Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #राष्ट्रियसभा _ बैठक
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
  • #लायन्सकाे_एन्थम
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • व्यक्तिगत श्रम स्वीकृति लिएर विदेसिने बढ्दो
बिचौलियालाई लाभ, चिन्तामा व्यवसायी व्यक्तिगत श्रम स्वीकृति लिएर विदेसिने बढ्दो
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, माघ १८, २०८१

काठमाडौं– पछिल्लो समय व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने क्रम बढ्न थालेको छ । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८०/८१ मा श्रम स्वीकृति लिएर सात लाख ४१ हजार २९७ जना वैदेशिक रोजगारीमा गएका थिए । जसमा ९५ हजार ३८ जना व्यक्तिगत श्रम स्वीकृति लिएर गएको देखिन्छ ।

उक्त अवधिमा व्यक्तिगततर्फ पुनः श्रम स्वीकृति लिनेको संख्या दुई लाख ८१ हजार १९५ रहेको थियो । जबकि, आर्थिक वर्ष २०७१/७२ मा छ लाख ६५ हजारभन्दा बढी युवा वैदेशिक रोजगारीमा जाँदा व्यक्तिगत श्रम स्वीकृति लिएर जानेको संख्या नौ हजार ३७३ मात्र थियो । उक्त वर्षमा व्यक्तिगततर्फ पुनः श्रम स्वीकृति लिनेको संख्या एक लाख ७३ हजार ४१६ थियो । यस्तै आर्थिक वर्ष २०७२/७३ मा ११ हजार ४०४ जनाले व्यक्तिगत श्रम स्वीकृति लिएका थिए । त्यसयता सोही अनुपातमा रहेको यस्तो संख्या आर्थिक वर्ष २०७९/८० मा बढेर ६९ हजार १७७ पुग्यो । विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीपछि यो संख्यामा ह्वात्तै बढेको तथ्यांकले देखाएको छ ।

चालु आर्थिक वर्षको छ महिनामा नै ५५ हजारभन्दा बढी व्यक्तिगत श्रम स्वीकृति लिएर गएका छन् । विभागको तथ्यांकअनुसार चालु आवको साउनमा १० हजार ७५३, भदौमा नौ हजार २६, असोजमा आठ हजार ९३८, कात्तिकमा १२ हजार ५९८, मंसिरमा १३ हजार ५९ र पुसमा १० हजार ८५ जनाले व्यक्तिगत श्रम स्वीकृति लिए । करिव एक दशकअघि वर्षभरिमा श्रम स्वीकृति लिएर रोजगारीका लागि जानेजति संख्या अहिले एक महिनामै जाने गरेको पाइएको छ । यद्यपि व्यक्तिगतरुपमा श्रम स्वीकृति लिएर जानेको संख्या बढ्नुे अस्वाभाविक नभएको विज्ञ बताउँछन् ।

Hardik health

व्यवसायी चिन्तामा
युरोपबाट हाल आधिकारिक माध्यमबाट पर्याप्त मागपत्र नआएको अवस्थामा पनि करिव डेढ लाखभन्दा नेपाली त्यहाँ पुगिसकेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र थापा बताउँछन् । उनका अनुसार करिव ४० वटा युरोपेली मुलुकबाट वर्षमा एक लाखको हाराहरीमा मागपत्र आउँछन् तर दूतावासले त्यसलाई प्रमाणीकरण गर्न सकेको छैन । 

‘सरकारले मागपत्र आउन दिएको छैन तर कामदारको माग आउने क्रम त रोकिँदैन नि,’ उनी भन्छन्, ‘ती मागपत्रहरुमा बिचौलियाले पठाउन थालेका छन् । यसरी सेटिङ मिलाउनेहरुले श्रमिकहरुबाट दशौं लाख लिइरहेका छन् ।’श्रम स्वीकृति लिने बेलामा श्रमिक आफैंले ल्याएको भन्न लगाइने र बिचौलिया पैसा लिएर बेपत्ता हुने अध्यक्ष थापको भनाइ छ । कामदारलाई विदेश पठाएपछि उनीहरु सुरक्षा, क्षतिपूर्ति आदिको जिम्मा लिने संस्थालाई भने काम गर्न नदिइएको भण्डारी बताउँछन् । ठगिने क्रम बढ्ने वातावरण सरकार आफैंले सिर्जना गरेको उनको आरोप छ । वैदेशिक रोजगारीमा जाने संख्याको झण्डै ३५ प्रतिशत श्रमिकलाई बिचौलियाले पठाउन थालेको उनको दाबी छ ।

के भन्छन् विज्ञ ?
वैदेशिक रोजगार ऐन–२०६४ आएपछि वैदेशिक रोजगारीमा जाने क्रम बढेको र त्यसपछि संस्थागतबाहेकका माध्यमबाट पनि जान सकिने रहेछ भन्ने कुराको विस्तार भएको श्रमविद् रामेश्वर नेपाल बताउँछन् । प्रविधिको प्रयोगले सहज पहुँच, ती देशमा गएका आफन्त, साथीभाइले सहयोग गर्नेजस्ता कारणले आफैं जानेहरु बढेको हो । तथापि व्यक्ति स्वयंको पहलमा जानेको संख्या न्यून रहेको तर बिचौलिया जताततै भेटिने गरेको उनको भनाइ छ । 

उनका अनुसार बिचौलिया बनेर दशौं लाख पैसा लिएर पठाउनेहरुमा म्यानपावर व्यवसायीकै संलग्नता भेटिने गरेको छ । औपचारिक हिसाबले पठाउँदा आफू फसिने कारण अनौपचारिक माध्यमबाट पठाउने चलाखी गरिएको हो । ‘कतिपय व्यवसायीले सरकारले मागपत्र प्रमाणीकरण गर्न नसक्दा राम्रा मागपत्रहरु उम्कने गरेको, बिचौलिया बढी हावी भएको भन्ने कुरामा पनि सत्यताचाहिँ छ,’ श्रमविद् नेपाल भन्छन्, ‘तर युरोपका सबै मुलुकमा जाने आधिकारिक माध्यम नहुँदा व्यवसायी आफैंले व्यक्तिगतको नाममा श्रमिक पठाउने गरेका छन् ।’ 

युरोपबाट आउने मागपत्र हेर्ने नियोग तथा दूतावाससँग आवश्यक जनशक्ति र स्रोतसाधन नहुँदा मागपत्र प्रमाणीकरण हुन नसकेको उनी बताउँछन् । गन्तव्य मुलुक हेर्ने निकायलाई आवश्यक साधन स्रोत सरकारले उपलब्ध गराए समस्याको समाधान हुने उनको तर्क छ ।


प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  १०:५६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री
वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री मंगलबार, कात्तिक १८, २०८२
न्यायोचित समाधान नभए आन्दोलनमा जाने घोषणा
न्यायोचित समाधान नभए आन्दोलनमा जाने घोषणा मंगलबार, कात्तिक १८, २०८२
युके पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
युके पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, कात्तिक १७, २०८२
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता सोमबार, कात्तिक १७, २०८२
जेन–जी आन्दोलनपछि घटे युएई जाने कामदार
जेन–जी आन्दोलनपछि घटे युएई जाने कामदार आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेटविरुद्ध संघर्षमा उत्रिँदै संघ
सिण्डिकेटविरुद्ध संघर्षमा उत्रिँदै संघ आइतबार, कात्तिक १६, २०८२
मलेसिया ‘सिण्डिकेट’को विरोधमा व्यवसायी, सशक्त प्रतिवाद गर्ने
मलेसिया ‘सिण्डिकेट’को विरोधमा व्यवसायी, सशक्त प्रतिवाद गर्ने बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP