Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #वैदेशिक सहायता
  • #सार्वजनिक लेखा समिति
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • व्यक्तिगत श्रम स्वीकृति लिएर विदेसिने बढ्दो
बिचौलियालाई लाभ, चिन्तामा व्यवसायी व्यक्तिगत श्रम स्वीकृति लिएर विदेसिने बढ्दो
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, माघ १८, २०८१

काठमाडौं– पछिल्लो समय व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने क्रम बढ्न थालेको छ । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८०/८१ मा श्रम स्वीकृति लिएर सात लाख ४१ हजार २९७ जना वैदेशिक रोजगारीमा गएका थिए । जसमा ९५ हजार ३८ जना व्यक्तिगत श्रम स्वीकृति लिएर गएको देखिन्छ ।

उक्त अवधिमा व्यक्तिगततर्फ पुनः श्रम स्वीकृति लिनेको संख्या दुई लाख ८१ हजार १९५ रहेको थियो । जबकि, आर्थिक वर्ष २०७१/७२ मा छ लाख ६५ हजारभन्दा बढी युवा वैदेशिक रोजगारीमा जाँदा व्यक्तिगत श्रम स्वीकृति लिएर जानेको संख्या नौ हजार ३७३ मात्र थियो । उक्त वर्षमा व्यक्तिगततर्फ पुनः श्रम स्वीकृति लिनेको संख्या एक लाख ७३ हजार ४१६ थियो । यस्तै आर्थिक वर्ष २०७२/७३ मा ११ हजार ४०४ जनाले व्यक्तिगत श्रम स्वीकृति लिएका थिए । त्यसयता सोही अनुपातमा रहेको यस्तो संख्या आर्थिक वर्ष २०७९/८० मा बढेर ६९ हजार १७७ पुग्यो । विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीपछि यो संख्यामा ह्वात्तै बढेको तथ्यांकले देखाएको छ ।

चालु आर्थिक वर्षको छ महिनामा नै ५५ हजारभन्दा बढी व्यक्तिगत श्रम स्वीकृति लिएर गएका छन् । विभागको तथ्यांकअनुसार चालु आवको साउनमा १० हजार ७५३, भदौमा नौ हजार २६, असोजमा आठ हजार ९३८, कात्तिकमा १२ हजार ५९८, मंसिरमा १३ हजार ५९ र पुसमा १० हजार ८५ जनाले व्यक्तिगत श्रम स्वीकृति लिए । करिव एक दशकअघि वर्षभरिमा श्रम स्वीकृति लिएर रोजगारीका लागि जानेजति संख्या अहिले एक महिनामै जाने गरेको पाइएको छ । यद्यपि व्यक्तिगतरुपमा श्रम स्वीकृति लिएर जानेको संख्या बढ्नुे अस्वाभाविक नभएको विज्ञ बताउँछन् ।

Nada Auto Show 2026
Hardik health

व्यवसायी चिन्तामा
युरोपबाट हाल आधिकारिक माध्यमबाट पर्याप्त मागपत्र नआएको अवस्थामा पनि करिव डेढ लाखभन्दा नेपाली त्यहाँ पुगिसकेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र थापा बताउँछन् । उनका अनुसार करिव ४० वटा युरोपेली मुलुकबाट वर्षमा एक लाखको हाराहरीमा मागपत्र आउँछन् तर दूतावासले त्यसलाई प्रमाणीकरण गर्न सकेको छैन । 

‘सरकारले मागपत्र आउन दिएको छैन तर कामदारको माग आउने क्रम त रोकिँदैन नि,’ उनी भन्छन्, ‘ती मागपत्रहरुमा बिचौलियाले पठाउन थालेका छन् । यसरी सेटिङ मिलाउनेहरुले श्रमिकहरुबाट दशौं लाख लिइरहेका छन् ।’श्रम स्वीकृति लिने बेलामा श्रमिक आफैंले ल्याएको भन्न लगाइने र बिचौलिया पैसा लिएर बेपत्ता हुने अध्यक्ष थापको भनाइ छ । कामदारलाई विदेश पठाएपछि उनीहरु सुरक्षा, क्षतिपूर्ति आदिको जिम्मा लिने संस्थालाई भने काम गर्न नदिइएको भण्डारी बताउँछन् । ठगिने क्रम बढ्ने वातावरण सरकार आफैंले सिर्जना गरेको उनको आरोप छ । वैदेशिक रोजगारीमा जाने संख्याको झण्डै ३५ प्रतिशत श्रमिकलाई बिचौलियाले पठाउन थालेको उनको दाबी छ ।

के भन्छन् विज्ञ ?
वैदेशिक रोजगार ऐन–२०६४ आएपछि वैदेशिक रोजगारीमा जाने क्रम बढेको र त्यसपछि संस्थागतबाहेकका माध्यमबाट पनि जान सकिने रहेछ भन्ने कुराको विस्तार भएको श्रमविद् रामेश्वर नेपाल बताउँछन् । प्रविधिको प्रयोगले सहज पहुँच, ती देशमा गएका आफन्त, साथीभाइले सहयोग गर्नेजस्ता कारणले आफैं जानेहरु बढेको हो । तथापि व्यक्ति स्वयंको पहलमा जानेको संख्या न्यून रहेको तर बिचौलिया जताततै भेटिने गरेको उनको भनाइ छ । 

उनका अनुसार बिचौलिया बनेर दशौं लाख पैसा लिएर पठाउनेहरुमा म्यानपावर व्यवसायीकै संलग्नता भेटिने गरेको छ । औपचारिक हिसाबले पठाउँदा आफू फसिने कारण अनौपचारिक माध्यमबाट पठाउने चलाखी गरिएको हो । ‘कतिपय व्यवसायीले सरकारले मागपत्र प्रमाणीकरण गर्न नसक्दा राम्रा मागपत्रहरु उम्कने गरेको, बिचौलिया बढी हावी भएको भन्ने कुरामा पनि सत्यताचाहिँ छ,’ श्रमविद् नेपाल भन्छन्, ‘तर युरोपका सबै मुलुकमा जाने आधिकारिक माध्यम नहुँदा व्यवसायी आफैंले व्यक्तिगतको नाममा श्रमिक पठाउने गरेका छन् ।’ 

युरोपबाट आउने मागपत्र हेर्ने नियोग तथा दूतावाससँग आवश्यक जनशक्ति र स्रोतसाधन नहुँदा मागपत्र प्रमाणीकरण हुन नसकेको उनी बताउँछन् । गन्तव्य मुलुक हेर्ने निकायलाई आवश्यक साधन स्रोत सरकारले उपलब्ध गराए समस्याको समाधान हुने उनको तर्क छ ।


प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  १०:५६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ बिहीबार, भदौ ४, २०८३
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा बुधबार, भदौ ३, २०८३
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी मंगलबार, भदौ २, २०८३
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता सोमबार, भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर बन्द
आजदेखि देशभरका म्यानपावर बन्द सोमबार, भदौ १, २०८३
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता 
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता  आइतबार, साउन ३१, २०८३
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव  शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP