Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #निष्क्रिय_इच्छामृत्यु
  • #मलुवा_पोखरी
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • क्यान्सरविरुद्धको खोप अभियान प्रभावकारी बनाऊ
क्यान्सरविरुद्धको खोप अभियान प्रभावकारी बनाऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ २४, २०८१

पाठेघरको क्यान्सरका कारण नेपालमा हरेक वर्ष करिब एक हजार ५०० महिलाको मृत्यु हुने गरेको तथ्यांक छ । क्यान्सर भनेको शरीरको कुनै पनि भागमा अस्वाभाविकरुपमा कोषहरुको वृद्धि हुनु हो । पाठेघरको मुखको क्यान्सर ह्युमनपापिलो भाइरस संक्रमणले हुन्छ । नेपालमा महिलामा हुने विभिन्न क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा छ ।

असुरक्षित यौनसम्पर्क, एचआइभी भएका महिलाहरु, गर्भनिरोध चक्कीको अत्यधिक सेवन, धूमपानजस्ता क्रियाकलापले पाठेघरको मुखमा क्यान्सर हुने सम्भावना बढाउँछ । जानअञ्जान, शिक्षाको कमीले पनि यस्तो क्यान्सरका रोगीहरु बढिरहेका छन् । यस्तो क्यान्सरबाट जोगाउन नौ वर्षदेखि १३ वर्षका बालिकालाई एचपिभी खोप लगाएमा रोकथाम गर्न सकिने अध्ययनहरुले देखाएको छ ।

यही कारण नेपालमा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियान सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व क्यान्सर दिवसका अवसर पारी मंगलबार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानको सुरुआत गरेका हुन् । यो अभियान फागुन ६ गतेसम्म सञ्चालन हुँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकमा हरेक दिन पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु हुने गरेको छ । 

Hardik health

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले यो खोपबाट कोही पनि किशोरी वञ्चित हुन नदिने बताएका छन् । यसका लागि सबैले आ–आफ्नो ठाउँबाट प्रचारप्रसार र थाहा दिएर सहयोग गर्नु उचित हुन्छ । स्वास्थ्य मन्त्रालयकाअनुसार हरेक वर्ष नियमित खोप तालिकामार्फत यो खोप किशोरीहरूलाई दिने कार्यतालिका रहेको छ । स्वास्थ्य विभागका महानिर्देशक डा. विकास देवकोटाका अनुसार १४५ देशमा प्रयोग भइरहेको यो खोप नेपालले पनि समावेश गरेको हो । कूल १६ लाख ८८ हजार ७६८ किशोरीलाई खोप दिइने लक्ष्य सरकारको छ । यसपटक विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप दिन लागिएको हो । 

क्यान्सर नसर्ने रोग हो । नसर्ने रोगको भार पछिल्लोपटक बढिरहेको अवस्थामा सरकारले थालेको यो अभियान स्वागतयोग्य छ । अझ किशोरीहरुको सवालमा रोग लाग्नुअघि नै यस विषयमा सचेत र पूर्वकार्य गर्नु बुद्धिमतापूर्ण विषय हो । यो सँगै सरकारले बालबालिकालाई प्याकेजमा स्वास्थ्यसम्बन्धी शिक्षासमेत दिए यो कार्यक्रम अझ राम्रो हुने देखिन्छ ।
 


प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  १२:४३
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
गृहमन्त्रीलाई उपहार र स्वकीयलाई जागिर
गृहमन्त्रीलाई उपहार र स्वकीयलाई जागिर सोमबार, चैत २, २०८२
मध्यपूर्वको राप र श्रमिकको सन्ताप
मध्यपूर्वको राप र श्रमिकको सन्ताप आइतबार, चैत १, २०८२
बदलिँदो राजनीतिः आशा र चुनौतीको दोभान
बदलिँदो राजनीतिः आशा र चुनौतीको दोभान बिहीबार, फागुन २८, २०८२
खाडीका नेपालीलाई सुरक्षाको प्रत्याभूति देऊ
खाडीका नेपालीलाई सुरक्षाको प्रत्याभूति देऊ बुधबार, फागुन २७, २०८२
वायु प्रदूषणबाट बच्न पूर्वतयारी थालौं
वायु प्रदूषणबाट बच्न पूर्वतयारी थालौं मंगलबार, फागुन २६, २०८२
जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा ढिलाइ नगर
जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा ढिलाइ नगर सोमबार, फागुन २५, २०८२
विद्रोहको खरानीमा लोकतन्त्रको पुनर्जन्म
विद्रोहको खरानीमा लोकतन्त्रको पुनर्जन्म शुक्रबार, फागुन २२, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP