Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अन्तर्राष्ट्रिय मातृभाषा दिवस
  • #साके एन्ड फेंग
  • #विमला_घिमिरे
  • #प्रियतम
  • #श्वेत र काल
  • #चितुवाको उद्धार
  • #उज्यालो नेपाल पार्टी
  • #शेर्पा_समुदाय
  • #रामचन्द्र_पौडेल
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • अपूरो ‘वचन’ चीनलाई सम्झाऊ
अपूरो ‘वचन’ चीनलाई सम्झाऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, मंसिर १७, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा नयाँ समझदारी नहुने करिब–करिब पक्का भएको छ । चीन भ्रमणअघि मन्त्रिपरिषद् बैठक राखेर दर्जन आयोजनामा समझदारी हुने निर्णय गरे पनि ती योजना पुरानै योजनाको पुनःवाचनमात्र देखिन्छ । ती आयोजना सरसर्ती हेर्दा चीन सरकारले अधिकांश परियोजना अलपत्र पारेको देखिन्छ । अधकल्चो छाडेको देखिन्छ । अझै काठमाडौंको चक्रपथ परियोजना पूरा गरिदिएको छैन । सबैभन्दा रमाइलो त प्रधानमन्त्री ओली चीन जाने भएपछि चक्रपथको समाखुसी क्षेत्रमा अहिले डोजर चल्न थालेको छ । 

केरुङ–काठमाडौं रेलमार्गलाई अहिलेका प्रधानमन्त्री ओलीले कुनै बेला जोडतोडका साथ हरेक कार्यक्रममा उल्लेख गर्थे । तर चीनले २०७५ मै यस रेलमार्ग निर्माण प्रतिवेदन तयार गर्दा पनि रेलमार्गबारे केही प्रगति हुन सकेको छैन । जसकारण अहिले ओलीसमेत यस विषयमा मौन छन् । टोखा–खहरे सुरुङमार्ग निर्माणमासमेत सहमति हुने सरकारले जनाएको छ । २०७६ मा चीनका राष्ट्रपति सी चिनफिङ आउँदा यसको सम्भाव्यता अध्ययन गर्ने सहमति भएको थियो । यही सुरुङमार्ग बन्ने विषय पनि पुरानै र अलपत्र पारिएको आयोजना हो । 

हुन त भौगोलिक हिसाबले चीनतिरको नाका अनुकूल छैन । तैपनि चीनले आफूले दिएको वचनमा खासै ध्यान दिएको पाइन्न । जबकि नेपाल भने प्रतिबद्ध भएर लागेको देखिन्छ । पछिल्लो समय चिनियाँ ब्रान्डको गाडी भित्र्याउन सरकारले खुकुलो नीति कडाइका साथ लागू गरेको छ । चीनमा बनेको विद्युतीय गाडीको तीव्र बजारीकरणका लागि नेपाली बैंकहरुले खुकुलो नीति बनाउँदा यसको व्यापार फस्टँदो छ । तर विद्युतीय गाडी वातावरणका लागि झनै खतरनाक हुने पछिल्लो प्रतिवेदनहरुले जनाएको छ ।

Hardik health

तर चीनले अरनिको सडक मर्मतका विषयमा पनि आफू पन्छिँदै आएको छ । यद्यपि यी विभिन्न विषयको परिपूरक सरकारका लागि चीनले दिन लागेको सवारीसाधन हुँदै छ । चीनले नेपाल सरकारलाई १०० वटा विद्युतीय गाडी, १०० वटा प्रहरी भ्यान, ५० वटा स्कुल भ्यान, ५० वटा एम्बुलेन्स दिने तयारी गरेको छ । त्यसको उचित सदुपयोग सरकारले गरोस् । किनकि त्यसको दुरुपयोग हुने सम्भावना बढी रहन्छ । के सरकारले यस्तै गाडी घोडाको लोभ गर्ने कि वचनअनुसार पूरा नगरेका परियोजनाबारे प्रश्न सोध्ने ?
 


प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  ११:५०
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
निर्वाचनको माहोल बिग्रन नदेऊ
निर्वाचनको माहोल बिग्रन नदेऊ सोमबार, फागुन ११, २०८२
आश्वासनमा केन्द्रित दलका घोषणापत्र
आश्वासनमा केन्द्रित दलका घोषणापत्र आइतबार, फागुन १०, २०८२
मतदाता शिक्षालाई थप प्रभावकारी बनाऊ 
मतदाता शिक्षालाई थप प्रभावकारी बनाऊ  शुक्रबार, फागुन ८, २०८२
निर्वाचन खर्च पारदर्शी बनाऊ 
निर्वाचन खर्च पारदर्शी बनाऊ  बिहीबार, फागुन ७, २०८२
हारबाट निराश होइन, सुधारको प्रतिज्ञा गरौं 
हारबाट निराश होइन, सुधारको प्रतिज्ञा गरौं  बुधबार, फागुन ६, २०८२
निर्वाचनलाई निष्पक्ष बनाउने जिम्मेवारी
निर्वाचनलाई निष्पक्ष बनाउने जिम्मेवारी मंगलबार, फागुन ५, २०८२
घोषणापत्र ढिलाइमा झल्किएको गैरजिम्मेवारीपन
घोषणापत्र ढिलाइमा झल्किएको गैरजिम्मेवारीपन सोमबार, फागुन ४, २०८२
लोकप्रिय
  • Week
  • Month
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP