Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #भेप_हानिकारक
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
  • #बादल’
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • नैतिकता बिर्सिएका पूर्वउपराष्ट्रपति
नैतिकता बिर्सिएका पूर्वउपराष्ट्रपति
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, माघ २३, २०८१

संघीय संविधान जारी भएसँगै नेपालमा राष्ट्रपति र उपराष्ट्रपति नयाँ संस्थाको रुपमा आए । दुवै सम्मानित पद हुन् । राष्ट्रपति र उपराष्ट्रपति भएपछि राजनीतिक दलको सदस्यतामात्र हैन राजनीति नै छाड्नुपर्ने हुन्छ । यो संवैधानिक व्यवस्था हो । यद्यपि यस्तो पदमा पुगेर पदमुक्त भएपछि के गर्न हुन्छ वा हुँदैन भन्ने प्रस्ट छैन ।

यसरी प्रस्ट नभए पनि नैतिक हिसाबमा राष्ट्रपति वा उपराष्ट्रपति सक्रिय राजनीतिमा फर्कन हुन्न भन्ने मान्यता छ । तर यसको ठीक विपरीत पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन भने ‘कमब्याक’ भएका छन् । पुन किन राजनीतिमा फर्किए भन्ने कुरा अर्को विषय हुन सक्ला, तर राज्यको सम्मानित पदमा दुई–दुई पटक राज गरिसकेका व्यक्ति यसरी सक्रिय राजनीतिमा फर्कनु सकारात्मक सन्देश जाने खालको कदम हैन ।

एक त पुनको यो कमब्याकले नेकपा माओवादी केन्द्रलाई नै घाटा हुन्छ । कारण हरेक पार्टीले नवीकरण खोजिरहेको हुन्छ । नयाँ उत्साहसहितको नेता पार्टीले खोजिरहेको बेला पुरानै नेता जसले अवसरहरुको उपयोग गरिसकेका छन् उनैलाई पुनः राजनीतिको उच्च तहमा राख्नु उचित हुन्न । यसले पार्टीलाई गतिशील त बनाउँदै बनाउँदैन । बरु पद र प्रतिष्ठाको अभिलाषा लिएर दलगत राजनीति गर्नेहरु निराश हुन्छन् ।

Hardik health

यो माओवादीको हितका लागि भयो । यदि आफ्नो दललाई बलियो र अर्को पुस्तालाई आकर्षणको केन्द्रबिन्दु बनाउने हो भने पुनले तत्काल आफूलाई दिएको जिम्मेवारी अस्वीकार गर्नुपर्छ र माओवादीका बैठकहरुमा जानु हुँदैन । दलमा अथक योगदान दिएको सम्झने हो भने उनले जति अवसर अरुले पाएका छैनन् जो उनीझैं दलगत राजनीतिमा होमिएका थिए । अर्को विषय आफ्नो गुनगान गाउने भजनमण्डली तयार गर्ने माओवादी अध्यक्ष पुष्पकमल दाहालको हत्कण्ड हो भने यो पनि ठीक हुन्न । किनभने पुन आफ्नो छोरा दीपेश पुनका कारण विवादमा तानिएका छन् । भोलि सहकारी प्रकरण पुनः बल्झिँदा पुनले राजनीतिबाट हात धुनुपर्ने अवस्था आउन सक्छ ।

हुन त पुनकै पालामा दुई–दुई पटक राष्ट्रपति बनेकी विद्यादेवी भण्डारीसमेत राजनीतिक मैदानमा आउने तयारी गरिरहेकी छन् । एकै ब्याचकी भण्डारी सर्वोच्च पदमा पुगेकी पहिलो महिला पनि हुन् । उनी अघि डा. रामवरण यादव राष्ट्रपति । यादव धनुषामा शक्तिशाली राजनीतिक नेताका रुपमा चिनिन्छन् । तर उनले कहिल्यै पनि सक्रिय राजनीतिमा आउने चाहना राखेनन् । राष्ट्रपति भण्डारी र उपराष्ट्रपति पुनले यसबाट पाठ सिक्ने कि ? 
 


प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  १३:४८
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
सांसदसँग संवादः प्रधानमन्त्रीको स्वागतयोग्य कदम
सांसदसँग संवादः प्रधानमन्त्रीको स्वागतयोग्य कदम बुधबार, चैत १८, २०८२
प्रशासनिक सर्जरी र सुशासनको चुनौती
प्रशासनिक सर्जरी र सुशासनको चुनौती मंगलबार, चैत १७, २०८२
न्यायको आवरणमा प्रतिशोधको छाया
न्यायको आवरणमा प्रतिशोधको छाया आइतबार, चैत १५, २०८२
आयातीत इन्धनमा निर्भरता घटाऊ
आयातीत इन्धनमा निर्भरता घटाऊ बुधबार, चैत ११, २०८२
रास्वपा सरकारले अपनाउनुपर्ने संयमता
रास्वपा सरकारले अपनाउनुपर्ने संयमता मंगलबार, चैत १०, २०८२
बढ्दो सार्वजनिक ऋणः उपभोगमा होइन, उत्पादनमा लगानी गरौं
बढ्दो सार्वजनिक ऋणः उपभोगमा होइन, उत्पादनमा लगानी गरौं बिहीबार, चैत ५, २०८२
बस भाडा बढाउने तयारी रोक
बस भाडा बढाउने तयारी रोक बुधबार, चैत ४, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP