Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #महोत्सव_२०८३
  • #आदिवासी_जनजाति_चलचित्र_महोत्सव
  • #नेपाल_तामाङ_घेदुङ
  • #कामकाजमा तामाङ र नेपाल भाषा
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #सपनाको_चंगा
  • #नेपाल चेम्बर अफ कमर्स
  • #नेपाल_पर्यटन_बोर्ड
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • बजेट कार्यान्वयनमा सुधारको अपेक्षा व्यर्थ
बजेट कार्यान्वयनमा सुधारको अपेक्षा व्यर्थ
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ २७, २०८१

केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार दुईतिहाइ बहुमतसहितको हो । त्यसमा पनि संसद्को पहिलो र दोस्रो ठूलो दलको गठबन्धनमा बनेको सरकार । साना दलका कारण सरकार अस्थिर बनेको भन्दै अस्वाभाविकरुपमा पहिलो र दोस्रो दलले मिलेर सरकार बनाएका थिए । र, मुलुकको समृद्धिको नारा, सपना बाँडेको छ ओली सरकारले । संसद्को अंकगणित हेर्दा निकै सहज स्थितिमा छ ओली सरकार, प्रतिपक्ष निकै कमजोर अवस्थामा छ । तर, यति सहज स्थितिमा पनि ओली सरकारको ‘पर्फमेन्स’ निकै कमजोर देखिन्छ । 

उसो त प्रधानमन्त्री ओली र उनका मन्त्रीहरुले वर्तमान सरकार आएपछि विकास र सुशासनले गति लिएको भनेर भाषण गर्न हरेक दिन छाडेका छैनन् । यसमा साथ दिइरहेका छन् सत्ता साझेदार दल कांग्रेसका सभापति शेरबहादुर देउवाले । तर, नतिजा शून्य छ । न विकासको कामले गति लिएको छ, न त सुशासनले नै । ‘आफ्नालाई जोगाउने’ रणनीतिमा काम गरिरहेका प्रधानमन्त्री ओलीको कार्यशैली अहिले सर्वत्र आलोचित बनिरहेको छ ।

सरकारको कामको मूल्यांकन गर्ने मुख्य आधार बजेट कार्यान्वयनमा हो । बजेटको लक्ष्यअनुसार खर्च र राजस्व संकलनमा देखाउने नतिजाले सरकारको सफलता/असफलता निर्धारण गर्दछ । हालै सार्वजनिक बजेटको अर्धवार्षिक मूल्यांकन हेर्दा सरकार ‘अ’सफल देखिन्छ । लक्ष्यअनुसार बजेट कार्यान्वयन गर्न नसकेपछि बजेटको आकार घटाइएको छ ।

Hardik health

चालु आर्थिक वर्षमा १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएकामा अर्धवार्षिक समीक्षामार्फत १६ खर्ब ९२ अर्ब ७३ करोड ३५ लाख रुपैयाँ खर्च हुने संशोधित अनुमान छ । यो रकम सुरू विनियोजनको ९०.९९ प्रतिशत हो । अर्थतन्त्रमा सुधार ल्याएको दाबी गर्न हरेक दिन, हरेक कार्यक्रममा नछुटाउने अर्थमन्त्रीले आखिर बजेटको आय/व्यय लक्ष्य घटाए । यसले के प्रस्ट गर्छ भने– बजेट कार्यान्वयनको खराब प्रवृत्ति सुधार गर्न वर्तमान सरकार, विशेषगरी अर्थमन्त्री विष्णु पौडेल असफल भएका छन् । 

दुईतिहाइ बहुमतको सरकारले चाह्यो भने गर्न नसक्ने केही पनि होइन । केवल इच्छाशक्ति चाहिन्छ, मुलुक र जनताको हितमा काम गर्ने । त्यो इच्छाशक्ति र कार्यान्वयन क्षमता ओली सरकारले प्रस्तुत गर्नै सकेन । जसको परिणाम मुलुकले भोग्नुपरिरहेको छ । बढ्दो बेरोजगारी नियन्त्रणमा सरकारले ठोस काम गर्नै सकेको छैन । बरु वैदेशिक रोजगारीमा गएका श्रमिकहरुले पठाएका रेमिट्यान्स बढ्यो भन्दै त्यसैमा रमाइरहेका छन्, अर्थमन्त्रीदेखि प्रधानमन्त्रीसम्म । वर्तमान सरकारबाट जनताले चाहेको नतिजा यो होइन । भाषणमा मात्रै प्रगतिको कुरा गर्ने प्रधानमन्त्रीले थोरै मात्र व्यवहारमा देखाउन सके जनता आशावादी हुने थिए कि ?
 


प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  १३:३९
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
गणतन्त्र दिवसः अवस्था रूपान्तरणतर्फको यात्रामा बढौं
गणतन्त्र दिवसः अवस्था रूपान्तरणतर्फको यात्रामा बढौं शुक्रबार, जेठ १५, २०८३
आश्वासन होइन, उद्योग चलाउन कार्ययोजना ल्याऊ
आश्वासन होइन, उद्योग चलाउन कार्ययोजना ल्याऊ मंगलबार, जेठ १२, २०८३
रानीसैनको सीमा विवाद तत्काल सल्टाऊ
रानीसैनको सीमा विवाद तत्काल सल्टाऊ सोमबार, जेठ ११, २०८३
विश्वविद्यालयको साख फर्काउने अवसर
विश्वविद्यालयको साख फर्काउने अवसर आइतबार, जेठ १०, २०८३
सभामुखबाट भूमिका तटस्थ होस् 
सभामुखबाट भूमिका तटस्थ होस्  शुक्रबार, जेठ ८, २०८३
संसद्प्रतिको उदासीनता लोकतन्त्रका लागि घातक
संसद्प्रतिको उदासीनता लोकतन्त्रका लागि घातक बिहीबार, जेठ ७, २०८३
विभेदकारी विज्ञापन नीति तत्काल खारेज गर
विभेदकारी विज्ञापन नीति तत्काल खारेज गर सोमबार, जेठ ४, २०८३
लोकप्रिय
  • Week
  • Month
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP