Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #वैदेशिक सहायता
  • #सार्वजनिक लेखा समिति
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • मलेसिया ‘सिण्डिकेट’को विरोधमा व्यवसायी, सशक्त प्रतिवाद गर्ने
मलेसिया ‘सिण्डिकेट’को विरोधमा व्यवसायी, सशक्त प्रतिवाद गर्ने
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, कात्तिक १३, २०८२

 

सिण्डिकेट हामी स्वीकार्दैनौं र आवश्यक परे यसको विरुद्ध सशक्त आन्दोलन हुन्छ । बायोमेट्रिक मेडिकलमा एकलौटी काम गरेजस्तै गर्न खोजेको देखिन्छ । त्यो सम्भव नै छैन ।
दीपक थापा
अध्यक्ष, लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन


 

काठमाडौं– मलेसिया रोजगारीमा सिण्डिकेटको संकेत देखिएपछि वैदेशिक रोजगार व्यवसायीहरु आक्रोशित बनेका छन् । मलेसिया सरकारले श्रमिक भर्तीका लागि छनोट गरिने एजेन्सी (म्यानपावर कम्पनी)का लागि १० वटा मापदण्ड अनिवार्य गर्न लागेकोप्रति व्यवसायीहरुले आपत्ति जनाएका हुन् । 

हामीले दूतावासलाई के जानकारी आएको हो सम्पूर्ण विवरण उपलब्ध गराउन भनेका थियौं । उताबाट पत्र आइसकेको छ । त्यसको यथार्थ के हो भन्ने अक्षरशः हेरेर के गर्नुपर्ने हो त्यसैअनुसारको कारबाही हुन्छ ।
लोकबहादुर पौडेल क्षेत्री
प्रवक्ता, परराष्ट्र मन्त्रालय

Nada Auto Show 2026
Hardik health

मलेसियाको परराष्ट्र मन्त्रालयले क्वाललम्पुरस्थित नेपाली दूतावासलाई २७ अक्टोबरमा पठाएको पत्र सार्वजनिक भएसँगै व्यवसायीहरु यसको विरुद्धमा उत्रने तयारीमा जुटेका छन् । उक्त पत्रमा मलेसियामा कामदार पठाउन चाहने म्यानपावर कम्पनीलाई आगामी १५ नोभेम्बरभित्र आवेदन दिन आह्वान गरिएको छ, जसका लागि १० वटा मापदण्ड अनिवार्य पुगेको हुनुपर्ने उल्लेख गरिएको छ । उक्त मापदण्डअनुसार अधिकांश व्यवसायी सूचीकरणमा नपर्ने देखिन्छ । व्यवसायीहरुले सीमित व्यवसायीहरुले मात्र कामदार पठाउन पाउने गरी ‘सिण्डिकेड’ लगाउन खोजिएको भन्दै त्यसको कडा प्रतिवाद गर्ने बताएका छन् ।

प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका अध्यक्ष जनक रावलले आफूहरुले विगतदेखि नै हरेक खालको सिण्डिकेटको विरोध गर्दै आएको र सबै व्यवसायीले स्वतस्फूर्त रुपमा काम गर्न पाउनुपर्छ भन्ने आफूहरुको अडानबाट टसमस नभएको बताए । यसका लागि के कस्तो कदम चाल्ने भन्ने तयारी भइरहेको उनले बताए । 

‘विगतदेखि नै हामी हरेक खालको सिण्डिकेटको विरोधमा थियौं, र छौं । यसलाई कसैगरी पनि लागू हुन दिँदैनौं,’ रावलले भने, ‘यो ठूलो निर्णय हो । यसले सबै व्यवसायीलाई १८–२० मा खुम्च्याउन खोजिएको देखिन्छ । निर्वाचन मात्र गराउन बनेको सरकारले यस्तो खालको निर्णय लिँदैन भन्ने हामीलाई विश्वास छ । यसविरुद्ध जस्तोसुकै कदम पनि चाल्न पनि तयार छौं ।’ 

मलेसिया सरकारले तोकेजस्तो मापदण्ड कार्यान्वयनमा आए धेरैजसो व्यवसायीहरु व्यवसाय गर्नबाट वञ्चित हुने लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका अध्यक्ष दीपक थापाले बताए । यो कार्यान्वयन नगर्न जस्तोसुकै आन्दोलन गर्न पनि तयार रहेको थापाको भनाइ छ । 

‘यस्तो सिण्डिकेट हामी स्वीकार्दैनौं र आवश्यक परे यसको विरुद्ध सशक्त आन्दोलन हुन्छ,’ थापाले भने, ‘मलेसियाले भनेको मापदण्डभित्र रहेर काम गर्दा त एक छेउ व्यवसायीले पनि काम गर्न पाउँदैनन् । बायोमेट्रिक मेडिकलमा एकलौटी काम गरेजस्तै गर्न खोजेको देखिन्छ । त्यो सम्भव नै छैन ।’

बुधबार परराष्ट्र मन्त्रालयअन्तर्गतको दूतावास हेर्ने शाखामा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवनसिंह गुरुङसहित व्यवसायीहरुको टोली पुगेर यस विषयमा छलफल गरेको थियो । उक्त शाखाका अधिकारीहरुले नेपालको कानुन र संविधानभन्दा बाहिर गएर अर्को देशले मापदण्ड तोक्ने विषय मान्य नहुने प्रतिक्रिया दिएको छलफलमा सहभागी एक व्यवसायीले बताए ।

एकाधिकारको विषयमा व्यवसायीहरुले ध्यानाकर्षण गराएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलेसमेत यसअघि नेपाल सरकारले खुला, पारदर्शी र भेदभावरहित भर्ना प्रक्रिया अवलम्बन गरेको भन्दै एकाधिकारको हल्लाको पछाडि नलाग्न भनेको थियो । सरकारले दुई–दुई पटक विज्ञप्ति नै निकालेर भनिसकेको अवस्थामा एकाधिकार कार्यान्वयन नहुने कतिपय व्यवसायीको विश्वास छ । 

संघका महासचिव महेश बस्नेतले आफूहरुले यस विषयमा मलेसियास्थित दूतावासमा कुरा गर्दा पत्र आएको पुष्टि भएको र संघले यसको प्रतिरोध गर्ने बताए । यसमा लाग्नेहरुको विवरण चाँडै सार्वजनिक गरिने उनले बताए ।  ‘सीमित व्यवसायी या गैरव्यवसायीहरुले गर्न खोजेको यो षडयन्त्र हामीलाई स्पष्टरुपमा थाहा छ । यसमा लाग्नेलाई व्यवसायी भन्न मिलेन । ती सिण्डिकेटधारीहरुलाई हामीले नजिकबाट नियालिरहेका छौं, चाँडै सार्वजनिक गर्छौं,’ उनले भने ।

मलेसियन सरकारले पठाएको मापदण्ड अनावश्यक भएको र त्यसलाई यहीँका व्यवसायी, गैरव्यवसायीले बनाएर त्यहाँबाट लागू गराउन खोजेका बस्नेतको दाबी छ । श्रम मन्त्रालय र परराष्ट्र मन्त्रालयले यसले दीर्घकालीन असर गर्छ, यो षडयन्त्र हो भनेर कार्यान्वयन नगराउन पहल गर्नुपर्नेमा उनले जोड दिए ।

अक्षरशः हेरेर अघि बढ्छौंः परराष्ट्र
यसैबीच परराष्ट्र मन्त्रालयले मलेसियास्थित नेपाली दूतावासबाट उक्त पत्र प्राप्त भएको जानकारी दिएको छ । मन्त्रालयका सहसचिव तथा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले यथाशीघ्र पत्रको अध्ययन गरेर आवश्यक कदम चालिने बताए ।

‘हामीले दूतावासलाई के जानकारी आएको हो सम्पूर्ण विवरण उपलब्ध गराउन भनेका थियौं । उताबाट पत्र आइसकेको छ । त्यसको यथार्थ के हो भन्ने अक्षरशः हेरेर के गर्नुपर्ने हो त्यसैअनुसारको कारबाही हुन्छ,’ क्षेत्रीले भने ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पनि परराष्ट्रबाट पत्र प्राप्त भएपछि थप कारवाही अगाडि बढाउने जानकारी दिएको छ । 


 

एसोसिएसन र मञ्चको ध्यानाकर्षण
काठमाडौं– मलेसिया रोजगारीमा स्वार्थ समूहले एकाधिकार (सिण्डिकेट) लगाउन खोजेको भन्दै नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन र प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । 

दुवै संस्थाले बुधबार छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै एकाधिकार लगाउने विषय कुनै पनि हालतमा मान्य नहुने जनाएका हुन् । साथै, कूटनीतिक तवरबाट यो समस्याको समाधान गरी व्यवसायलाई सुरक्षित बनाउन सरकारलाई अनुरोध गरेका छन् ।

लोकतान्त्रिक एसोसिएसनको विज्ञप्तिमा नेपालमा रहेका म्यानपावर कम्पनीहरूलाई वर्गीकरण गर्ने प्रयास नेपालका व्यवसायीको स्वाभिमानका साथै संविधानको बर्खीलाप हुने उल्लेख गरिएको छ । मलेसियाले तोकेको कार्यालयको क्षेत्रफलजस्ता मापदण्ड अनुचित रहेको र यस्तो मापदण्डको गुणस्तरीय सेवासँग कुनै सम्बन्ध नरहेको जनाइएको छ । 

एसोसिएसनले केही व्यवसायीहरु विभागीय मन्त्री नभएको अवस्थामा सिण्डिकेटको चलखेलमा लागेको र केही व्यवसायी देखावटीरुपमा विरोध गरेजस्तो गर्ने गरेको पनि औंल्याएको छ । त्यसैगरी, प्रगतिशील मञ्चले पनि मलेसिया सरकारले तोकेका अनावश्यक मापदण्डको पछाडि सीमित व्यवसायीलाई मात्र काम गर्न दिने ध्यय रहेको प्रस्ट पारेको छ । यस्ता गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याउन मञ्च दत्तचित्त भएर लाग्ने विज्ञप्तिमार्फत जनाएको छ । 

सिण्डिकेटधारी समूहले ठूलो रकम असुल गरी सीमित एजेन्सीहरुलाई मात्र कामदार पठाउने अधिकार दिने आश्वासन दिएको सूचना आएको मञ्चले जनाएको छ ।
 


प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०८२  ११:२६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ बिहीबार, भदौ ४, २०८३
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा बुधबार, भदौ ३, २०८३
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी मंगलबार, भदौ २, २०८३
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता सोमबार, भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर बन्द
आजदेखि देशभरका म्यानपावर बन्द सोमबार, भदौ १, २०८३
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता 
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता  आइतबार, साउन ३१, २०८३
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव  शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP