Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राजेन्द्र लिङ्देन
  • #राष्ट्रिय सभा निर्वाचन
  • #प्रशान्त तामाङ
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #दूध_दुहुने_रियालिटी शो
  • #‘शिवांश’
  • #फोक्सिङटार
  • #क्यालिस्थेनिक्स
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • अपूरो ‘वचन’ चीनलाई सम्झाऊ
अपूरो ‘वचन’ चीनलाई सम्झाऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, मंसिर १७, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा नयाँ समझदारी नहुने करिब–करिब पक्का भएको छ । चीन भ्रमणअघि मन्त्रिपरिषद् बैठक राखेर दर्जन आयोजनामा समझदारी हुने निर्णय गरे पनि ती योजना पुरानै योजनाको पुनःवाचनमात्र देखिन्छ । ती आयोजना सरसर्ती हेर्दा चीन सरकारले अधिकांश परियोजना अलपत्र पारेको देखिन्छ । अधकल्चो छाडेको देखिन्छ । अझै काठमाडौंको चक्रपथ परियोजना पूरा गरिदिएको छैन । सबैभन्दा रमाइलो त प्रधानमन्त्री ओली चीन जाने भएपछि चक्रपथको समाखुसी क्षेत्रमा अहिले डोजर चल्न थालेको छ । 

केरुङ–काठमाडौं रेलमार्गलाई अहिलेका प्रधानमन्त्री ओलीले कुनै बेला जोडतोडका साथ हरेक कार्यक्रममा उल्लेख गर्थे । तर चीनले २०७५ मै यस रेलमार्ग निर्माण प्रतिवेदन तयार गर्दा पनि रेलमार्गबारे केही प्रगति हुन सकेको छैन । जसकारण अहिले ओलीसमेत यस विषयमा मौन छन् । टोखा–खहरे सुरुङमार्ग निर्माणमासमेत सहमति हुने सरकारले जनाएको छ । २०७६ मा चीनका राष्ट्रपति सी चिनफिङ आउँदा यसको सम्भाव्यता अध्ययन गर्ने सहमति भएको थियो । यही सुरुङमार्ग बन्ने विषय पनि पुरानै र अलपत्र पारिएको आयोजना हो । 

हुन त भौगोलिक हिसाबले चीनतिरको नाका अनुकूल छैन । तैपनि चीनले आफूले दिएको वचनमा खासै ध्यान दिएको पाइन्न । जबकि नेपाल भने प्रतिबद्ध भएर लागेको देखिन्छ । पछिल्लो समय चिनियाँ ब्रान्डको गाडी भित्र्याउन सरकारले खुकुलो नीति कडाइका साथ लागू गरेको छ । चीनमा बनेको विद्युतीय गाडीको तीव्र बजारीकरणका लागि नेपाली बैंकहरुले खुकुलो नीति बनाउँदा यसको व्यापार फस्टँदो छ । तर विद्युतीय गाडी वातावरणका लागि झनै खतरनाक हुने पछिल्लो प्रतिवेदनहरुले जनाएको छ ।

Hardik health

तर चीनले अरनिको सडक मर्मतका विषयमा पनि आफू पन्छिँदै आएको छ । यद्यपि यी विभिन्न विषयको परिपूरक सरकारका लागि चीनले दिन लागेको सवारीसाधन हुँदै छ । चीनले नेपाल सरकारलाई १०० वटा विद्युतीय गाडी, १०० वटा प्रहरी भ्यान, ५० वटा स्कुल भ्यान, ५० वटा एम्बुलेन्स दिने तयारी गरेको छ । त्यसको उचित सदुपयोग सरकारले गरोस् । किनकि त्यसको दुरुपयोग हुने सम्भावना बढी रहन्छ । के सरकारले यस्तै गाडी घोडाको लोभ गर्ने कि वचनअनुसार पूरा नगरेका परियोजनाबारे प्रश्न सोध्ने ?
 


प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  ११:५०
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
‘ग्रेसफुल एक्जिट’का लागि देउवालाई अन्तिम अवसर
‘ग्रेसफुल एक्जिट’का लागि देउवालाई अन्तिम अवसर सोमबार, पुस २८, २०८२
निर्वाचन सुरक्षा चुनौतीमा ध्यान देऊ
निर्वाचन सुरक्षा चुनौतीमा ध्यान देऊ आइतबार, पुस २७, २०८२
कांग्रेसमा आवाज थुन्ने प्रयास बन्द होस्
कांग्रेसमा आवाज थुन्ने प्रयास बन्द होस् शुक्रबार, पुस २५, २०८२
नैतिकताको प्रश्नमा कुलमानको ढिलो जवाफ
नैतिकताको प्रश्नमा कुलमानको ढिलो जवाफ बिहीबार, पुस २४, २०८२
संयमता र सहिष्णुता नै सर्वधर्म
संयमता र सहिष्णुता नै सर्वधर्म बुधबार, पुस २३, २०८२
जाँचबुझ आयोगको प्रतिवेदन ‘कर्मकाण्डी’ नबनोस्
जाँचबुझ आयोगको प्रतिवेदन ‘कर्मकाण्डी’ नबनोस् मंगलबार, पुस २२, २०८२
अमेरिकाको दादागिरी खेदजनक
अमेरिकाको दादागिरी खेदजनक सोमबार, पुस २१, २०८२
लोकप्रिय
  • Week
  • Month
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP