गन्तव्य मुलुकहरु पहिचान भए पनि प्रमुख रोजगार गन्तव्य खाडी मुलुक नै बनेका छन् । यी पाँच मुलुकपछि रोमानिया, जापान, कोरिया, क्रोएसिया, साइप्रस लगायतका मुलुक जानेहरुको संख्या बढी छ ।यस आवको पहिलो तीन महिनामा सबैभन्दा बढी धनुषा जिल्लाबाट रोजगारीमा गएका छन् । उक्त जिल्लाबाट नौ हजार ६१५ जना रोजगारीमा गएको तथ्यांक छ । जसमा नौ हजार ५१५ जना पुरुष र १०० जना महिला छन् ।

धनुषापछि झापा, सिरहा, मोरङ, महोत्तरीलगायतका जिल्लाबाट रोजगारीमा जानेहरु बढी छन् । सोही अवधिमा सबैभन्दा कम मनाङबाट ६४ जना गएका छन् । जसमा४९ जनापुरुष र १५ जना महिला छन् ।
 


प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०८२  १०:२५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
अनलाइन ठगीमा परेका १२ नेपालीको कम्बोडियाबाट उद्धार
अनलाइन ठगीमा परेका १२ नेपालीको कम्बोडियाबाट उद्धार बुधबार, चैत १८, २०८२
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज मंगलबार, चैत १७, २०८२
ठगीको अभियोगमा पक्राउ
ठगीको अभियोगमा पक्राउ मंगलबार, चैत १७, २०८२
बालेन्द्र सरकारको प्राथमिकता पनि श्रम सम्झौता विस्तारमै
बालेन्द्र सरकारको प्राथमिकता पनि श्रम सम्झौता विस्तारमै मंगलबार, चैत १७, २०८२
राहदानी र कन्सुलर सेवाका लागि वृहत घुम्ती शिविर सञ्‍चालन हुने
राहदानी र कन्सुलर सेवाका लागि वृहत घुम्ती शिविर सञ्‍चालन हुने सोमबार, चैत १६, २०८२
श्रम मन्त्रालयकाे १० बुँदे तत्काल कार्ययोजना सार्वजनिक
श्रम मन्त्रालयकाे १० बुँदे तत्काल कार्ययोजना सार्वजनिक सोमबार, चैत १६, २०८२
अब आवेदन दिएको दिनमै श्रम स्वीकृति दिने तयारी
अब आवेदन दिएको दिनमै श्रम स्वीकृति दिने तयारी सोमबार, चैत १६, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP