Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #रासस
  • #सामाजिक सुरक्षा कोष
  • #गगनकुमार थापा
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • ‘आफ्ना’लाई जोगाउन सत्ताको दुरुपयोग नगरियोस्
‘आफ्ना’लाई जोगाउन सत्ताको दुरुपयोग नगरियोस्
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, कात्तिक ७, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछाने यतिबेला सहकारीको रकम हिनामिना प्रकरणमा हिरासतमा छन् । उनका कार्यकर्ता सरकारले काखापाखा गरेको भन्दै पोखराको सडकमा प्रदर्शन गरिरहेका छन् । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनको अभियोगमा उनलाई जिल्ला अदालत कास्कीले अनुसन्धान गर्न अनुमति दिएको हो । लामिछाने प्रतिपक्षी दलका नेता हुन् । त्यसैले पनि सरकारले उनलाई सहजै पक्राउ गरी अनुसन्धान थालेको छ । तर यस्तै प्रकरणमा सूर्य थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले अनुसन्धान गर्नुपर्ने उल्लेख गरेका कांग्रेस उपसभापति धनराज गुरुङ र सार्वजनिक लेखा समितिका सभापति रहेका ऋषिकेश पोखरेलले भने उन्मुक्ति पाएका छन् । 

धनराज ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलनमा संलग्न देखिन्छ । अझ नैतिकताको पाठ सिकाउने धनराज आफैंले विवादित व्यवसायी मीनबहादुर गुरुङबाट एक अर्ब रुपैयाँ लिएको पुष्टि भएको छ । विवादमा तानिएपछि धनराज र मीनबहादुरले मिलेमतो गरी ऋण लिएको बताउँदै आएका छन् । सरकारमा रहेको दल कांग्रेसका उपसभापति भएकै कारण गुरुङलाई सरकारले नै संरक्षण गरिरहेको प्रस्टै हुन्छ ।

धनराज कांग्रेसमा शेखर कोइराला समूहका नेता हुन् । उनलाई जोगाउन शेखरसमेत लागेको बताइन्छ । कानुनमन्त्री बनिसकेका धनराजले आफूले श्रीमती ज्योति गुरुङ(जसले मितेरीको १४ करोड हिनामिना गरेकी थिइन्)सँग यसअघि नै सम्बन्धविच्छेद गरिसकेकोले आफू चोखो रहेको तर्क प्रस्तुत गरेका छन् । तर, उनीहरुको सम्बन्धविच्छेद नै शंकास्पद देखिएको छ । जसकारण धनराज पनि त्यसमा जवाफदेही बन्नुपर्ने प्रस्ट देखिन्छ ।

Hardik health

यता सहकारी ठगी प्रकरणका अर्का आरोपी एमाले सांसदसमेत रहेका पोखरेल पनि श्रीमती अञ्जला कोइरालासँगै अनुसन्धानको दायरामा आउनुपर्ने देखिन्छ । बैंकको कालो सूचीमा रहेकी अञ्जला सञ्चालक रहेको मोरङको उमागौरी कृषि सहकारीको १४ करोड ५६ लाख रुपैयाँ हिनामिना भएको छ । उक्त सहकारी पोखरेलकै अग्रसरतामा २०६८ सालमा स्थापना भएको थियो । पोखरेल प्रधानमन्त्री केपी शर्मा ओलीको दलको भएकोले जोगाउन खोजिएको देखिन्छ ।

सहकारी प्रकरणमा एमाले कारबाही गर्न नहुने पक्षमा पहिल्यैबाट देखिन्थ्यो । कांग्रेसको जबरजस्तीपछि एमाले विशेष संसदीय छानबिन समिति बनाउन तयार भएको हो । यो समितिले दोषी देखाएका धेरैजसो सत्तापक्षीय नेताहरु अनुसन्धानको दायरामा आएका छैनन् । कानुन सबैलाई बराबर हुनुपर्छ । को आफ्नो, को पराई । बचतकर्तालाई न्याय दिन कांग्रेस उपसभापति होस् या एमाले सांसद, कसैलाई छुट दिनहुन्न । सरकारले यस्तो पक्षपात नगरोस् । 
 


प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  १२:१०
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
मनोनयन प्रभावित नहोस्
मनोनयन प्रभावित नहोस् मंगलबार, माघ ६, २०८२
बालेन-हर्कको दोहोरो धोका
बालेन-हर्कको दोहोरो धोका सोमबार, माघ ५, २०८२
रविको संरक्षणमा कानुनको बलिदान रोकियोस्
रविको संरक्षणमा कानुनको बलिदान रोकियोस् आइतबार, माघ ४, २०८२
विदेशमा जल्नुपर्ने बाध्यता कहिलेसम्म ?
विदेशमा जल्नुपर्ने बाध्यता कहिलेसम्म ? बिहीबार, माघ १, २०८२
‘ग्रेसफुल एक्जिट’का लागि देउवालाई अन्तिम अवसर
‘ग्रेसफुल एक्जिट’का लागि देउवालाई अन्तिम अवसर सोमबार, पुस २८, २०८२
निर्वाचन सुरक्षा चुनौतीमा ध्यान देऊ
निर्वाचन सुरक्षा चुनौतीमा ध्यान देऊ आइतबार, पुस २७, २०८२
कांग्रेसमा आवाज थुन्ने प्रयास बन्द होस्
कांग्रेसमा आवाज थुन्ने प्रयास बन्द होस् शुक्रबार, पुस २५, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP