काठमाडाैं - काठमाडाैं जिल्ला प्रहरी कार्यालय भद्रकालीले हराएका माेबाइल आफ्ना धनीलाई दिएकाे छ ।
प्रहरी कार्यालयकाे खाेजतलास शाखाबाट एक हप्ताकाे बीचमा विभिन्न स्थानबाट हराएका माेबाइलहरु फेला पारी प्रहरीले बिहीबार माेबाइल धनीहरुलाई फिर्ता दिएकाे हाे ।
खाेजतलास शाखाले करिब तीन लाखभन्दा बढीका माेबाइलहरु फेला पारी माेबाइल धनीहरुलाई फिर्ता दिएकाे छ । भेटिएकाे माेबाइल फिर्ता पाउनेहरुमा शाेभिता भट्टराई,धन बहादुर खत्री,भावना जिसी ,राेहित पाेग्याल,तुल्सीराम खनाल र कविता बाेगटी रहेका छन् ।