Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #AGM
  • #सिद्धार्थ_बैंक
  • #जनकपुर_बोल्ट्स vs काठमाडौंं_गोर्खाज
  • #त्रिवि_क्रिकेट
  • #एनपिएल
  • #दुर्गा प्रसाईं
  • #केपी शर्मा ओली
  • #ज्योति_विकास_बैंक
  • #विश्व_टेलिभिजन_दिवस
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • शासन सुधार
शासन सुधार
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, फागुन २, २०८१

दलहरुको चुनावी घोषणापत्र पल्टाउने हो भने सुशासनलाई पहिलो प्राथमिकता दिएको भेटिन्छ । भ्रष्टाचार, अनियमितता, दण्डहीनताका कारण आजित जनताको मत जित्न हरेक दलले बोल्ड बनाउँदै ठूलाठूला अक्षरमा सुशासनलाई जोड दिने दाबी चुनावअघि गरेका थिए ।

पछिल्लो चुनाव भएको दुई वर्ष पूरा भएको छ । यही चुनावबाट जितेका जनप्रतिनिधिले बनाएको सरकारले के कस्तो काम गरिरहेको छ त ? यसको रिजल्ट भर्खरै प्रकाशन भएको छ । सरकारले सुशासनमा १०० मा ३४ नम्बर पाएसँगै चुनावी घोषणापत्रको मापदण्ड हेर्दा पूर्णरुपमा सरकार फेल भएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले मंगलबार जारी गरेको तथ्यांकमा नेपालले ३४ नम्बर पाएको हो ।  ५० भन्दा कम अंक पाउने मुलुकलाई ट्रान्सपरेन्सी इन्टरनेसनलले अति भ्रष्टाचार हुने देशको सूचीमा समेट्दै आएको छ ।

अहिले सरकारमा सबैभन्दा ठूला दुई दल नेपाली कांग्रेस र नेकपा एमाले छ । एमाले प्रतिपक्षमा हुँदा वा कांग्रेस प्रतिपक्षमा हुँदा भ्रष्टाचारको विषयमा पोलापोल हुन्थ्यो र केही न केही विषयमा अनुसन्धान चलिहाल्थ्यो ।

Hardik health

तर दुई ठूला पार्टी सत्तामा आएसँगै ठूलाठूला काण्डको अनुसन्धानको फाइल बन्द भएका छन् ।गिरिबन्धु टी स्टेट, ललिता निवास प्रकरण, बाँसबारी प्रकरण, बालमन्दिरको जग्गा प्रकरणमा अख्तियार मौनता साँधेर बसेको छ । यसैगरी ५० करोडभन्दा बढी भ्रष्टाचार भएको ठहर गरिएको टेरामक्स प्रकरण पनि अहिले गुपचुप छ । यता विनाप्रतिस्पर्धा २८ लाख पासपोर्ट छपाइ काण्डमा मुछिएका कांग्रेस नेता एनपी साउदमाथि पनि कुनै मुद्दा अघि बढाइएको छैन । साउद मन्त्री भएको बेला फ्रान्सको आइमिडिया कम्पनीलाई विनाप्रतिस्पर्धा २८ लाख पासपोर्ट छाप्न जिम्मा दिएको थियो ।

यी सबै प्रकरणमा नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरु संलग्न छन् । बरु अध्यादेशमा कतैबाट साथ नदिने अवस्था आएपछि सत्तारुढ दलले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालमाथि ललिता निवास प्रकरणमा अनुसन्धान अघि बढाउने तयारी गरेको छ । सुशासनमा काखा र पाखा गर्दा सुशासनमा सरकारको नम्बर गिर्दो छ । देशको आर्थिक अवस्था कमजोर हुँदै आएको छ । यस्तो अवस्थामा विभिन्न दातृ निकायको सहयोग अझ घट्ने अवस्थामा पुगेको छ । विदेशी मुद्र्रा सञ्चितिमा धाक देखाउँदै आएको सरकारलाई पछिल्लो ट्रम्प प्रशासनको नीतिले पनि धक्का दिने देखिन्छ । यसैले सबैभन्दा पहिले आफू बलियो हुन शासनमै सुधार ल्याऊ । 
 


प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१  १२:३८
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
कांग्रेस कुहिरोका काग नबन
कांग्रेस कुहिरोका काग नबन शुक्रबार, मंसिर ५, २०८२
जेन–जी संयमित बन्‍नुपर्ने समय
जेन–जी संयमित बन्‍नुपर्ने समय बिहीबार, मंसिर ४, २०८२
उल्टो बाटोमा एमाले
उल्टो बाटोमा एमाले बुधबार, मंसिर ३, २०८२
निर्वाचनका लागि सुरक्षाको प्रत्याभूति बढाऊ
निर्वाचनका लागि सुरक्षाको प्रत्याभूति बढाऊ मंगलबार, मंसिर २, २०८२
राहदानी वितरण सहज बनाऊ
राहदानी वितरण सहज बनाऊ सोमबार, मंसिर १, २०८२
अनुगमनको नाममा आर्थिक चलखेल बन्द गर
अनुगमनको नाममा आर्थिक चलखेल बन्द गर आइतबार, कात्तिक ३०, २०८२
शक्तिलाई पुज्ने आयोगको चाला
शक्तिलाई पुज्ने आयोगको चाला शुक्रबार, कात्तिक २८, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
चेपाङ बालबालिकाको लागि आँखा शिविर तथा कला कार्यशाला सम्पन्न
चेपाङ बालबालिकाको लागि आँखा शिविर तथा कला कार्यशाला सम्पन्न
सिद्धार्थ बैंक लिमिटेडको २४ औँ वार्षिक साधारण सभा सम्पन्न
सिद्धार्थ बैंक लिमिटेडको २४ औँ वार्षिक साधारण सभा सम्पन्न
वर्किङ भिसामा युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
वर्किङ भिसामा युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
एनपिएल : आज जनकपुर र काठमाडौँ भिड्दै
एनपिएल : आज जनकपुर र काठमाडौँ भिड्दै
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP