Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #महोत्सव_२०८३
  • #आदिवासी_जनजाति_चलचित्र_महोत्सव
  • #नेपाल_तामाङ_घेदुङ
  • #कामकाजमा तामाङ र नेपाल भाषा
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #सपनाको_चंगा
  • #नेपाल चेम्बर अफ कमर्स
  • #नेपाल_पर्यटन_बोर्ड
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • महँगी नियन्त्रण प्रभावकारी बनाऊ
महँगी नियन्त्रण प्रभावकारी बनाऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, पुस २८, २०८१

अहिले संसद्को पहिलो र दोस्रो ठूलो दल सरकारमा छ । सरकारमा स्थिरतासहित जनमुखी काम गर्ने भन्दै पहिलोपटक दुई ठूला दल मिलेर सरकार चलाएका हुन् । सरकारको नेतृत्व गरिरहेका छन् एमाले अध्यक्ष केपी शर्मा ओली । उनी हरेक मञ्चमा बोल्दा वर्तमान सरकारले जनतालाई राहत दिने काम गरिरहेको बताउँछन् । उनका विश्वासपात्र अर्थमन्त्री विष्णुप्रसाद पौडेल पनि यस्तै भाषण दिने गरेका छन् । तर, उनीहरुको भनाइ सरकारकै निकायबाट सार्वजनिक तथ्यांकसँग मेल खाँदैन । यसको उदाहरण हो, शुक्रबारमात्रै सार्वजनिक नेपाल राष्ट्र बैंकको प्रतिवेदन ।

राष्ट्र बैंकले ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदन सार्वजनिक गर्दै महँगीले वाञ्छित सीमा नाघेको जनाएको हो । चालु आर्थिक वर्षको पाँचौं महिना अर्थात् गत मंसिरको विवरण समेटेर ल्याएको प्रतिवेदनबाट पुष्टि हुन्छ, सरकार महँगी नियन्त्रणमा चुकेको छ । आमजनताको जीविकोपार्जन प्रभावित हुनेगरी खाद्यवस्तुको मूल्यवृद्धि उच्च कायम भएको छ । प्रतिवेदनअनुसार गत मंसिरमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.०५ प्रतिशत कायम भएको छ । जबकि, सरकारले चालु अवमा ५.५ प्रतिशतको वाञ्छित सीमा राखेको छ । अघिल्लो वर्षको सोही अवधिमा मुद्रास्फीति ४.९५ प्रतिशतमा सीमित थियो ।

समीक्षा अवधिमा गैरखाद्य वस्तुभन्दा खाद्यवस्तुमा मूल्यवृद्धि उच्च देखिएको छ । गत मंसिरमा खाद्य तथा पेयपदार्थ समूहको मूल्यवृद्धि ९.९९ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि ३.९२ प्रतिशत रहेको छ । ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ६.५२ प्रतिशतले बढेको छ । यता सहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ५.८९ प्रतिशत छ । प्रदेशगतरुपमा कोशी प्रदेशमा सबैभन्दा बढी ७.३६ प्रतिशतले मूल्यवृद्धि भएको तथ्यांक छ । हिमाली क्षेत्रमा पनि मूल्यवृद्धि उच्च देखिएको छ । 

Hardik health

मूल्यवृद्धिको प्रत्यक्ष मार सर्वसाधारणले बेहोर्नुपरेको छ । मुलुकको अर्थतन्त्र संक्रमणकालीन अवस्थाबाट बाहिर नआइसकेको अवस्थामा महँगी अनियन्त्रित बन्दा जनता मारमा परेका हुन् । जनतालाई राहत दिने भाषणमा होइन, व्यवहारमा चाहिएको छ । हरेक क्षेत्रको महँगी धान्न यहाँ जनता तयार छैनन् । उनीहरुसँग क्षमता छैन । त्यसकारण सरकारले मूल्यवृद्धि नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नुको विकल्प छैन । यस कार्यमा सरकार तत्काल अघि बढोस् ।
 


प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  ११:५०
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
गणतन्त्र दिवसः अवस्था रूपान्तरणतर्फको यात्रामा बढौं
गणतन्त्र दिवसः अवस्था रूपान्तरणतर्फको यात्रामा बढौं शुक्रबार, जेठ १५, २०८३
आश्वासन होइन, उद्योग चलाउन कार्ययोजना ल्याऊ
आश्वासन होइन, उद्योग चलाउन कार्ययोजना ल्याऊ मंगलबार, जेठ १२, २०८३
रानीसैनको सीमा विवाद तत्काल सल्टाऊ
रानीसैनको सीमा विवाद तत्काल सल्टाऊ सोमबार, जेठ ११, २०८३
विश्वविद्यालयको साख फर्काउने अवसर
विश्वविद्यालयको साख फर्काउने अवसर आइतबार, जेठ १०, २०८३
सभामुखबाट भूमिका तटस्थ होस् 
सभामुखबाट भूमिका तटस्थ होस्  शुक्रबार, जेठ ८, २०८३
संसद्प्रतिको उदासीनता लोकतन्त्रका लागि घातक
संसद्प्रतिको उदासीनता लोकतन्त्रका लागि घातक बिहीबार, जेठ ७, २०८३
विभेदकारी विज्ञापन नीति तत्काल खारेज गर
विभेदकारी विज्ञापन नीति तत्काल खारेज गर सोमबार, जेठ ४, २०८३
लोकप्रिय
  • Week
  • Month
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP