Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #पौरखी नेपाल
  • #कुमार यात्रु
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #जेनजी_आन्दोलन
  • #जेनजी_प्रदर्शन
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #तोरकीन
  • #क्षितिज_समर्पण
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • केजरीवालबाट सिक्नुपर्ने पाठ
केजरीवालबाट सिक्नुपर्ने पाठ
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, माघ २८, २०८१

भारतको नयाँ दिल्लीमा दुई चुनावमा अत्यधिक मत ल्याएर दिल्ली सरकार चलाएको आम आदमी पार्टी यसपटक दोस्रो बनेको छ । यस पार्टीका अरविन्द केजरीवाल जो दुईपटक मुख्यमन्त्री बनेका थिए, निर्वाचनमा पराजित भएका छन् । कामको राजनीति भन्दै भारतमा भारतीय जनता पार्टी र कांग्रेस आइलाई झण्डै निमिट्यान्न पारेको दल मदिरा घोटाला काण्डमा मुछिएसँगै जनताको मूल्यांकनमा परेको हो । 


दिल्ली विधानसभामा ७० सिटमध्ये २०११ मा ३१ सिट, २०१५ मा ६७ सिट र २०२० मा ६२ सिट जितेको केजरीवालको दलले यसपटक २२ सिटमा मात्र जित निकाल्यो । यो नतिजासँगै अहिले नेपालका नयाँ दललाई ‘प्रश्नमात्र हैन, काम गर’ शैलीको सुझाव ओइरिन थालेको छ । हुन त यसअघि नै विवेकशील साझाले नेपालका दललाई आम आदमीकोभन्दा पनि नमिठो पाठ सिकाइसकेको छ । तर अगुल्टो हानेको कुकुर बिजुली देख्दा तर्सिन्छ भन्ने नेपाली उखान चरितार्थ हुने खालको घटना हो दिल्लीको ।

राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्तिजस्ता दल नेपालमा हालै उदाएका दल हुन् । माओवादी छाडेर नयाँ दल बनाउने कसरतमा रहेका डा. बाबुराम भट्टराई कसैगरी राजनीतिमा छाउन सकेका छैनन् । तर तीन नयाँ दलले भने आफ्नो आकार बढाउने प्रयास गरिरहेका छन् । यी तीनै दलको प्रयास पुराना शक्तिमाथि प्रहार गर्नु हो । भ्रष्टाचार, अनियमितता र दण्डहीनतामा डुबेका पुराना दलमाथि प्रश्न गरेकै कारण रास्वपा एकैपटक चौथो दलको रुपमा उदाएको हो । मधेसमा चरम जातीय राजनीति गरेका पुराना दललाई छाडेर जनमतमा प्रवेशको लहर पनि चल्यो । यता सुदूरपश्चिममा परम्परावादी दललाई छाडेर नागरिक उन्मुक्तिलाई रोज्यो जनताले । तर नागरिक उन्मुक्तिको परिवारवादको राजनीति छताछुल्ल भइसकेको छ । हरेक सरकारमा जाने रोग जनमतलाई लागिसकेको छ ।

Ncell
Hardik health

सहकारी प्रकरणका कारण रास्वपा बदनाम भइसकेको छ । आफ्नो दलप्रति आलोचना रास्वपाका सांसदहरुले सहनै सकेका छैनन् । जसकारण हिजो आलोचना र प्रश्न गर्दै जन्मिएको रास्वपामाथि ती प्रश्न सोझिन थालेका छन् । राजनीति सेवा हो । तर जब मेनस्ट्रिम पोलिटिक्समा छिर्छ, कार्यकर्तामुखी राजनीतिमा लाग्छ, तब भ्रष्टाचारको चास्नीमा नेताहरु डुब्छन् । यसको मूल्यांकन जनताले अवश्य दिन्छन् नै । त्यसैले कार्यकर्ता पोस्ने हैन, देश र जनताको सेवामा काम गरौं । विवेकशील साझा र केजरीवालको हारबाट पाठ सिकौं ।
 


प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  १४:२९
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
सुशासनको धज्जी उढाउने ‘सुध्रिने’ उपदेश 
सुशासनको धज्जी उढाउने ‘सुध्रिने’ उपदेश  बिहीबार, भदौ २५, २०८३
महँगी र कालोबजारी तत्काल नियन्त्रण गर
महँगी र कालोबजारी तत्काल नियन्त्रण गर बुधबार, भदौ २४, २०८३
जेन-जी विद्रोहका मर्म नबिर्स सरकार
जेन-जी विद्रोहका मर्म नबिर्स सरकार मंगलबार, भदौ २३, २०८३
ग्यास आपूर्ति सहज बनाऊ
ग्यास आपूर्ति सहज बनाऊ सोमबार, भदौ २२, २०८३
संकटमा आशाको किरण र ढिलासुस्तीको प्रश्न
संकटमा आशाको किरण र ढिलासुस्तीको प्रश्न आइतबार, भदौ २१, २०८३
ग्यासको बढेको मुल्य तुरुन्त फिर्ता लेऊ
ग्यासको बढेको मुल्य तुरुन्त फिर्ता लेऊ शुक्रबार, भदौ १९, २०८३
रसुवा बाढीको विपद्मा गुमनाम प्रतिपक्षी
रसुवा बाढीको विपद्मा गुमनाम प्रतिपक्षी बिहीबार, भदौ १८, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP