Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #सन्तोष परियार
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • कांग्रेसलाई उपनिर्वाचनको पाठ
कांग्रेसलाई उपनिर्वाचनको पाठ
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, मंसिर १८, २०८१

नेपाली कांग्रेस लामो विरासत बोकेको दल हो । तीनै तहमा पहिलो दल भए पनि माओवादीसँगको भरथेगले कांग्रेसले चुनाव जित्दै आएको सबैमा विदितै छ । यो निर्वाचनमा एक स्थानबाहेक कांग्रेस एक्लै निर्वाचनमा उत्रियो । सत्तामै भएको कांग्रेसले यसपटक भने आफ्नो पुरानो विरासत धमाधम गुमाएको छ । यो उपनिर्वाचनमा कांग्रेस कीर्तिपुर नगरपालिकाको मेयरमात्र जोगाउन सक्यो । दुई गाउँपालिका अध्यक्ष, दुई उपाध्यक्ष कांग्रेसबाट अरु दलले नै खोसे ।

कांग्रेसले आफूलाई पहिलो दल, प्रजातान्त्रिक दल र सबैभन्दा बलियो दलको रुपमा देखाउँदै आएको छ । पछिल्लो समय कांग्रेस केन्द्रमा नेतृत्वको निरंकुशता बढ्दो छ । पार्टी सभापति शेरबहादुर देउवा पार्टीमा सुविधाजनक बहुमतमा छन् । देउवाले पार्टीमा गर्नुपर्ने नियुक्तिहरुमा मनलागी गर्दै आएका छन् । विस्तार गर्नुपर्ने विभागका सदस्यहरु महाधिवेशन आउन लाग्दामात्र विस्तार गरिरहेका छन् । महŒवपूर्ण मानिएको कोषाध्यक्षको पद महाधिवेशन सकिएको तीन वर्षपछिमात्र पदपूर्ति गरे । जबकि अबको एक वर्षमा महाधिवेशन हुनुपर्छ ।

यस्तो पार्टीमा नयाँ पुस्ता भनिएका गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्री छन् । विपक्षी गुटको मानिने डा. शेखर कोइराला छन् । तर उनीहरु देउवाको प्रिय बन्ने दौडमा लाग्दा पार्टीको अवस्था लथालिंग छ । जसका कारण कांग्रेस अहिले नयाँ दलसँग त्रसित छ ।यो निर्वाचनमा कांग्रेसको सिट एमाले, माओवादी, जनता समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीले समेत खोसेको छ । मुख्यतः केही अघि गोदावरीमा भएको महासमिति बैठकमा महामन्त्री थापाले कुनै दलसँग चुनावी गठबन्धन नगर्ने प्रस्ताव पेस गरेका थिए । उक्त समयमा धेरै नेताहरुको तर्क थियो– गठबन्धन नगरी त मुस्किलै हुन्छ । यद्यपि कांग्रेसले महामन्त्री थापाको यो प्रस्तावलाई केन्द्रीय समितिमा ल्याएरै पारित गरिसकेको छ ।

Hardik health

तर, उपनिर्वाचनको परिणाम हेर्ने हो भने गठबन्धन नगरे कांग्रेस विस्तारै कमजोर हुँदै जाने छनक देखाएको छ । माओवादीलाई हातमा लिएर चुनावी तालमेल गरेकै कारण कांग्रेस पछिल्लोपटक तीनै तहमा पहिलो दल बन्न सफल भएको हो । यसअघि एमाले र माओवादी एक हुँदा कांग्रेस निकै कमजोर बनेको थियो । माओवादीको आडमा बलियो बन्दै गएको कांग्रेसले अब पाठ सिक्नैपर्छ– यसरी थाङ्रा हाल्दै जाने हो भने एक दिन कमजोर बन्दै पार्टी विलयको चरणमा जाने छ । देउवाको युग अब सकिँदै छ, नयाँ पुस्ताले यो विषयमा सोच्न जरुरी छ ।
 


प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  १५:०८
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
वैदेशिक रोजगार क्षेत्रको बेथिति र ६० दिने सम्झौता 
वैदेशिक रोजगार क्षेत्रको बेथिति र ६० दिने सम्झौता  मंगलबार, भदौ २, २०८३
नागरिकको ज्यान पहिलो प्राथमिकता
नागरिकको ज्यान पहिलो प्राथमिकता सोमबार, भदौ १, २०८३
संसदीय मर्यादा र विधिको कसी
संसदीय मर्यादा र विधिको कसी आइतबार, साउन ३१, २०८३
ग्यास कहाँ पाइन्छ सरकार ?
ग्यास कहाँ पाइन्छ सरकार ? शुक्रबार, साउन २९, २०८३
नयाँ राजनीतिको पुरानै चरित्र
नयाँ राजनीतिको पुरानै चरित्र बिहीबार, साउन २८, २०८३
कूटनीतिमा बदलिएका वालेन्द्र
कूटनीतिमा बदलिएका वालेन्द्र बुधबार, साउन २७, २०८३
फुटबललाई मृत्युशय्याबाट ब्युँझाऊ
फुटबललाई मृत्युशय्याबाट ब्युँझाऊ मंगलबार, साउन २६, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP