Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • महामारीको जोखिमतर्फ ध्यान पुर्‍याऊ
महामारीको जोखिमतर्फ ध्यान पुर्‍याऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असोज २०, २०८१

हालै आएको बाढीपहिरोको विपद् सेलाएको छैन । चाडबाडको मुखैमा आएको अविरल वर्षापछि आएको बाढीपहिरोजन्य विपद्ले जनधनको ठूलो क्षति पुर्‍यायो । काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा धेरै क्षति पुर्‍याएको बाढीपहिरोबाट मधेस र कोशी प्रदेशका केही जिल्लालाई पनि प्रभावित बनायो ।

मुख्य राजमार्गहरु क्षतिग्रस्त हुँदा राजधानीबाट चाडबाड मनाउन बाहिरिनेहरुले सास्ती बेहोर्नुपरिरहेको छ । यता बाढीले घर भत्किए÷बगाएका पीडितहरु अस्थायी आवासमा कठिन संघर्ष गर्न बाध्य छन् । उनीहरु सरकारबाट पुनःस्थापनाको पर्खाइमा छन् । बस्न मिल्ने घर भएका बाढीपीडितहरु भने सफाइ गरेर पुनः सोही घरमा बसाइँ व्यवस्थापनमा जुटिरहेका छन् ।

यहीबीच बाढीप्रभावितहरुमाझ महामारीजन्य रोगको संक्रमण फैलिने जोखिम बढेको छ । बाढीमा डुबेर धेरै पशु चौपाया मरेका छन् । त्यही कारण अहिले प्रभावित क्षेत्र दुर्गन्धित बनेको छ । जसले महामारीजन्य रोग फैलाउने चिन्ता थपेको छ । यद्यपि, अहिलेसम्म कुनै रोगको महामारी फैलिइसकेको छैन । यो सुखद् पक्ष हो । तर, महामारीको उच्च जोखिम रहेको चिकित्सकहरु बताउँछन् । विपद्ले पानीका स्रोतहरू प्रदूषित हुने हुँदा महामारीजन्य रोगको सम्भावना अधिक रहने र यस्तो अवस्थामा सबैले सतर्कता अपनाउन जरुरी रहेको उनीहरुको भनाइ छ । 

Hardik health

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका प्रमुख कन्सल्ट्यान्ट फिजिसियन डा. विमल चालिसेका अनुसार विपद्पश्चात् महामारीजन्य रोगबाट संक्रमित बिरामीहरू भेटिएका छैनन् । यद्यपि, महामारीजन्य रोग बढ्न सक्नेतर्फ सचेत रहँदै उपचारका लागि तयारीमा रहेको उनको भनाइ छ । विपद्पछि पानीजन्य तथा कीटजन्य रोगहरू बढ्ने हुन्छ ।

खानेपानीको स्रोत दूषित हुँदा पखाला, हेपाटाइटिस र स्क्रब टाइफसको संक्रमण हुने सम्भावना रहन्छ । त्यसकारण यस्तो बेला उच्च सतर्कता आवश्यक हुन्छ । साथै, लामखुट्टेको टोकाइ, सर्पदंशको घटना पनि बढ्ने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउने, व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिने, खानेपानीको शुद्धता ख्याल गरेर प्रयोग गर्ने, तरकारीलगायत फलफूलहरू राम्ररी सफा गरेर मात्र प्रयोग गर्नेबारे सबैले ध्यान दिनुपर्नेमा डा. चालिसेको जोड छ । 

बाढीपहिरोको विपद्बाट पिल्सिएका सर्वसाधारणलाई थप स्वास्थ्य समस्यामा पर्नबाट जोगाउन सरकारले आवश्यक कदम चाल्न जरुरी छ । विपद्बाट ज्यान जोगिएकाहरुको जीवारक्षा गरी अभिभावकीय दायित्व निर्वाह गर्नु आजको आवश्यकता हो । त्यसैले सरकारले बाढी प्रभावित क्षेत्रमा महामारीजन्य रोगको संक्रमण नियन्त्रणमा प्रभावकारी काम गनुपर्छ । अन्यथा, महामारीबाट जनताले फेरि अकालमा ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना नहोला भन्न सकिन्न । यसलाई रोक्न तत्काल कदम चालियोस् । यो काम संघीय सरकारको मात्र नभई प्रदेश र स्थानीय सरकारकोसमेत जिम्मेवारी हो । प्रदेश र स्थानीय तह यो मामिलामा चुपचाप बस्न मिल्दैन ।
 


प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  १२:२२
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
प्रशासनिक सर्जरी र सुशासनको चुनौती
प्रशासनिक सर्जरी र सुशासनको चुनौती मंगलबार, चैत १७, २०८२
न्यायको आवरणमा प्रतिशोधको छाया
न्यायको आवरणमा प्रतिशोधको छाया आइतबार, चैत १५, २०८२
आयातीत इन्धनमा निर्भरता घटाऊ
आयातीत इन्धनमा निर्भरता घटाऊ बुधबार, चैत ११, २०८२
रास्वपा सरकारले अपनाउनुपर्ने संयमता
रास्वपा सरकारले अपनाउनुपर्ने संयमता मंगलबार, चैत १०, २०८२
बढ्दो सार्वजनिक ऋणः उपभोगमा होइन, उत्पादनमा लगानी गरौं
बढ्दो सार्वजनिक ऋणः उपभोगमा होइन, उत्पादनमा लगानी गरौं बिहीबार, चैत ५, २०८२
बस भाडा बढाउने तयारी रोक
बस भाडा बढाउने तयारी रोक बुधबार, चैत ४, २०८२
गृहमन्त्रीलाई उपहार र स्वकीयलाई जागिर
गृहमन्त्रीलाई उपहार र स्वकीयलाई जागिर सोमबार, चैत २, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP