Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राष्ट्रिय अपांग महिला संघ
  • #मिम्लेन फुङ
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #विप्रेषण
  • #वार्षिक साधारणसभा
  • #मुग्लिन–पोखरा सडक
  • #मालढुंगा-बेनी_सडक
  • #नाफिज
  • #अन्तरराष्ट्रिय बैंक दिवस
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • ‘आफ्ना’लाई जोगाउन सत्ताको दुरुपयोग नगरियोस्
‘आफ्ना’लाई जोगाउन सत्ताको दुरुपयोग नगरियोस्
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, कात्तिक ७, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछाने यतिबेला सहकारीको रकम हिनामिना प्रकरणमा हिरासतमा छन् । उनका कार्यकर्ता सरकारले काखापाखा गरेको भन्दै पोखराको सडकमा प्रदर्शन गरिरहेका छन् । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनको अभियोगमा उनलाई जिल्ला अदालत कास्कीले अनुसन्धान गर्न अनुमति दिएको हो । लामिछाने प्रतिपक्षी दलका नेता हुन् । त्यसैले पनि सरकारले उनलाई सहजै पक्राउ गरी अनुसन्धान थालेको छ । तर यस्तै प्रकरणमा सूर्य थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले अनुसन्धान गर्नुपर्ने उल्लेख गरेका कांग्रेस उपसभापति धनराज गुरुङ र सार्वजनिक लेखा समितिका सभापति रहेका ऋषिकेश पोखरेलले भने उन्मुक्ति पाएका छन् । 

धनराज ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलनमा संलग्न देखिन्छ । अझ नैतिकताको पाठ सिकाउने धनराज आफैंले विवादित व्यवसायी मीनबहादुर गुरुङबाट एक अर्ब रुपैयाँ लिएको पुष्टि भएको छ । विवादमा तानिएपछि धनराज र मीनबहादुरले मिलेमतो गरी ऋण लिएको बताउँदै आएका छन् । सरकारमा रहेको दल कांग्रेसका उपसभापति भएकै कारण गुरुङलाई सरकारले नै संरक्षण गरिरहेको प्रस्टै हुन्छ ।

धनराज कांग्रेसमा शेखर कोइराला समूहका नेता हुन् । उनलाई जोगाउन शेखरसमेत लागेको बताइन्छ । कानुनमन्त्री बनिसकेका धनराजले आफूले श्रीमती ज्योति गुरुङ(जसले मितेरीको १४ करोड हिनामिना गरेकी थिइन्)सँग यसअघि नै सम्बन्धविच्छेद गरिसकेकोले आफू चोखो रहेको तर्क प्रस्तुत गरेका छन् । तर, उनीहरुको सम्बन्धविच्छेद नै शंकास्पद देखिएको छ । जसकारण धनराज पनि त्यसमा जवाफदेही बन्नुपर्ने प्रस्ट देखिन्छ ।

Hardik health

यता सहकारी ठगी प्रकरणका अर्का आरोपी एमाले सांसदसमेत रहेका पोखरेल पनि श्रीमती अञ्जला कोइरालासँगै अनुसन्धानको दायरामा आउनुपर्ने देखिन्छ । बैंकको कालो सूचीमा रहेकी अञ्जला सञ्चालक रहेको मोरङको उमागौरी कृषि सहकारीको १४ करोड ५६ लाख रुपैयाँ हिनामिना भएको छ । उक्त सहकारी पोखरेलकै अग्रसरतामा २०६८ सालमा स्थापना भएको थियो । पोखरेल प्रधानमन्त्री केपी शर्मा ओलीको दलको भएकोले जोगाउन खोजिएको देखिन्छ ।

सहकारी प्रकरणमा एमाले कारबाही गर्न नहुने पक्षमा पहिल्यैबाट देखिन्थ्यो । कांग्रेसको जबरजस्तीपछि एमाले विशेष संसदीय छानबिन समिति बनाउन तयार भएको हो । यो समितिले दोषी देखाएका धेरैजसो सत्तापक्षीय नेताहरु अनुसन्धानको दायरामा आएका छैनन् । कानुन सबैलाई बराबर हुनुपर्छ । को आफ्नो, को पराई । बचतकर्तालाई न्याय दिन कांग्रेस उपसभापति होस् या एमाले सांसद, कसैलाई छुट दिनहुन्न । सरकारले यस्तो पक्षपात नगरोस् । 
 


प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  १२:१०
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
अस्वीकृत नेतृत्वको पछि लाग्दै कांग्रेस
अस्वीकृत नेतृत्वको पछि लाग्दै कांग्रेस सोमबार, मंसिर २२, २०८२
विदेशमा घरेलु कामदारमाथि हुने हिंसा न्यूनीकरण गर्न कदम चाल
विदेशमा घरेलु कामदारमाथि हुने हिंसा न्यूनीकरण गर्न कदम चाल शुक्रबार, मंसिर १९, २०८२
पुराना दललाई वैकल्पिक दलको चुनौती
पुराना दललाई वैकल्पिक दलको चुनौती बिहीबार, मंसिर १८, २०८२
महिला हिंसाविरुद्ध बोलौं, न्यूनीकरणमा जोड दिऊ
महिला हिंसाविरुद्ध बोलौं, न्यूनीकरणमा जोड दिऊ मंगलबार, मंसिर १६, २०८२
निर्वाचनको वातावरण बनाऊ
निर्वाचनको वातावरण बनाऊ सोमबार, मंसिर १५, २०८२
रिटायरहरुको क्लब बन्दै दल 
रिटायरहरुको क्लब बन्दै दल  आइतबार, मंसिर १४, २०८२
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण निःशुल्क गर
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण निःशुल्क गर शुक्रबार, मंसिर १२, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
पर्यटन प्रबर्द्धनका लागि  पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
मेयर बालेन्द्र शाहलाई पितृशोक
मेयर बालेन्द्र शाहलाई पितृशोक
सुनकाे मूल्यमा नयाँ रेकर्ड
सुनकाे मूल्यमा नयाँ रेकर्ड
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP