Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #महोत्सव_२०८३
  • #आदिवासी_जनजाति_चलचित्र_महोत्सव
  • #नेपाल_तामाङ_घेदुङ
  • #कामकाजमा तामाङ र नेपाल भाषा
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #सपनाको_चंगा
  • #नेपाल चेम्बर अफ कमर्स
  • #नेपाल_पर्यटन_बोर्ड
Search Here
साहित्य
  • Home
  • साहित्य
  • बाल साहित्य समाजमा रोक्न खोज्दाखोज्दै कसरी निर्वाचित भए विजयराज?
बाल साहित्य समाजमा रोक्न खोज्दाखोज्दै कसरी निर्वाचित भए विजयराज?
प्रभाव संवाददाता
प्रभाव संवाददाता शनिबार, चैत ९, २०८१

काठमाडौं। नेपाल बाल साहित्य समाजको अध्यक्षमा विजयराज आचार्य निर्वाचित भएका छन्। शनिबार काठमाडौंको बागबजारमा भएको मतदानमा आचार्यले ४२ मत पाउँदै निर्वाचित भएको निर्वाचन संयोजक डा शैलेन्दुप्रकाश नेपालले जानकारी दिए।

उनका प्रतिद्वन्दी डा शशि थापा पण्डितले २७ मत पाइन्। निर्वाचित भएसँगै आचार्यले समाजलाई बाल साहित्यकारको साझा संस्था बनाउने प्रतिबद्धता जनाए। 'सम्पूर्ण बालसाहित्यकारहरुको एउटा साझा संस्थाको रुपमा विकास गर्दै लैजान र सातै प्रदेशको समितिलाई मजबुद ढंगले अगाडि बढाउने छु,' निर्वाचित अध्यक्ष आचार्यले भने। २०४४ साल असोज ८ गते स्थापना भएको नेपाल बाल साहित्य समाज नेपाली बालसाहित्य र सर्जकहरुको अभिलेखीकरण, संरक्षण र प्रवर्धन गर्दै आएको गैरनाफामूलक संस्था हो।

उनले हरेक वर्ष हुने राष्ट्रिय सम्मेलनलाई सार्कस्तरीय बनाउनेसमेत बताए। 'राष्ट्रिय सम्मेलनलाई सार्कस्तरीय सम्मेलनमा स्तरोन्नति गर्ने र अन्तरराष्ट्रिय स्तरका साहित्यकारबाट पेपर प्रस्तुति दिने प्रबन्ध मिलाउने प्रयास गरिनेछ,' उनले भने।

अरु पदमा को को निर्वाचित ?

Hardik health

नयाँ कार्यसमितिका लागि चैत ६ गते उम्मेदवारी दर्ताको कार्यतालिका थियो। उक्त दिन महासचिवमा विष्णुकुमार खत्री (विष्णु केसी)को मात्र उम्मेद्वारी परेसँगै उनी निर्विरोध निर्वाचित भएका थिए। त्यसैगरी सचिवमा भानु भट्टराईको उम्मेद्वारी परेको थियो, प्रकाशकतर्फ  केन्द्रीय सदस्यमा केशव पराजुली, चित्रकारतर्फ अर्पिता शाक्य र महिलातर्फ यशोदा अधिकारीको मात्र उम्मेदवारी परेको थियो। योसँगै यी पदमा निर्वारिरोध निर्वाचित भएका थिए।

अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष, खुला दुई सदस्य र शिक्षकतर्फ भने दोहोरो उम्मेदवारी पर्‍यो। निर्वाचन समितिले चैत ७ गते उम्मेद्वारी फिर्ताको समय तोकेको थियो। समाजका अधिकांशले सर्वसम्मत नेतृत्वको चयनको प्रयास गरे। चैत ७ गते शिक्षकतर्फको सदस्यमा कुरा मिल्यो। अनिरुद्र अर्याल र कृष्णप्रसाद नेपालको उम्मेदवारी परेकोमा नेपालले उम्मेदवारी फिर्ता लिएसँगै अर्याल निर्विरोध भए।

अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष, खुला दुई सदस्यमा भने यसअघिका संस्थापक समूह भनेर चिनिएका डा ध्रुव घिमिरे समूहले कुनै पनि हालतमा आचार्यलाई रोक्ने भन्दै उम्मेदवारी फिर्ता लिएनन्। बरु जसरी पनि हराउने नीतिका साथ चुनावी मैदानमा आचार्यविरुद्ध डा शशी थापाको प्यानल उभ्यायो। थापाको प्यानल उभ्याउनेमा डा घिमिरेसँगै यसअघिका वरिष्ठ उपाध्यक्ष कृष्णदीप सिग्देल, पूर्व महासचिव यशु श्रेष्ठ, सल्लाहकार हरि भण्डारी, निवर्तमान उपाध्यक्षद्वय नवराज रिजाल र डा कपिल लामिछाने लागेका थिए।

डा शशी बालसाहित्य समाजमा खासै सक्रिय नरहे पनि शनिबार भएको निर्वाचनमा २७ मत खस्दा घिमिरे समूह खुसी देखिएका थिए। उक्त समूहको उपाध्यक्षमा डा यादेवी ढकाल, कोषाध्यक्षमा राजेन्द्रभक्त जोशी र सदस्यमा समन श्रेष्ठ र सुशीला ढकाल थिए। कोषाध्यक्षका उम्मेद्वार यसअघि दुई कार्यकाल कोषाध्यक्ष भइसकेका व्यक्ति हुन्।
यता आचार्य नेतृत्वमा भने उपाध्यक्षका उम्मेदवार विजयराज न्यौपाने, कोषाध्यक्षमा डा सीता सुवेदी पन्थी, सदस्यहरुमा क्रान्ति पाण्डे र सन्जोग ठकुरी उम्मेदवार थिए। यो समूहलाई जिताउन निवर्तमान कार्यसमितिका अध्यक्ष प्रमोद प्रधान लागिपरेका थिए।

उपाध्यक्षतर्फ आचार्य समूहकै विजयराज न्यौपाने ४० मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्दी डा यादवी ढकालले २८ मत पाइन्। कोषाध्यक्षमा डा सिता सुवेदी पन्थीले ४० मत ल्याउँदै विजयी हुँदा उनका प्रतिद्वन्दी राजेन्द्र भक्त जोशीले २९ मत प्राप्त गरेका थिए।

खुल्ला सदस्यमा क्रान्ति पाण्डे र समन श्रेष्ठ निर्वाचित भए। समन डा शशी समूहका एकमात्र जित निकाल्ने उम्मेदवार हुन्।  समनले ४१ मत पाउँदा क्रान्तिले ३७ मत पाए। यता सन्जोगले ३० मत पाउँदा सुशीलाले भने २२ मत पाएकी थिइन्। आचार्य समूहलाई निर्विरोध निर्वाचत महासचिव विष्णु केसी, सचिव भानु भट्टराईलगायत सदस्यहरुलेसमेत सहयोग गरेको बताइएको छ।

balsahitya-1742662845.jpg
कुल ७० मतदाता रहेको समाजको निर्वाचनमा ६९ जनाले मतदान गरेको निर्वाचन समितीका संयोजक डाक्टर नेपालले जानकारी दिए। नयाँ कार्यसमिति ०८२-८३ को कार्यकालका लागि चयन गरिएको हो।

 

को हुन् विजयराज आचार्य ?

बालसाहित्स समाजका निवर्तमान महासचिव नेपाली बालसाहित्यको क्षेत्रमा समसामायिक युवा पुस्ताका एक प्रतिष्ठित बालसाहित्यकार हुन्। बालसाहित्यको क्षेत्रमा १०० भन्दा बढी कृतिहरू लेखन, सम्पादन र अनुवाद गरिसकेका छन्।
प्युठान ऐरावती गाउँपालिका–१ का उनी नेपाली बालसाहित्यको क्षेत्रमा वि.सं. २०५८ सालदेखि सक्रिय छन्।

आचार्यको पहिलो मौलिक कृति “शान्तिको आत्मकथा” हो। यो कथा वि.सं. २०५९ सालमा प्रकाशन भएको हो र आचार्य औपचारिक रूपमा यही कृतिमार्फत साहित्यिक क्षेत्रमा सार्वजनिक भएका हुन्। आचार्यको “शान्तिको आत्मकथा” नेपाली भाषामा मात्र नभइकन नेवारी, मैथिली, थारु, हिन्दी र अङ्ग्रेजी भाषामा समेत अनुवाद भई प्रकाशन भइसकेको छ।
कम्युनिष्ट विचारधाराका पुस्तकहरू प्रकाशन गरेको आरोपमा जनयुद्धकालमा वि. सं. २०५८ साल पुष २८ गते उनी गिरफ्तारमा परी तीन महिनासम्म हनुमानढोकामा हिरासतमा राखिएको थियो।

उनी सर्वोत्कृष्ट बालसाहित्य पुरस्कार २०६० (नेपाल बालसहित्य समाजबाट), पुष्कर गौतम बालसाहित्य पुरस्कार २०६७, पारिजात सर्वाेत्कृट बालसाहित्य पाण्डुलिपि पुरस्कार २०७०(बुबाको माया कृतिको लागि), दिलसरी–दल अतिरिक्त पुरस्कार २०७१ राप्ती साहित्य परिषद्वारा सम्मान, जनवत- केदार/सुदर्शन बालसाहित्य सम्मान - २०७८, भूपेन्द्र स्मृति साहित्य पुरस्कार- २०८०(साहित्य परिषद् प्युठानद्वारा) सम्मानित भइसकेका छन्।


प्रकाशित मिति: शनिबार, चैत ९, २०८१  २२:५२
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
पूर्वप्रधानमन्त्री कार्कीको ‘मिट्टी एण्ड द वाइल्ड क्याट’ पुस्तक आउँदै
पूर्वप्रधानमन्त्री कार्कीको ‘मिट्टी एण्ड द वाइल्ड क्याट’ पुस्तक आउँदै शुक्रबार, जेठ ८, २०८३
कवितासंग्रह ‘अन्तस्करण’ लोकार्पण
कवितासंग्रह ‘अन्तस्करण’ लोकार्पण सोमबार, जेठ ४, २०८३
साहित्यकार एवं गीतकार कादम्बरी दाना श्रेष्ठको  ‘इमा’ लोकार्पण
साहित्यकार एवं गीतकार कादम्बरी दाना श्रेष्ठको  ‘इमा’ लोकार्पण सोमबार, जेठ ४, २०८३
कवि रमेश गुरुङको कविता सङ्ग्रह ‘महाप्रस्थान’ को लोकार्पण
कवि रमेश गुरुङको कविता सङ्ग्रह ‘महाप्रस्थान’ को लोकार्पण आइतबार, जेठ ३, २०८३
राजधानीमा ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै
राजधानीमा ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै आइतबार, जेठ ३, २०८३
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा आइतबार, जेठ ३, २०८३
ताम्राकारको ‘दह’ उपन्यास लोकार्पण
ताम्राकारको ‘दह’ उपन्यास लोकार्पण शनिबार, जेठ २, २०८३
लोकप्रिय
  • Week
  • Month
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP