Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #रामबहादुर थापा
  • #‘कमरु फिन्फिनी’
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • राष्ट्रिय परिचयपत्रको नाममा सास्ती नदेऊ
राष्ट्रिय परिचयपत्रको नाममा सास्ती नदेऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, माघ ८, २०८१

सरकारले सार्वजनिक सेवा लिनका लागि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य बनाएको छ । यसविरुद्ध परेको रिटलाई आइतबार सर्वोच्च अदालतले खारेज गरेसँगै सरकारको निर्णय कार्यान्वयनको बाटो खुलेको हो ।

सरकारले सामाजिक सुरक्षाभत्ता, सिम कार्ड, बैंक खाता एवं सबै सार्वजनिक सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेसँगै त्यसविरुद्ध अधिवक्ता रामबहादुर राउत र विमल पोखरेलले रिट दायर गरेका थिए । उक्त रिटमा सुनुवाइ गर्दै न्यायाधीशहरू मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।

उक्त आदेशविरुद्ध सरकारले राष्ट्रिय परिचयपत्र कार्यान्वयन हुँदा सामाजिक सुरक्षाभत्ताको नियन्त्रण गर्न सहज भएको, व्यक्तिको पहिचानमा एकरूपता भएको, अपराधमा संलग्नको पहिचानमा सहयोग भएकोलगायतका आधार देखाउँदै अन्तरिम आदेश र रिट दुवै खारेजीको मागसहित ‘भ्याकेट’ निवेदन दर्ता गराएको थियो । सरकारले २४ जेठ २०८१ को मन्त्रिपरिषद् बैठकबाट पहिलो चरणमा २८ जिल्लामा साउन १ बाट लागू हुनेगरी सामाजिक सुरक्षाभत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको थियो ।

Hardik health

यसलाई विस्तार गर्दै दोस्रो चरणमा २०८१ माघ १ बाट थप ३८ जिल्लामा अनिवार्य गर्ने तयारी सरकारको थियो । २०८२ साउन १ पछि भने ७७ वटै जिल्लामा सामाजिक सुरक्षाभत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य हुने निर्णय गरिएको थियो ।

तर सर्वोच्च अदालतको उक्त आदेशपछि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने सरकारको निर्णय अन्योलमा परेको थियो । आइतबार पूर्ण इजलासले रिट खारेज गर्ने फैसला सुनाएसँगै सरकारलाई राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने बाटो खुलेको छ । सर्वोच्चले रिट खारेज गर्दै निर्देशनात्मक आदेश जारी गर्ने फैसला सुनाए पनि फैसलाको पूर्ण विवरण भने सार्वजनिक गरिएको छैन ।

सर्वोच्चले रिट खारेज गरेर कार्यान्वयनको बाटो खोले पनि महिनौंसम्म परिचयपत्र लिन सास्ती बेहोर्नुपर्ने बाध्यता उस्तै छ । योसँगै कामकाजमा प्रयोग हुने नागरिकता प्रयोगविहीन हुने भएको छ । सरकारले कुनै पनि कार्यक्रम ल्याउँदा नागरिकलाई बुझाउन नसक्दा यस्ता कार्यक्रमहरु सफल हुन सकिरहेको छैन । अझ सरकारी ढिलासुस्ती, एकैछिनमा प्रिन्ट हुने कार्डका लागि महिनौं कुर्नुपर्ने बाध्यताका कारण नागरिक रुष्ट बनेका हुन् । यस्तो विषयमा सरकारले सम्बोधन गरे पक्कै पनि सरकारी कार्यक्रम सफल हुँदै जाने छ । राष्ट्रिय परिचयपत्र नागरिकका लागि अर्को सास्तीको कारण नबनोस् । 
 


प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  १२:५३
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
सरकार असफल हुँदा पनि कांग्रेसले टेक्न सकेन जमिन
सरकार असफल हुँदा पनि कांग्रेसले टेक्न सकेन जमिन बुधबार, भदौ ३, २०८३
वैदेशिक रोजगार क्षेत्रको बेथिति र ६० दिने सम्झौता 
वैदेशिक रोजगार क्षेत्रको बेथिति र ६० दिने सम्झौता  मंगलबार, भदौ २, २०८३
नागरिकको ज्यान पहिलो प्राथमिकता
नागरिकको ज्यान पहिलो प्राथमिकता सोमबार, भदौ १, २०८३
संसदीय मर्यादा र विधिको कसी
संसदीय मर्यादा र विधिको कसी आइतबार, साउन ३१, २०८३
ग्यास कहाँ पाइन्छ सरकार ?
ग्यास कहाँ पाइन्छ सरकार ? शुक्रबार, साउन २९, २०८३
नयाँ राजनीतिको पुरानै चरित्र
नयाँ राजनीतिको पुरानै चरित्र बिहीबार, साउन २८, २०८३
कूटनीतिमा बदलिएका वालेन्द्र
कूटनीतिमा बदलिएका वालेन्द्र बुधबार, साउन २७, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
एनसेल बिजनेसले वेब होस्ट र डोमेन सेवाका सुविधा उपलब्ध गराउँदै
एनसेल बिजनेसले वेब होस्ट र डोमेन सेवाका सुविधा उपलब्ध गराउँदै
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP