Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #ग्लोबल आइएमई
  • #मगमग बसना
  • #नेपाल_टेलिकम
  • #आइसिसी महिला टि ट्वान्टी विश्वकप
  • #सफल _युवराज पौडेल
  • #फ्रेन्च किस
  • #नौमती_बाजा
  • #‘एलाइट’ कप
  • #'उज्यालो नेपाल
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • महामारीको जोखिमतर्फ ध्यान पुर्‍याऊ
महामारीको जोखिमतर्फ ध्यान पुर्‍याऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असोज २०, २०८१

हालै आएको बाढीपहिरोको विपद् सेलाएको छैन । चाडबाडको मुखैमा आएको अविरल वर्षापछि आएको बाढीपहिरोजन्य विपद्ले जनधनको ठूलो क्षति पुर्‍यायो । काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा धेरै क्षति पुर्‍याएको बाढीपहिरोबाट मधेस र कोशी प्रदेशका केही जिल्लालाई पनि प्रभावित बनायो ।

मुख्य राजमार्गहरु क्षतिग्रस्त हुँदा राजधानीबाट चाडबाड मनाउन बाहिरिनेहरुले सास्ती बेहोर्नुपरिरहेको छ । यता बाढीले घर भत्किए÷बगाएका पीडितहरु अस्थायी आवासमा कठिन संघर्ष गर्न बाध्य छन् । उनीहरु सरकारबाट पुनःस्थापनाको पर्खाइमा छन् । बस्न मिल्ने घर भएका बाढीपीडितहरु भने सफाइ गरेर पुनः सोही घरमा बसाइँ व्यवस्थापनमा जुटिरहेका छन् ।

यहीबीच बाढीप्रभावितहरुमाझ महामारीजन्य रोगको संक्रमण फैलिने जोखिम बढेको छ । बाढीमा डुबेर धेरै पशु चौपाया मरेका छन् । त्यही कारण अहिले प्रभावित क्षेत्र दुर्गन्धित बनेको छ । जसले महामारीजन्य रोग फैलाउने चिन्ता थपेको छ । यद्यपि, अहिलेसम्म कुनै रोगको महामारी फैलिइसकेको छैन । यो सुखद् पक्ष हो । तर, महामारीको उच्च जोखिम रहेको चिकित्सकहरु बताउँछन् । विपद्ले पानीका स्रोतहरू प्रदूषित हुने हुँदा महामारीजन्य रोगको सम्भावना अधिक रहने र यस्तो अवस्थामा सबैले सतर्कता अपनाउन जरुरी रहेको उनीहरुको भनाइ छ । 

Hardik health

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका प्रमुख कन्सल्ट्यान्ट फिजिसियन डा. विमल चालिसेका अनुसार विपद्पश्चात् महामारीजन्य रोगबाट संक्रमित बिरामीहरू भेटिएका छैनन् । यद्यपि, महामारीजन्य रोग बढ्न सक्नेतर्फ सचेत रहँदै उपचारका लागि तयारीमा रहेको उनको भनाइ छ । विपद्पछि पानीजन्य तथा कीटजन्य रोगहरू बढ्ने हुन्छ ।

खानेपानीको स्रोत दूषित हुँदा पखाला, हेपाटाइटिस र स्क्रब टाइफसको संक्रमण हुने सम्भावना रहन्छ । त्यसकारण यस्तो बेला उच्च सतर्कता आवश्यक हुन्छ । साथै, लामखुट्टेको टोकाइ, सर्पदंशको घटना पनि बढ्ने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउने, व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिने, खानेपानीको शुद्धता ख्याल गरेर प्रयोग गर्ने, तरकारीलगायत फलफूलहरू राम्ररी सफा गरेर मात्र प्रयोग गर्नेबारे सबैले ध्यान दिनुपर्नेमा डा. चालिसेको जोड छ । 

बाढीपहिरोको विपद्बाट पिल्सिएका सर्वसाधारणलाई थप स्वास्थ्य समस्यामा पर्नबाट जोगाउन सरकारले आवश्यक कदम चाल्न जरुरी छ । विपद्बाट ज्यान जोगिएकाहरुको जीवारक्षा गरी अभिभावकीय दायित्व निर्वाह गर्नु आजको आवश्यकता हो । त्यसैले सरकारले बाढी प्रभावित क्षेत्रमा महामारीजन्य रोगको संक्रमण नियन्त्रणमा प्रभावकारी काम गनुपर्छ । अन्यथा, महामारीबाट जनताले फेरि अकालमा ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना नहोला भन्न सकिन्न । यसलाई रोक्न तत्काल कदम चालियोस् । यो काम संघीय सरकारको मात्र नभई प्रदेश र स्थानीय सरकारकोसमेत जिम्मेवारी हो । प्रदेश र स्थानीय तह यो मामिलामा चुपचाप बस्न मिल्दैन ।
 


प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  १२:२२
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
हिमपात र चिसोमा सावधानी अपनाऔं
हिमपात र चिसोमा सावधानी अपनाऔं शुक्रबार, माघ १६, २०८२
आश्वासनको पोकामात्र नबनोस् घोषणापत्र 
आश्वासनको पोकामात्र नबनोस् घोषणापत्र  बिहीबार, माघ १५, २०८२
‘राइट टु रिजेक्ट’ खोई ? 
‘राइट टु रिजेक्ट’ खोई ?  बुधबार, माघ १४, २०८२
‘फेक रेस्क्यु’ धन्दाबाट पर्यटन क्षेत्र जोगाऊ
‘फेक रेस्क्यु’ धन्दाबाट पर्यटन क्षेत्र जोगाऊ मंगलबार, माघ १३, २०८२
आचारसंहिता पालनामा कडाइ गर
आचारसंहिता पालनामा कडाइ गर सोमबार, माघ १२, २०८२
भावी प्रधानमन्त्री उम्मेदवारहरूको ‘लाइभ डिबेट’ होस्
भावी प्रधानमन्त्री उम्मेदवारहरूको ‘लाइभ डिबेट’ होस् आइतबार, माघ ११, २०८२
इपिएसपीडितको माग सम्बोधन गर
इपिएसपीडितको माग सम्बोधन गर शुक्रबार, माघ ९, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP