Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #ग्लोबल आइएमई
  • #मगमग बसना
  • #नेपाल_टेलिकम
  • #आइसिसी महिला टि ट्वान्टी विश्वकप
  • #सफल _युवराज पौडेल
  • #फ्रेन्च किस
  • #नौमती_बाजा
  • #‘एलाइट’ कप
  • #'उज्यालो नेपाल
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • राष्ट्रिय परिचयपत्रको नाममा सास्ती नदेऊ
राष्ट्रिय परिचयपत्रको नाममा सास्ती नदेऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, माघ ८, २०८१

सरकारले सार्वजनिक सेवा लिनका लागि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य बनाएको छ । यसविरुद्ध परेको रिटलाई आइतबार सर्वोच्च अदालतले खारेज गरेसँगै सरकारको निर्णय कार्यान्वयनको बाटो खुलेको हो ।

सरकारले सामाजिक सुरक्षाभत्ता, सिम कार्ड, बैंक खाता एवं सबै सार्वजनिक सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेसँगै त्यसविरुद्ध अधिवक्ता रामबहादुर राउत र विमल पोखरेलले रिट दायर गरेका थिए । उक्त रिटमा सुनुवाइ गर्दै न्यायाधीशहरू मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।

उक्त आदेशविरुद्ध सरकारले राष्ट्रिय परिचयपत्र कार्यान्वयन हुँदा सामाजिक सुरक्षाभत्ताको नियन्त्रण गर्न सहज भएको, व्यक्तिको पहिचानमा एकरूपता भएको, अपराधमा संलग्नको पहिचानमा सहयोग भएकोलगायतका आधार देखाउँदै अन्तरिम आदेश र रिट दुवै खारेजीको मागसहित ‘भ्याकेट’ निवेदन दर्ता गराएको थियो । सरकारले २४ जेठ २०८१ को मन्त्रिपरिषद् बैठकबाट पहिलो चरणमा २८ जिल्लामा साउन १ बाट लागू हुनेगरी सामाजिक सुरक्षाभत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको थियो ।

Hardik health

यसलाई विस्तार गर्दै दोस्रो चरणमा २०८१ माघ १ बाट थप ३८ जिल्लामा अनिवार्य गर्ने तयारी सरकारको थियो । २०८२ साउन १ पछि भने ७७ वटै जिल्लामा सामाजिक सुरक्षाभत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य हुने निर्णय गरिएको थियो ।

तर सर्वोच्च अदालतको उक्त आदेशपछि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने सरकारको निर्णय अन्योलमा परेको थियो । आइतबार पूर्ण इजलासले रिट खारेज गर्ने फैसला सुनाएसँगै सरकारलाई राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने बाटो खुलेको छ । सर्वोच्चले रिट खारेज गर्दै निर्देशनात्मक आदेश जारी गर्ने फैसला सुनाए पनि फैसलाको पूर्ण विवरण भने सार्वजनिक गरिएको छैन ।

सर्वोच्चले रिट खारेज गरेर कार्यान्वयनको बाटो खोले पनि महिनौंसम्म परिचयपत्र लिन सास्ती बेहोर्नुपर्ने बाध्यता उस्तै छ । योसँगै कामकाजमा प्रयोग हुने नागरिकता प्रयोगविहीन हुने भएको छ । सरकारले कुनै पनि कार्यक्रम ल्याउँदा नागरिकलाई बुझाउन नसक्दा यस्ता कार्यक्रमहरु सफल हुन सकिरहेको छैन । अझ सरकारी ढिलासुस्ती, एकैछिनमा प्रिन्ट हुने कार्डका लागि महिनौं कुर्नुपर्ने बाध्यताका कारण नागरिक रुष्ट बनेका हुन् । यस्तो विषयमा सरकारले सम्बोधन गरे पक्कै पनि सरकारी कार्यक्रम सफल हुँदै जाने छ । राष्ट्रिय परिचयपत्र नागरिकका लागि अर्को सास्तीको कारण नबनोस् । 
 


प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  १२:५३
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
हिमपात र चिसोमा सावधानी अपनाऔं
हिमपात र चिसोमा सावधानी अपनाऔं शुक्रबार, माघ १६, २०८२
आश्वासनको पोकामात्र नबनोस् घोषणापत्र 
आश्वासनको पोकामात्र नबनोस् घोषणापत्र  बिहीबार, माघ १५, २०८२
‘राइट टु रिजेक्ट’ खोई ? 
‘राइट टु रिजेक्ट’ खोई ?  बुधबार, माघ १४, २०८२
‘फेक रेस्क्यु’ धन्दाबाट पर्यटन क्षेत्र जोगाऊ
‘फेक रेस्क्यु’ धन्दाबाट पर्यटन क्षेत्र जोगाऊ मंगलबार, माघ १३, २०८२
आचारसंहिता पालनामा कडाइ गर
आचारसंहिता पालनामा कडाइ गर सोमबार, माघ १२, २०८२
भावी प्रधानमन्त्री उम्मेदवारहरूको ‘लाइभ डिबेट’ होस्
भावी प्रधानमन्त्री उम्मेदवारहरूको ‘लाइभ डिबेट’ होस् आइतबार, माघ ११, २०८२
इपिएसपीडितको माग सम्बोधन गर
इपिएसपीडितको माग सम्बोधन गर शुक्रबार, माघ ९, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP