Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #रासस
  • #सामाजिक सुरक्षा कोष
  • #मनोनयन_दर्ता
  • #गगनकुमार थापा
  • #तामाङ_घेदुङ
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • ‘गोर्खाज्’को जायज माग सम्बोधन गर
‘गोर्खाज्’को जायज माग सम्बोधन गर
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, माघ २९, २०८१

ब्रिटिस गोर्खा सैनिकहरु विभिन्न समयमा विविध कारण अन्यायमा पर्दै आएका छन् । सेवासुविधामा विभेद, असमानता र अन्याय सहँदै आएका गोर्खाहरुलाई अहिले अहिले नेपाल सरकारले पनि विभेद्पूर्ण व्यवहार गर्न थालेको छ । गैरआवासीय नागरिकको दर्जामा राखेर उनीहरुलाई सरकारले अन्यायमा धकेल्ने काम गर्न लागेको हो । नेपाल सरकार र बेलायत सरकारबीचको द्विपक्षीय सम्झौताकै कारण नेपालीहरु ब्रिटिस गोर्खा सैनिक बन्न पुगेका हुन् । देशको प्रतिष्ठा जोगाउँदै बेलायतमा फौजी बन्न पुगेका उनीहरु नेपालका सन्तति हुन् । आफू जन्मे हुर्केको र नामै गोर्खा भएकाले आफ्ना परिवारसँगै आजीवन नेपाली नागरिक नै भएर रहन पाउनुपर्ने माग उनीहरुको छ ।

तर पछिल्लो समय गैरआवासीय नागरिकताको नाममा नेपाली नागरिकता त्याग गर्नुपर्ने प्रावधान लागू गरिनू विभेदपूर्ण देखिन्छ । गैरआवासीय नागरिकता अहिले विवादमासमेत तानिएको छ । यो नागरिकता लिएपछि अनेकन झण्झट बेहोर्नुपर्ने देखिएकाले जसले यस विषयमा मुद्दा उठाए तिनै अभियन्ताहरुलेसमेत यसको प्रयोग गरिरहेका छन् । यो नागरिकता लिएसँगै नेपालमा भएका जायजेथा बेचेर विदेसिन बाध्य हुनेहरुको कथा बेग्लै छ ।

मातृभूमिप्रतिको माया हरेकलाई हुन्छ । अझ देशको नाम लिएर विदेशी सेनामा सेवा गर्नु गौरवको विषय हो । गोर्खा सेनाको विदेशमा मात्र हैन नेपालमा बेग्लै सान छ । त्यसैले पनि यो त्यागको कदर गर्दै उनीहरुले चाहेअनुरुप आजीवन नेपाली नागरिकता दिनु राज्यको दायित्व होइन र ? गोर्खा सैनिक भर्तीको इतिहास २१० वर्ष पुगेको छ । सन् १९४७ मा भएको नेपाल, भारत र बेलायतबीच त्रिपक्षीय सुगौली सन्धिका आधारमा बेलायतले हरेक वर्ष सेनामा नेपाली युवालाई भर्ती गर्दै आएको छ । यहीअन्तर्गत सन् १९८५ मा एकैपटक ४८२ जना गोर्खाज्हरू भर्ती भएका थिए ।

Hardik health

ब्रिटिस सरकारले सन् २००४ देखि गोर्खा सैनिक र तिनका परिवारलाई आवासीय सुविधा दिँदै आएको छ । नेपालमा एक त रोजगारीको क्षेत्र खुम्चिँदो छ । यस्तो अवस्थामा गोर्खा सैनिकजस्तो गरिमामय संस्थामा सेवा गरेकाहरुलाई नेपाल नै फर्काउनका लागि पनि उनीहरुको जायज मागलाई सम्बोधन गर्नुपर्छ । गैरआवासीय नागरिक बनाएर उनीहरुलाई निरुत्साहित बनाउनु ठीक हुन्न । उनीहरुबाट लगानी, सीप भित्र्याउनेमात्र हैन सेवानिवृत्त जीवन पनि देशमै बिताउन पाउने सुनिश्चित गर्न सरकारले कञ्जुस्याइँ गर्नु हुन्न ।
 


प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  १३:३४
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
मनोनयन प्रभावित नहोस्
मनोनयन प्रभावित नहोस् मंगलबार, माघ ६, २०८२
बालेन-हर्कको दोहोरो धोका
बालेन-हर्कको दोहोरो धोका सोमबार, माघ ५, २०८२
रविको संरक्षणमा कानुनको बलिदान रोकियोस्
रविको संरक्षणमा कानुनको बलिदान रोकियोस् आइतबार, माघ ४, २०८२
विदेशमा जल्नुपर्ने बाध्यता कहिलेसम्म ?
विदेशमा जल्नुपर्ने बाध्यता कहिलेसम्म ? बिहीबार, माघ १, २०८२
‘ग्रेसफुल एक्जिट’का लागि देउवालाई अन्तिम अवसर
‘ग्रेसफुल एक्जिट’का लागि देउवालाई अन्तिम अवसर सोमबार, पुस २८, २०८२
निर्वाचन सुरक्षा चुनौतीमा ध्यान देऊ
निर्वाचन सुरक्षा चुनौतीमा ध्यान देऊ आइतबार, पुस २७, २०८२
कांग्रेसमा आवाज थुन्ने प्रयास बन्द होस्
कांग्रेसमा आवाज थुन्ने प्रयास बन्द होस् शुक्रबार, पुस २५, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP