Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #शुक्रराज शर्मा
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #राष्ट्रिय जनमुक्ति पार्टी
  • #सामाजिक सुरक्षा कोष
  • #जरा_उद्यान
  • #सिगाना
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • कोप–२९ मा नेपालको सवाल
कोप–२९ मा नेपालको सवाल
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, कात्तिक २७, २०८१

बढ्दो जलवायु चुनौतीको सम्बोधन गर्ने उद्देश्यले अजरबैजानको राजधानी बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र फ्रेमवर्क कन्भेन्सन (कोप–२९) सम्मेलन सुरु भएको छ । सम्मेलनमा विश्वभरका नेताहरू विश्वव्यापी सहकार्यका लागि नोभेम्बर २२ सम्म बाकुमा भेला भई जलवायु संकटको सामनामा केन्द्रित रहने कार्यतालिका छ ।  

देशहरूले उत्सर्जनमा कटौती र विश्वव्यापी आपूर्ति शृंखलामा थप उदारलगायतका व्यवस्था गर्न नसकेसम्म कुनै पनि अर्थव्यवस्था जी–२० सहित–अनियन्त्रित विश्वव्यापी उष्णताबाट बाँच्न नसकिने तथा गम्भीर मुद्रास्फीति प्रभावबाट उम्कन नसक्ने राष्ट्रसंघले यसअघि नै चेतावनी दिइसकेको छ । सबैभन्दा पहिलो त हाम्रो स्वास्थ्य जुन न त किनेर किन्न सकिन्छ न त सापटी नै । त्यसैले स्वास्थ्य जीवनकै लागि जलवायु परिवर्तनसम्बन्धी प्रतिकार्य अबको आवश्यकता हो ।

विश्वव्यापी बढ्दो तापमान होस् या सोच्नै नसकिने गरी अति वर्षा र बाढीपहिरो । यी सबै जलवायु परिवर्तनका असर हुन् । नेपाल जलवायु परिवर्तनको असरबाट प्रताडित राष्ट्र हो । जलवायु परिवर्तनकोे प्रभावबाट जीवन रक्षा गर्न खर्बौं डलर आवश्यक  रहेकाले कोप–२९ को मुख्य ध्यानाकर्षण आर्थिक मामलामा हुने तथा देशहरूलाई हरितगृह ग्यास उत्सर्जन घटाउनुपर्ने एजेण्डालाई जोडदारका साथ उठाउनुपर्छ । यस वर्षको सम्मेलन नयाँ वित्तीय प्रतिबद्धतामा केन्द्रित छ । जसलाई ‘न्यु कलेक्टिभ क्वान्टिफाइड गोल (एनसिक्युजी)’ नाम दिइएको छ ।

Hardik health

एनसिक्युजी वा ‘फाइनान्स कोप’ भनेर चिनिने नयाँ लक्ष्य यस सम्मेलनमा छलफल हुने र सन् २०२५ देखि प्रभावकारी हुने लक्ष्य राखिएको छ । जलवायु वित्तसम्बन्धी स्वतन्त्र उच्चस्तरीय विशेषज्ञ समूहको सन् २०२२ को प्रतिवेदनअनुसार विकासशील देशहरूलाई जलवायु वित्त आवश्यकताहरू पूरा गर्न सन् २०२५ सम्ममा प्रतिवर्ष १० खर्ब अमेरिकी डलर तथा सन् २०३० सम्ममा २४ खर्ब अमेरिकी डलर चाहिन्छ ।

कोप–२९ को मुख्य उद्देश्य जलवायुसम्बन्धी चुनौतीहरूको सामना गर्ने कमजोर देशहरूलाई सहयोग गर्न वित्तीय लक्ष्यहरूमा सम्झौताहरू सुरक्षित गर्नु हो । ‘युएनइपी उत्सर्जन ग्याप रिपोर्ट २०२४’ का अनुसार तापक्रम क्रमशः दुई डिग्री सेल्सियस तथा १.५ डिग्री सेल्सियसभन्दा कम राख्ने र सन् २०३० सम्म वार्षिक उत्सर्जन ५.५ प्रतिशत र नौ प्रतिशतले घटाउनुपर्ने छ ।

कोप–२९ का विषयवस्तुहरूले वित्त, ऊर्जा संक्रमण, मानव पुँजी, जैविक विविधता, खाद्य सुरक्षालगायत जलवायुका पक्षहरूलाई सम्बोधन गर्नुपर्ने देखिन्छ । प्रमुख लक्ष्यहरूमा नयाँ विश्वव्यापी जलवायु वित्त लक्ष्य स्थापना, अनुकूलन उपायहरू मापन गर्ने र १.५ डिग्री सेल्सियस लक्ष्यसँग प्रतिबद्धताहरू प्राप्त गर्ने विषयमा नेपालले पनि जोडतोडले आवाज उठाओस् । जलवायुमाथिको हस्तक्षेप रोक्न सार्थक बनोस् कोप–२९ ।
 


प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  १३:०८
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
साङ्ताबासीको प्रस्ताव अनुमोदन गर
साङ्ताबासीको प्रस्ताव अनुमोदन गर बिहीबार, माघ २२, २०८२
निपाहको जोखिम नियन्त्रण गर
निपाहको जोखिम नियन्त्रण गर बुधबार, माघ २१, २०८२
स्वास्थ्य बिमामा बोझ, सरकारको बदनियत
स्वास्थ्य बिमामा बोझ, सरकारको बदनियत मंगलबार, माघ २०, २०८२
ग्यासको कृत्रिम अभाव नियन्त्रण गर
ग्यासको कृत्रिम अभाव नियन्त्रण गर सोमबार, माघ १९, २०८२
निर्वाचनसँगै बजेट कार्यान्वयनमा ध्यान देऊ
निर्वाचनसँगै बजेट कार्यान्वयनमा ध्यान देऊ आइतबार, माघ १८, २०८२
हिमपात र चिसोमा सावधानी अपनाऔं
हिमपात र चिसोमा सावधानी अपनाऔं शुक्रबार, माघ १६, २०८२
आश्वासनको पोकामात्र नबनोस् घोषणापत्र 
आश्वासनको पोकामात्र नबनोस् घोषणापत्र  बिहीबार, माघ १५, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै  गुठी संस्थानलाई आयोगकाे पत्र
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै गुठी संस्थानलाई आयोगकाे पत्र
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP