Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राजेन्द्र लिङ्देन
  • #राष्ट्रिय सभा निर्वाचन
  • #प्रशान्त तामाङ
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #दूध_दुहुने_रियालिटी शो
  • #‘शिवांश’
  • #फोक्सिङटार
  • #क्यालिस्थेनिक्स
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • प्रश्नबाट आत्तिएको सरकार
प्रश्नबाट आत्तिएको सरकार
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, फागुन ६, २०८१

प्रश्न गरेरै सत्तामा पुगेका नेताहरु हिजोआज प्रश्न गर्ने मिडिया देख्नासाथ कुदिहाल्ने दृश्य सामाजिक सञ्जालमा छाएकै छ । सत्तारुढ दलका शीर्ष नेताहरु अचेल सकेसम्म मिडिया ‘स्किप’ गरिरहेका छन् । सवालजवाफमै उत्रिए आफूनिकटको र आफूअनुकूलको मिडियासँगमात्र बोल्छन् ।

स्टन्ट, लोकप्रियवाद र व्यक्तिवादका भर्याङ चढेर सत्तामा उक्लिएका नेता हुन, प्रधानमन्त्री केपी शर्मा ओली । कुनै बेला उखान टुक्का र कथा हालेर जनतालाई मक्ख पार्नसक्ने ओलीमाथि हिजोआज भने तिनै जनता सत्तोसराप गर्नतिर लागेका छन् । पार्टीमा आफ्नो आलोचना गर्नेलाई निषेधको रणनीति लिएका ओली यही कारण ‘डिफेन्सिभ’ र आक्रामक बन्न थालेका छन् ।

गत असार मसान्तमा सत्ता सम्हालेका प्रधानमन्त्री ओलीको यो कार्यकालको काम लगभग नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले भनेझैं ‘यो सरकार ढल्दैन’ भनेर बितेको छ । जनता र मिडियाको प्रश्नबाट भागेका ओलीले आइतबार भने प्रतिनिधिसभामै सांसदहरुको प्रश्न सामना गर्नुपर्यो । एकीकृत समाजवादीका सांसद प्रकाश ज्वाला, माओवादीका सांसद वर्षमान पुन र आमजनता पार्टीका प्रभु शाहको प्रश्नमा ओली निकै आक्रोशित र असंवेदनशील बनेको देखिए । प्रतिनिधिसभा जनताले चुनेर पठाएको प्रतिनिधिहरुको सभा हो । यही सभाबाट कार्यपालिका अर्थात् सरकार प्रमुख चुनिन्छन् । त्यसैले व्यवस्थापिकाप्रति प्रधानमन्त्री उत्तरदायी हुनुपर्ने हो ।

Hardik health

तर सांसदहरुको प्रश्नमा ओलीको प्रतिशोध, हेलाहोचो प्रवृत्ति कति पनि सुहाउँदो थिएन । पहिले मन्त्री नै भइसकेका भए पनि सरकारबाट बाहिरिएपछि मन्त्रालयका काममा ‘एक्सेस’ पाइँदैन । त्यसैले पूर्वमन्त्रीले प्रधानमन्त्रीलाई प्रश्न गर्न पाइन्छ । यसैगरी एक्लो सांसद देखेर झर्को र फर्को गर्ने हक प्रधानमन्त्रीलाई छैन । प्रधानमन्त्री ओलीले प्रभु साहमाथि गरिएको व्यवहारमा संवेदनहीनता झल्कन्थ्यो ।

कतिसम्म भने प्रधानमन्त्रीले साहको प्रश्नको जवाफसमेत दिन उचित ठानेनन् । प्रतिपक्षी नेताको सम्बोधनमा प्रश्नको सामना गर्नुपर्छ भनेर सदनमै गयल भएका प्रधानमन्त्री ओलीमाथि गतिलो प्रश्न साहले गरेका थिए । तर साहमाथि ओलीले मानमर्दन गर्ने काम गरे । उल्टै ओलीको दल एमालेका प्रमुख सचेतक महेश बर्तौलाले साहले प्रधानमन्त्रीको मानमर्दन गरेको दाबी गरे ।
प्रधानमन्त्री र सत्ताका नेताहरु कतिञ्जेल प्रश्नबाट भाग्ने ? भोलिको ब्याट ग्राउन्ड निर्वाचन नै हो । फेरि प्रश्न आफैंबाट सुरु गर्नुपर्ने दिन पनि आउन सक्छ । प्रश्न ऐना हो । आफू सुध्रने मौका हो । त्यसैले देशको अभिभावकजस्तो पदमा बसेका प्रधानमन्त्रीले यस्तो व्यवहार सुधारोस् । 
 


प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  ११:३६
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
‘ग्रेसफुल एक्जिट’का लागि देउवालाई अन्तिम अवसर
‘ग्रेसफुल एक्जिट’का लागि देउवालाई अन्तिम अवसर सोमबार, पुस २८, २०८२
निर्वाचन सुरक्षा चुनौतीमा ध्यान देऊ
निर्वाचन सुरक्षा चुनौतीमा ध्यान देऊ आइतबार, पुस २७, २०८२
कांग्रेसमा आवाज थुन्ने प्रयास बन्द होस्
कांग्रेसमा आवाज थुन्ने प्रयास बन्द होस् शुक्रबार, पुस २५, २०८२
नैतिकताको प्रश्नमा कुलमानको ढिलो जवाफ
नैतिकताको प्रश्नमा कुलमानको ढिलो जवाफ बिहीबार, पुस २४, २०८२
संयमता र सहिष्णुता नै सर्वधर्म
संयमता र सहिष्णुता नै सर्वधर्म बुधबार, पुस २३, २०८२
जाँचबुझ आयोगको प्रतिवेदन ‘कर्मकाण्डी’ नबनोस्
जाँचबुझ आयोगको प्रतिवेदन ‘कर्मकाण्डी’ नबनोस् मंगलबार, पुस २२, २०८२
अमेरिकाको दादागिरी खेदजनक
अमेरिकाको दादागिरी खेदजनक सोमबार, पुस २१, २०८२
लोकप्रिय
  • Week
  • Month
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP