Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #‘माइतीघर’
  • #माइतीघर
  • #चलचित्र
  • #नेप्से परिसूचक
Search Here
राजनीति
  • Home
  • राजनीति
  • एमालेमा ओलीको निरंकुशता बढ्दै
एमालेमा ओलीको निरंकुशता बढ्दै
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, कात्तिक ५, २०८१

काठमाडौं– नेकपा एमालेमा केपी शर्मा ओलीको ‘बा’ प्रवृत्ति झांगिँदो नै छ । यही बा प्रवृत्तिका कारण ‘केपी बा’ पार्टीको मन्त्रजस्तै बनिसक्यो । १०औं महाधिवेशनमा आफूविरुद्ध अध्यक्षका प्रत्यासी बनेका भीम रावललाई ओलीले लगभग किनारा लगाइसकेका छन् । पार्टीको उपाध्यक्षसम्म बनेर उदाएका उनले २०७९ को निर्वाचनमा ओलीको बाहुलीबाट टिकटसमेत पाएनन् ।

उनै रावललाई कुनै बेला ओलीले केन्द्रीय सदस्य अफर भने नगरेका होइनन् । रावल उक्त पद ‘रिजेक्ट’ गरेर गुमनाम छन् । पछिल्लो दिन असोज २५ गते एमाले अध्यक्ष ओलीले कीर्तिपुरको मैत्रीनगरमा आफ्नो केन्द्रीय कार्यालयको शिलान्यास गरे । त्यो पनि भाटभटेनीका मालिक मीनबहादुर गुरुङ साक्षी राखेर । गुरुङले नै दान दिएको १० रोपनी १४ आनामा भवन बन्ने भएपछि पार्टीभित्रै यसको आलोचना सुरू भयो । आलोचना थालिन् स्थायी कमिटी सदस्य बिन्दा पाण्डेले । त्यसपछि केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले ओलीको कदमको विरोध गरिन् ।

Shanker-1729488302.jpg
उहाँहरूले के कति कारणले त्यसप्रकारका गतिविधि गरिराख्नुभएको छ भन्ने विषयमा स्पष्टीकरण सोध्ने निर्णय भएको छ ।
शंकर पोखरेल
महासचिव, नेकपा एमाले


पार्टीमा महासचिव शंकर पोखरेल, पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले उनीहरुको भनाइको खण्डन गरे । त्यसपछि किनारा लगाइएको रावलले पनि ओलीको कदमको विरोध गरे । त्यसपछि भने ओलीले सचिवालय बैठक डाके । आइतबार एमालेको मुख्यालय च्यासलमा बसेको उक्त बैठक एउटै विषयमा केन्द्रित रह्यो । त्यो हो, पार्टीले जग्गा दान पाउँदा त्यसविरुद्ध बोल्ने नेताहरुलाई के गर्ने ? सचिवालय सदस्यबीच लामो छलफलपछि तीनै जना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय भएको एमाले महासचिव शंकर पोखरेलले बताए ।

Hardik health

‘पार्टी स्थायी कमिटी सदस्य बिन्दा पाण्डे, पार्टी केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले पार्टी निर्णयविपरीत सार्वजनिक अभिव्यक्ति दिनुभएकोमा उहाँहरूले के कति कारणले त्यसप्रकारका गतिविधि गरिराख्नुभएको छ भन्ने विषयमा स्पष्टीकरण सोध्ने निर्णय भएको छ,’ उनले भने ।त्यतिमात्र हैन एमालेले रावललाई पनि स्पष्टीकरण सोध्ने भएको छ । ‘त्यसैगरी लामो समय पार्टी नीतिसँग असहमत राखी आफ्नो विचार राख्नुभएका पार्टीका पूर्वउपाध्यक्ष भीम रावललाई पनि पार्टीका तर्फबाट स्पष्टीकरण सोध्ने भएको छ,’ पोखरेलले भने ।

व्यवसायी गुरूङले दान दिएको भनिएको कीर्तिपुर नगरपालिका–२ स्थित मैत्रीनगरको १० रोपनी १४ आना जग्गामा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीले भवनको शिलान्यास गरेका थिए । त्यसप्रति असहमति राख्दै पाण्डेले उक्त कदमले २८ लाख मतदाताको अपमान भएको पनि बताएकी थिइन् ।‘साढे पाँच लाख पार्टी सदस्यको स्वाभिमानी शिर झुकाउने र २८ लाख मतदाताको अपमान गर्ने कदम हो यो । व्यापार व्यवसाय गर्नेले पारदर्शीरूपमा कम्पनीको सामाजिक दायित्वअन्तर्गत सामाजिक काममा सहयोग गर्नु कर्तव्य नै हो । तर, राजनीतिक दलले कार्यालय बनाउन यस्तो सहयोग लिनु र व्यापारीले दिनु दुवै गलत हो ।

Binda-Pandey-1729488302.jpgअहिले पार्टीलाई आवश्यकता पर्दा लाखौं होइन, करोडौं बोकेर आउनेहरु भेटिन थालेका छन् । तर, बुझ्नुपर्छ जसले लाख दिन्छ, करोडको अपेक्षा राखेको हुन्छ । जसले करोड दिन्छ उसले अर्ब फिर्ता गर्ने सोच राखेकै हुन्छ ।
बिन्दा पाण्डे
स्थायी कमिटी सदस्य, एमाले

दिनेले किन र कसरी दिए उनैलाई थाहा होला । तर, स्वीकार गर्नेले पार्टीको निर्णायक तहमा छलफल र निर्णय त परको कुरा जानकारीसमेत नहुनेगरी गरिएको यो निर्णय दीर्घकालमा आत्मघाती सावित हुने छ । समय घर्की सकेको छैन । मनमोहन र मदनहरूले उँचो बनाएको पार्टीको इतिहास, वर्तमानमा बाँचेका स्वाभिमानी पार्टी पंक्ति र भावी सन्ततिका लागि एमालेको गौरव जोगाउने हो भने यो गलत निर्णय सच्याउनैपर्छ । समयमै सोचौं,’ उनले भनेकी थिइन् । केन्द्रीय सदस्य तिम्सेनाले पनि व्यवसायीबाट दान लिएर पार्टी कार्यालय उभ्याउनु गम्भीर गल्ती भएको बताएकी थिइन् ।

‘एक्लै भए पनि सत्यको पक्षमा उभिने’
पार्टीले स्पष्टीकरण सोध्ने निर्णयपछि केन्द्रीय सदस्य उषाकिरणले पाण्डेसँगैको फोटो राखेर सामाजिक सञ्जालमा एक्लै भए पनि सत्यको पक्षमा उभिनुपर्ने भन्दै गौतम बुद्धको भनाइ सेयर गरेकी छन् । ‘एक्लै भए पनि सत्यको पक्षमा उभिनुपर्दछ– गौतम बुद्ध’ उनले फेसबुकमा लेखेकी छन् ।

यसैगरी बिन्दाले भने किताबको अंश सार्वजनिक गर्दै परिवर्तनका वाहक श्रमजीवी जनता भएको बताएकी छन् । ‘अहिले पार्टीलाई आवश्यकता पर्दा लाखौं होइन, करोडौं बोकेर आउनेहरु भेटिन थालेका छन् । तर, बुझ्नुपर्छ जसले लाख दिन्छ, करोडको अपेक्षा राखेको हुन्छ । जसले करोड दिन्छ उसले अर्ब फिर्ता गर्ने सोच राखेकै हुन्छ,’ पाण्डेले सार्वजनिक गरेको किताबको अंशमा लेखिएको छ । 

पछिल्लो समय एमालेमा ओलीको निरंकुशता बढ्दा नेताहरु बोल्न डराइरहेका छन् । जसकारण वामदेव गौतमसमेत अहिले एमालेको राजनीतिबाट किनारा लागेका छन् ।


प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  ११:११
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मधेश प्रदेशका मुख्यमन्त्री सोनलले छठपछि विश्वासको मत लिने
मधेश प्रदेशका मुख्यमन्त्री सोनलले छठपछि विश्वासको मत लिने शुक्रबार, कात्तिक ७, २०८२
मधेश सरकारमा सत्तापक्षीय पाँच दलको बैठक बस्दै
मधेश सरकारमा सत्तापक्षीय पाँच दलको बैठक बस्दै शुक्रबार, कात्तिक ७, २०८२
मेयर हर्क साम्पाङले गरे दल दर्ता
मेयर हर्क साम्पाङले गरे दल दर्ता आइतबार, कात्तिक २, २०८२
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह आइतबार, कात्तिक २, २०८२
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग आइतबार, कात्तिक २, २०८२
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल आइतबार, कात्तिक २, २०८२
चुनाव गराउन राष्ट्रपति सक्रिय
चुनाव गराउन राष्ट्रपति सक्रिय आइतबार, कात्तिक २, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
यमपञ्चकका पाँच दिन
यमपञ्चकका पाँच दिन
विभागीय मन्त्री नहुँदा वैदेशिक रोजगार क्षेत्र प्रभावित
विभागीय मन्त्री नहुँदा वैदेशिक रोजगार क्षेत्र प्रभावित
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP