Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #वैदेशिक सहायता
  • #सार्वजनिक लेखा समिति
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • वैदेशिक रोजगार व्यवसायी संघको आगामी नेतृत्वलाई विज्ञको सुझाव
वैदेशिक रोजगार व्यवसायी संघको आगामी नेतृत्वलाई विज्ञको सुझाव
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, माघ २५, २०८१

काठमाडौं – वैदेशिक रोजगारी व्यवसायी संघको चुनाव नजिकिएसँगै उम्मेदवारहरु आफ्नो एजेन्डा लिएर मैदानमा उत्रिएका छन् । फागुन २ गते हुने निर्वाचनबाट नेतृत्वमा को चुनिएला भन्नेमात्र हैन भावी नेतृत्वले केकस्ता विषयलाई मुल मुद्दा बनाउलान् भन्ने पनि चासोको विषय बनेको छ ।

वैदेशिक रोजगार व्यवसायलाई थप व्यवस्थित बनाउने उद्घोषसहित संघको नेतृत्व लिन नरेश गेलाल, भुवनसिंह गुरुङ र रामप्रसाद भान्तना चुनावी होडमा उत्रेका छन् । वैदेशिक रोजगार व्यवसायको भावी कार्यदिशा सम्हाल्ने गरी अघि बढ्दा अबको कार्यसमितिले विभिन्न चुनौति सामना गर्नुपर्ने देखिन्छ ।

मुख्यतय नेपालमा शैक्षिक बेरोजगार बढिरहेको बेला उनीहरुलाई वैदेशिक रोजगारमा कसरी व्यवस्थापन गर्ने मुख्य चुनौति हो । श्रमिकलाई सम्मानजनक व्यवहार नगरिए आगामी दिन चुनौतिपूर्ण हुने बताउँछन् वैदेशिक श्रमविद् रामेश्वर नेपाल । ‘वैदेशिक रोजगारीमा श्रमशोषण, श्रम लापरवाही, मानव बेचविखनजस्ता घटना रोक्ने कार्ययोजना अगाडि ल्याउनुपर्छ र यसलाई प्रभावकारी कार्यान्वयनमा ल्याउने गरी संयन्त्र बनाउनु आजको आवश्यकता हो,’ नेपालले भने ।

वैदेशिक रोजगारीमा श्रमशोषण, श्रम लापरवाही, मानव बेचविखनजस्ता घटना रोक्ने कार्ययोजना अगाडि ल्याउनुपर्छ र यसलाई प्रभावकारी कार्यान्वयनमा ल्याउने गरी संयन्त्र बनाउनुपर्छ

Nada Auto Show 2026
Hardik health

श्रमिकमाथि ज्यादतीपूर्ण व्यवहार नघटेको उल्लेख गर्दै नेपालले यो मुद्दालाई वेवास्ता गरे व्यवसाय नै धरापमा पर्ने उनको दाबी रह्यो । ‘पहिलो समस्या भनेको श्रमिकमाथि हुने ज्यादतीपूर्ण व्यवहार रोक्नुपर्छ । विगतका नेतृत्वले प्रयास नगरेका त होइनन् तर सफल भएनन्,’ नेपालले भने ।

सरकारले रोजगारी सिर्जना गर्न नसकेकै कारण युवाहरु वैदेशिक रोजगारकै भर परिरहेका छन् । यही कारण पनि रेमिट्यान्स अर्थतन्त्रको बलियो जग बनेको छ । सरकारले रेमिट्यान्सकै भरमा ढुकुटी बलियो भएको धाक लगाउन पाइरहेको छ । यसो त वैदेशिक रोजगार व्यवसायीले करोडौं धरौटी राखेर व्यवसाय सञ्चालन गरिरहेका छन् ।

विदेशस्थित श्रमबजार पुगेर मागपत्रहरु ल्याएर रोजगारी दिलाउनु वैदेशिक रोजगार व्यवसायीको सकारात्मक पाटो हो । तर अबका दिनमा पुरानै व्यवहार जारी राखे जोखिम बढेर जाने देखिन्छ । नयाँ नयाँ देशमा रोजगारीको अवसर खुल्नु, कन्सल्टेन्सी कम्पनीहरुबाट विदेश जानेको संख्या थपिनुले पनि वैदेशिक रोजगार व्यवसायलाई अझ चुनौति थपिँदो छ । 

यी जोखिम र चुनौतिलाई घटाउन मानव अधिकारको विषयमा पनि व्यवसायीले ध्यान दिनुपर्ने बताउँछन् नेपाल । ‘बिजनेस र मानव अधिकारलाई सँगसँगै लैजाने सम्बन्धी राष्ट्रिय कार्ययोजना नेपालमै पनि बनिसकेको छ । श्रम मन्त्रालय र वैदेशिक रोजगार व्यवसायी संघले पनि यस विषयलाई कार्यान्वयन गर्छु भन्दै वचन दिइसकेको छ,’ नेपालले भने । व्यवसाय गर्दा अरुको हकअधिकार हनन हुन नदिन संघले संयन्त्र बनाउनुपर्ने उनको जोड छ । व्यवसाय गर्नेले केके कुराको पालना गर्नुपर्छ भनेर २०११ मा संयुक्त राष्ट्रसंघको ‘युनाइटेड नेसन्स् गाइडिङ प्रिन्सिपल अन बिजनेस एन्ड ह्युमन राइट्स’ निर्देशिका पारित भएको थियो । नेपालका व्यवसायीले यो निर्देशिका पालना गर्ने भनिए पनि यसको कार्यान्वयन भने हुन सकेको छैन । संयुक्त राष्ट्रसंघको उक्त प्रावधान कार्यान्वयनमा ल्याउन केही वर्ष अगाडि सरकारले राष्ट्रिय कार्ययोजना नै बनायो । यो कार्ययोजना बनाउन वैदेशिक रोजगार व्यवसायी पनि संलग्न थिए ।

व्यवसाय र मानव अधिकारलाई सँगसँगै लैजाने सम्बन्धी राष्ट्रिय कार्ययोजना नेपालमै बनिसकेको छ । श्रम मन्त्रालय र वैदेशिक रोजगार व्यवसायी संघले पनि यस विषयलाई कार्यान्वयन गर्छु भनी घोषणा गरिसकेको छ।

ठगी, बेचबिखनजस्ता विषयबाट वैदेशिक रोजगार व्यवसाय अछुतो रहन सकेको छैन । विशेषगरी श्रम स्विकृती नभएका मुलुकहरुमा दोस्रो मुलुकबाट आउजाउ गर्दा यस्ता समस्याहरु दोहोरिएका छन् । यस खालका समस्याहरु विद्यामान रहेका स्वीकार्नु संघको सकारात्मक पक्ष भएको नेपालको भनाइ छ । ‘तर समस्या छ भनेर स्वीकार गर्ने तर समाधानका लागि सिन्को पनि भाँच्ने गर्नुभएन,’ नेपालले भने ।

यी विषयमा सुधार गर्न आवश्यक प्रक्रिया र साधनस्रोत देशभरका व्यवसायीको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघले उपलब्ध गराइदिनुपर्ने उनको भनाइ छ । संघले नसकेको खण्डमा विश्व श्रम संगठन (आइएलओ), आप्रवासनका लागि अन्तराष्ट्रिय संगठन (आइओएम) यूएनडिपी जस्ता संस्थाले गर्ने विभिन्न खाले सहयोग लिन सकिने उनी बताउँछन् । 


प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  ११:१४
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ बिहीबार, भदौ ४, २०८३
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा बुधबार, भदौ ३, २०८३
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी मंगलबार, भदौ २, २०८३
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता सोमबार, भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर बन्द
आजदेखि देशभरका म्यानपावर बन्द सोमबार, भदौ १, २०८३
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता 
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता  आइतबार, साउन ३१, २०८३
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव  शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP