Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सुधन गुरुङ
  • #सुनको मूल्य
  • #डा. शेखर कोइराला
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #विश्व आदिवासी दिवस आज
  • #शिवशंकर रिजाल 'जोगिन्दर'
  • #गाईजात्रा
  • #‘ए मैना सुनन’
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • बजेटमा प्रदेश र स्थानीय तहको अधिकार नखोसियोस्
बजेटमा प्रदेश र स्थानीय तहको अधिकार नखोसियोस्
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, वैशाख १४, २०८२

बजेट अधिवेशनको रुपमा लिइने संघीय संसद्को बर्खे अधिवेशन सुरु भइसकेको छ । यो अधिवेशन सरकारले ल्याउने तयारी गरिरहेको आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेटमा नै केन्द्रित हुने छ । बजेट तयारीमा सरकार यसअघि नै लागिसकेको छ । संसद्को पहिलो र दोस्रो ठूलो दल मिलेर बनेको सरकारले ल्याउने आगामी बजेटमा सबैको ध्यान केन्द्रित भएको छ ।

दुईतिहाइ बहुमतसहितको सरकार भएकोले वर्तमान सरकारले महत्वाकांक्षी बजेट ल्याउने निश्चित नै छ । चालु आर्थिक वर्षमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले बनाएको बजेट कार्यान्वयन गरिरहेको छ । जसकारण जनअपेक्षा अनुसार नतिजा दिन नसकेको दाबी प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दै आएका छन् ।

त्यसो त प्रधानमन्त्री ओली आफैंमा महŒवाकांक्षी छन् ।  त्यसैले उनका योजनाहरु कार्यान्वयनयोग्य भन्दा पनि तत्कालको खपत्मा बढी केन्द्रित हुन्छन् । ठूला थफ दिएर जनतालाई भ्रममा पार्न सिपालु ओलीले यसअघि प्रधानमन्त्री हुँदा घरघरमा ग्यासको पाइप जोड्ने, रेल गुडाउनेदेखि पानीजहाजसम्मको सपना देखाएका थिए । पानीजहाज चलाउन भन्दै छुट्टै विभागसमेत गठन गरे । तर, उनका यी योजना व्यावहारिक थिएनन् भन्ने पुष्टि भइसकेको छ । त्यसैले फेरि यसपटक ओली नेतृत्वको सरकारले कस्तो बजेट ल्याउने हो भन्ने चासो बढ्नु स्वाभाविक हो । 

Hardik health

मुलुकको अर्थतन्त्र अझै तंग्रिसकेको छैन, समस्या यथावत् नै छ । बाह्य सूचकहरु केही सन्तोषजनक रहे पनि आन्तरिक सूचकहरुको अवस्था राम्रो छैन । ओली सरकारले नै गठन गरेको उच्चस्तरीय आर्थिक सुझाव आयोगले आफ्नो प्रतिवेदन बुझाइसकेको छ । पूर्वअर्थसचिव रामेश्वर खनाल नेतृत्वको आयोगले अर्थतन्त्र सुधारका लागि गर्नुपर्ने कामहरु सरकारलाई सुझाइसकेको छ । ती सुझावहरुलाई अर्थमन्त्री विष्णु पौडेलले कतिको आत्मसात् गर्लान्, त्यो आगामी बजेटमा नै देखिने छ, देखिनुपर्छ ।

आफैंले बनाएको आयोगले दिएको सुझाव कार्यान्वयन गर्नुपर्ने नैतिक दबाब ओली सरकारमाथि छ । अर्कोतिर गठबन्धनको सरकार भएकोले दलीय स्वार्थलाई बजेटमा समेट्नुपर्ने बाध्यता छ । गठबन्धन जोगाउनकै लागि पनि सत्तासाझेदरको स्वार्थअनुकूल बजेट व्यवस्थापनमा लाग्दा बजेट पुरानै ट्र्याकमा जाने देखिन्छ । बजेट निर्माणमा सांसदहरुको दबाब पनि उस्तै रहन्छ ।

अहिले संघीय गणतन्त्रात्मक व्यवस्थामाथि नै प्रश्न उठिरहेको छ । यसको कारण प्रदेश सरकारहरुको कमजोर प्रस्तुति हो । यसको मुख्य जड भने केन्द्रीय राजनीति नै हो । संघीय सरकारले प्रदेशलाई आफ्नै एक विभागसरह व्यवहार गरिरहेको छ । संविधानतः प्रदेशलाई दिइएको अधिकार प्रत्यायोजन नगर्दा यो अवस्था आएको हो । संघीयताको मूल खम्बा भनेकै प्रदेश संरचना हो । प्रदेशलाई संविधानमा सुनिश्चित अधिकार नदिएसम्म संघीयता बलियो हुँदैन । त्यसैले आगामी बजेटमा प्रदेशलाई सबल बनाउनेगरी अधिकार प्रत्यायोजन गर्न जरुरी छ । स्थानीय तहको हकमा पनि यही लागू हुन्छ । स–साना आयोजना संघमा राखेर प्रदेश र स्थानीय तहको अधिकार संकुचित गर्ने प्रवृत्ति आगामी बजेटमा नदोहोरियोस् ।


प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  १२:२५
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
ग्यास कहाँ पाइन्छ सरकार ?
ग्यास कहाँ पाइन्छ सरकार ? शुक्रबार, साउन २९, २०८३
नयाँ राजनीतिको पुरानै चरित्र
नयाँ राजनीतिको पुरानै चरित्र बिहीबार, साउन २८, २०८३
कूटनीतिमा बदलिएका वालेन्द्र
कूटनीतिमा बदलिएका वालेन्द्र बुधबार, साउन २७, २०८३
फुटबललाई मृत्युशय्याबाट ब्युँझाऊ
फुटबललाई मृत्युशय्याबाट ब्युँझाऊ मंगलबार, साउन २६, २०८३
रुग्ण उद्योगको पुनरुत्थानः नतिजा सकारात्मक, स्थायित्वमा चुनौती
रुग्ण उद्योगको पुनरुत्थानः नतिजा सकारात्मक, स्थायित्वमा चुनौती सोमबार, साउन २५, २०८३
आन्दोलन होइन, संवाद र नीतिगत सुधारबाटै निकास खोजौं
आन्दोलन होइन, संवाद र नीतिगत सुधारबाटै निकास खोजौं आइतबार, साउन २४, २०८३
दोषारोपण छाडेर छिटो समाधान खोज
दोषारोपण छाडेर छिटो समाधान खोज बिहीबार, साउन २१, २०८३
लोकप्रिय
  • Week
  • Month
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री  गुरुङ
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री गुरुङ
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP