Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #निष्क्रिय_इच्छामृत्यु
  • #मलुवा_पोखरी
Search Here
समाचार
  • Home
  • समाचार
  • साहित्य क्षेत्रमा तीन वटा राष्ट्रिय पुरस्कारको स्थापना
साहित्य क्षेत्रमा तीन वटा राष्ट्रिय पुरस्कारको स्थापना
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ १७, २०८१

काठमाडौं - साहित्य क्षेत्रमा प्रदान गर्ने गरी विराटनगरमा तीन वटा राष्ट्रिय पुरस्कारको स्थापना गरिएको छ । मुक्तक दिवसको अवसरमा नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश विराटनगरबाट आयोजित पुरस्कार स्थापनाको घोषणा तथा मुक्तक वाचन कार्यक्रममा उक्त साहित्य- पुरस्कारहरू स्थापनाको घोषणा गरिएको हो ।

आयोजक संस्थाका अध्यक्ष कवि एवम् समालोचक बाबुराम पोखरेलका अनुसार अक्षय कोषमा जम्मा गरिएको ब्याज रकमबाट हरेक वर्ष समर्पण गर्ने गरी मनमाया दाहाल तथा उनका छोराछोरीहरूबाट स्थापित नन्दलाल स्मृति साहित्य पुरस्कारको राशि १११११.००, मनोहरि पोखरेल र बाबुराम पोखरेलबाट स्थापित माधव- नर्वदा पोखरेल स्मृति साहित्य पुरस्कारको राशि १११११.०० र नेपाल सरकारका सेवा निवृत्त सहसचिव एवम् साहित्यकार सीताराम पोखरेलबाट स्थापित नन्दकुमारी पोखरेल स्मृति साहित्य पुरस्कारको राशि १५०००.०० रहेको छ । 

कार्यक्रममा अक्षयकोष दाताहरूको तर्फबाट समाजसेवी विश्वकान्त दाहालले अक्षयकोष स्थापनाको सन्दर्भमा सारगर्भित मन्तब्य राखे । उनले समाज विकासमा साहित्यको महत्त्वपूर्ण भूमिका रहेकोले साहित्य क्षेत्रमा लागेका अग्रजहरूको सम्मान तथा अनुजहरूलाई प्रेरणा र सहयोगको लागि पुरस्कारहरूको स्थापना गरिएको बताए ।

Hardik health

त्यस्तै संस्थापक परिवारकी सदस्य कवि नानुमैया दाहालले साहित्य समाजको अग्रगामी रुपान्तरणको सशक्त हतियार भएकोले नेपाली समाजलाई सकरात्मक मार्गबाट अगाडि बढाउन तथा नेपाली साहित्यको श्रीवृद्धि र विकासमा योगदान पुगोस् भन्ने पवित्र उदेश्यले यी पुरस्कारहरूको स्थापना गरिएको खुलासा गरे । कार्यक्रममा प्रमुख अतिथि पुर्वाञ्चल साहित्य प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेलले पुरस्कारले साहित्य सिर्जनामा उत्प्रेरणा प्राप्त हुने विचार राख्दै संस्थापकहरूप्रति धन्यवाद र आयोजक संस्थालाई शुभकामना व्यक्त गरे । 

विशेष अतिथि चेतना प्रतिष्ठान नेपालकी अध्यक्ष प्राज्ञ गङ्गा सुवेदी, प्राज्ञ खेम नेपाली, अग्रज साहित्यकार बलराम पोखरेल, प्रा.डा. हरिहर भण्डारी, विराट साहित्य संगमका अध्यक्ष  मधु पोखरेल,  नरेन्द्र चापागाईं स्मृति प्रतिष्ठानकी अध्यक्ष सरला चापागाईँ लगायतले दाताहरूप्रति  सम्मान व्यक्त गर्दै प्रतिष्ठानको उत्तरोत्तर प्रगतिको कामना गरिन्  अक्षय कोषका संस्थापकहरू मनमाया दाहाल, मनोहरि पोखरेल, सीताराम पोखरेल लगायतलाई सम्मान समेत गरिएको उक्त कार्यक्रममा विराटनगर र आसपासका क्षेत्रका साहित्यकारहरूको बाक्लो उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा भूषण ढुङ्गेल, हरि कट्टेल, गोकुल अधिकारी, प्रयाग न्यौपाने, नानुमैया दाहाल, मञ्जु घिमिरे दाहाल,  राधा भट्टराई, नवराज पोखरेल ` नवशिला´ लगायतका मुक्तककारहरूले आ- आफ्ना मुक्तकहरू वाचन गरेका थिए । आयोजक संस्थाका सदस्य सचिव मदन भण्डारीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा सदस्य रोहिणी रसिकले स्वागत मन्तव्य राखेका थिए ।


प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१  ०९:०९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एघार प्राज्ञले आजीवन निर्वाह भत्ता नपाउने
एघार प्राज्ञले आजीवन निर्वाह भत्ता नपाउने मंगलबार, चैत ३, २०८२
‘हृदयचन्द्र स्मृति सम्मान’ प्रदान
‘हृदयचन्द्र स्मृति सम्मान’ प्रदान मंगलबार, फागुन ५, २०८२
भण्डारीको ‘समय सूत्र’ सार्वजनिक
भण्डारीको ‘समय सूत्र’ सार्वजनिक आइतबार, माघ १८, २०८२
मुक्तक प्रतिष्ठानद्वारा विराटनगरका पोखरेलसहित चार जना पुरस्कृत
मुक्तक प्रतिष्ठानद्वारा विराटनगरका पोखरेलसहित चार जना पुरस्कृत आइतबार, माघ १८, २०८२
मन्डलामा कविता कन्सर्ट हुँदै
मन्डलामा कविता कन्सर्ट हुँदै मंगलबार, पुस २२, २०८२
एकै मञ्चमा सुनिए आठ जिल्लाका कवि
एकै मञ्चमा सुनिए आठ जिल्लाका कवि आइतबार, पुस २०, २०८२
दायित्व वांमय प्रतिष्ठानद्वारा पुरस्कार पाउने स्रष्टा छनोट
दायित्व वांमय प्रतिष्ठानद्वारा पुरस्कार पाउने स्रष्टा छनोट सोमबार, पुस १४, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP