Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #महोत्सव_२०८३
  • #आदिवासी_जनजाति_चलचित्र_महोत्सव
  • #नेपाल_तामाङ_घेदुङ
  • #कामकाजमा तामाङ र नेपाल भाषा
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #सपनाको_चंगा
  • #नेपाल चेम्बर अफ कमर्स
  • #नेपाल_पर्यटन_बोर्ड
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • सांसदलाई हाइसञ्चो
सांसदलाई हाइसञ्चो
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, मंसिर १०, २०८१

गत भदौ ३१ गते प्रतिनिधिसभाको चौथो अधिवेशन अन्त्य भयो । त्यसयता दसैंतिहार, छठलगायत मुख्य चाडपर्व सकियो तर प्रतिनिधिसभा हिउँदे अधिवेशनका लागि चालचुल नगरी बसेको छ । सभामुख देवराज घिमिरे कम्बोडियातिर उडेका छन् भने संसद्का सचिव सुरेश अधिकारीले राजीनामा दिएका छन् । विधेयक अधिवेशनको नामले चिनिएको संसद्मा यसपटक थुप्रे विधेयक आउने तयारीमा छ । प्रतिनिधिसभामा महŒवपूर्ण मानिने विधेयकहरु यसपटक संसदीय समिति हुँदै आउनुपर्ने हो ।

तर ‘मिनी संसद्’ का रुपमा चिनिएको संसदीय समिति नै विभिन्न बहानामा बस्न सकेको छैन । प्रतिनिधिसभामा हाल १० वटा संसदीय समिति छन् । तिनमा १५ विधेयक अड्किएका छन् । भ्रष्टाचार निवारण (पहिलो संशोधन), निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) र संघीय निजामती सेवा विधेयक अड्किएका छन् । पारदर्शी शासनसत्ता र संघीय प्रणालीअनुरुपमा शासनका लागि टड्कारो कानुनहरु अझै नबन्दा संघीयताप्रति वितृष्णा बढ्दो छ ।

तर सांसदहरु भने दुई महिनादेखि तलब बोनस लिएर भ्याकेसनमा छन् । सभामुख घिमिरेले संसदीय समितिको बारेमा चासो राख्दा समितिका सभापतिहरुले सांसद नै नभेटिने बताएका छन् । सांसदहरु पार्टीको कार्यक्रममा जिल्ला खटिने, उपनिर्वाचनका लागि खटिनेजस्ता कारण देखाउँदै समितिको बैठक बस्न सकेको छैन ।

Hardik health

जनताको आवाज बुलन्द गर्नुपर्ने सदन अहिले सरकारले सञ्चालन गर्न सकेको छैन । एकातिर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हिरासतमा छन् जुनसुकै बेला विशेष अधिवेशन बोलाउन सक्छु भन्दै भाषणबाजीमा उत्रिएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि मौन छन् । विपक्षी दल बलियो छ भनेर सडकमा शक्ति प्रदर्शन गर्ने नेता दाहालको शक्ति प्रदर्शनको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले सडकबाटै फर्काइसके । सत्तारुढ अर्को ठूलो दल नेपाली कांग्रेस जसले संसदीय शक्तिमा विश्वास गर्छ, ऊ पनि यतिबेला मौन छ ।

संसद्को अधिवेशन बोलाउने जिम्मेवारी सभामुख घिमिरेको हो, तर उनी दलको सहमतिविना अघि बढ्न सक्दैनन् । जसका कारण जनताको समस्या र मागहरु घन्कनुपर्ने संसद् अहिले बन्द छ । कुनै शक्तिको डरत्रासका कारण सरकारले नै संसद् अमूक व्यक्तिको बन्दकी बनाउन हुँदैन । अहिले हवाई भाडा चर्किनुका साथै महँगी र बेरोजगारी समस्याले जनता अक्रान्त छन् । बाढीपहिरोपीडित चिसोमा कठ्यांग्रिन थालेका छन् । तिनको आवाजलाई मुखरित गर्ने थलो खुला गर्न सांसदहरुले पनि दबाब दिनुपर्छ, यसरी हाइसञ्चो मानेर बस्ने हैन । 
 

       


प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  १३:११
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
गणतन्त्र दिवसः अवस्था रूपान्तरणतर्फको यात्रामा बढौं
गणतन्त्र दिवसः अवस्था रूपान्तरणतर्फको यात्रामा बढौं शुक्रबार, जेठ १५, २०८३
आश्वासन होइन, उद्योग चलाउन कार्ययोजना ल्याऊ
आश्वासन होइन, उद्योग चलाउन कार्ययोजना ल्याऊ मंगलबार, जेठ १२, २०८३
रानीसैनको सीमा विवाद तत्काल सल्टाऊ
रानीसैनको सीमा विवाद तत्काल सल्टाऊ सोमबार, जेठ ११, २०८३
विश्वविद्यालयको साख फर्काउने अवसर
विश्वविद्यालयको साख फर्काउने अवसर आइतबार, जेठ १०, २०८३
सभामुखबाट भूमिका तटस्थ होस् 
सभामुखबाट भूमिका तटस्थ होस्  शुक्रबार, जेठ ८, २०८३
संसद्प्रतिको उदासीनता लोकतन्त्रका लागि घातक
संसद्प्रतिको उदासीनता लोकतन्त्रका लागि घातक बिहीबार, जेठ ७, २०८३
विभेदकारी विज्ञापन नीति तत्काल खारेज गर
विभेदकारी विज्ञापन नीति तत्काल खारेज गर सोमबार, जेठ ४, २०८३
लोकप्रिय
  • Week
  • Month
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP