Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #प्रशान्त तामाङ
  • #फोनिज संवाद
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #क्यालिस्थेनिक्स
  • #फोक्सिङटार
  • #गगनकुमार थापा
  • #रासस
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • कांग्रेसलाई उपनिर्वाचनको पाठ
कांग्रेसलाई उपनिर्वाचनको पाठ
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, मंसिर १८, २०८१

नेपाली कांग्रेस लामो विरासत बोकेको दल हो । तीनै तहमा पहिलो दल भए पनि माओवादीसँगको भरथेगले कांग्रेसले चुनाव जित्दै आएको सबैमा विदितै छ । यो निर्वाचनमा एक स्थानबाहेक कांग्रेस एक्लै निर्वाचनमा उत्रियो । सत्तामै भएको कांग्रेसले यसपटक भने आफ्नो पुरानो विरासत धमाधम गुमाएको छ । यो उपनिर्वाचनमा कांग्रेस कीर्तिपुर नगरपालिकाको मेयरमात्र जोगाउन सक्यो । दुई गाउँपालिका अध्यक्ष, दुई उपाध्यक्ष कांग्रेसबाट अरु दलले नै खोसे ।

कांग्रेसले आफूलाई पहिलो दल, प्रजातान्त्रिक दल र सबैभन्दा बलियो दलको रुपमा देखाउँदै आएको छ । पछिल्लो समय कांग्रेस केन्द्रमा नेतृत्वको निरंकुशता बढ्दो छ । पार्टी सभापति शेरबहादुर देउवा पार्टीमा सुविधाजनक बहुमतमा छन् । देउवाले पार्टीमा गर्नुपर्ने नियुक्तिहरुमा मनलागी गर्दै आएका छन् । विस्तार गर्नुपर्ने विभागका सदस्यहरु महाधिवेशन आउन लाग्दामात्र विस्तार गरिरहेका छन् । महŒवपूर्ण मानिएको कोषाध्यक्षको पद महाधिवेशन सकिएको तीन वर्षपछिमात्र पदपूर्ति गरे । जबकि अबको एक वर्षमा महाधिवेशन हुनुपर्छ ।

यस्तो पार्टीमा नयाँ पुस्ता भनिएका गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्री छन् । विपक्षी गुटको मानिने डा. शेखर कोइराला छन् । तर उनीहरु देउवाको प्रिय बन्ने दौडमा लाग्दा पार्टीको अवस्था लथालिंग छ । जसका कारण कांग्रेस अहिले नयाँ दलसँग त्रसित छ ।यो निर्वाचनमा कांग्रेसको सिट एमाले, माओवादी, जनता समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीले समेत खोसेको छ । मुख्यतः केही अघि गोदावरीमा भएको महासमिति बैठकमा महामन्त्री थापाले कुनै दलसँग चुनावी गठबन्धन नगर्ने प्रस्ताव पेस गरेका थिए । उक्त समयमा धेरै नेताहरुको तर्क थियो– गठबन्धन नगरी त मुस्किलै हुन्छ । यद्यपि कांग्रेसले महामन्त्री थापाको यो प्रस्तावलाई केन्द्रीय समितिमा ल्याएरै पारित गरिसकेको छ ।

Hardik health

तर, उपनिर्वाचनको परिणाम हेर्ने हो भने गठबन्धन नगरे कांग्रेस विस्तारै कमजोर हुँदै जाने छनक देखाएको छ । माओवादीलाई हातमा लिएर चुनावी तालमेल गरेकै कारण कांग्रेस पछिल्लोपटक तीनै तहमा पहिलो दल बन्न सफल भएको हो । यसअघि एमाले र माओवादी एक हुँदा कांग्रेस निकै कमजोर बनेको थियो । माओवादीको आडमा बलियो बन्दै गएको कांग्रेसले अब पाठ सिक्नैपर्छ– यसरी थाङ्रा हाल्दै जाने हो भने एक दिन कमजोर बन्दै पार्टी विलयको चरणमा जाने छ । देउवाको युग अब सकिँदै छ, नयाँ पुस्ताले यो विषयमा सोच्न जरुरी छ ।
 


प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  १५:०८
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
विदेशमा जल्नुपर्ने बाध्यता कहिलेसम्म ?
विदेशमा जल्नुपर्ने बाध्यता कहिलेसम्म ? बिहीबार, माघ १, २०८२
‘ग्रेसफुल एक्जिट’का लागि देउवालाई अन्तिम अवसर
‘ग्रेसफुल एक्जिट’का लागि देउवालाई अन्तिम अवसर सोमबार, पुस २८, २०८२
निर्वाचन सुरक्षा चुनौतीमा ध्यान देऊ
निर्वाचन सुरक्षा चुनौतीमा ध्यान देऊ आइतबार, पुस २७, २०८२
कांग्रेसमा आवाज थुन्ने प्रयास बन्द होस्
कांग्रेसमा आवाज थुन्ने प्रयास बन्द होस् शुक्रबार, पुस २५, २०८२
नैतिकताको प्रश्नमा कुलमानको ढिलो जवाफ
नैतिकताको प्रश्नमा कुलमानको ढिलो जवाफ बिहीबार, पुस २४, २०८२
संयमता र सहिष्णुता नै सर्वधर्म
संयमता र सहिष्णुता नै सर्वधर्म बुधबार, पुस २३, २०८२
जाँचबुझ आयोगको प्रतिवेदन ‘कर्मकाण्डी’ नबनोस्
जाँचबुझ आयोगको प्रतिवेदन ‘कर्मकाण्डी’ नबनोस् मंगलबार, पुस २२, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP