Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राष्ट्रिय अपांग महिला संघ
  • #मिम्लेन फुङ
  • #नाफिज
  • #वार्षिक साधारणसभा
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #मालढुंगा-बेनी_सडक
  • #अन्तरराष्ट्रिय बैंक दिवस
  • #जुडो
  • #सकुन_सुनुवार
Search Here
साहित्य
  • Home
  • साहित्य
  • ‘लिम्बुवानका अभिलेख सङ्ग्रह’ पुस्तक सार्वजनिक
‘लिम्बुवानका अभिलेख सङ्ग्रह’ पुस्तक सार्वजनिक
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असोज १८, २०८१

काठमाडौं- भगीराज इङ्नामद्वारा सङ्कलित लिम्बुवानका अभिलेख सङ्ग्रह नामक पुस्तक सार्वजनिक भएको छ । 

 आज यहाँ आयोजित एक कार्यक्रमकाबीच कवि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला, प्राडा दीनेशराज पन्त, प्राडा बालकृष्ण माबुहाङ, डा कमल तिगेला,किराँत याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेन, महासचिव निरन्ती तुम्बापो र लेखक इङनामले संयुक्त रुपमा पुस्तकको विमोचन गरेका हुन्।

इतिहास अन्वेषक इङ्नामको विसं २०७७ मै मदन पुरस्कार प्राप्त पुस्तक ‘लिम्बुवानको दस्तावेज सङ्ग्रह’ प्रकाशित छ । उक्त दस्तावेज सङ्ग्रहमा छुटेका तथा त्यसपछिका खोज अध्ययनमा पाइएका महत्त्वपूर्ण अभिलेखहरु यस पुस्तकमा समेटिएको प्रकाशक मुन्धुम एकेडेमीले जनाएको छ ।

Hardik health

विमोचन कार्यक्रममा अभिलेख सङ्ग्रहबारे डा कमल तिगेला, प्राडा दीनेशराज पन्त र बालकृष्ण माबुहाङले टिप्पणी गरेका थिए । डा कमल तिगेलाले आठ सय ४० पृष्ठको यस पुस्तक ऐतिहासिक दस्तावेज रहेको बताए । 

टिप्पणीकार प्राडा बालकृष्ण माबुहाङले लिम्बुवानको सामाजिक, सांस्कृतिक र राजकीय मामिलाको अध्ययन गर्नेका लागि महत्त्वपूर्ण काम भएको उल्लेख गरे । यस सङ्ग्रहमा लिच्छवीकाल सम्मका दस्तावेजहरु अध्ययन गर्न पाइने उनले बताए ।

प्राडा दीनेशराज पन्तले इतिहासमा मूल सामाग्रीसम्म इतिहासकारहरु पुग्न नसकेको समयमा सङ्कलक तथा लेखक इङ्नामले गर्नुभएको कामको प्रशंसा गरे । “यो अत्यन्तै महत्त्वपूर्ण काम भएको छ”, उनले भने, “अझै हामी इतिहास खोज्ने क्रममा किरातकालसम्म राम्रोसँग पुग्न सकेका छैनौँ ।”

लेखक इङ्नामले यस सङ्ग्रह अभिलेखहरुको सङ्कलनमात्र भएको बताए । कार्यक्रमका प्रमुख अतिथि वैरागी काइँलाले यस पुस्तकबाट तीन सय वर्षयताको हाम्रो समाजबारे थाहा हुने बताए । “यो अभिलेख सङ्कलन गर्नु चानचुने कुरा होइन”, उनले भने, “अनुसन्धाताका लागि यस्ता झ्याउलाहरु पार गर्नु कुनै ठूलो कुरा होइन ।”

पूर्वप्रशासकसमेत रहेका लेखकले यस सङ्ग्रहमा तीन सय ८८ वटा विभिन्न लालमोहर, रुक्का, सनद, पुर्जी, इस्तिहार, स्याहा मोहर, कास्यपत्र, शिलालेखलगायतका दस्तावेज र तिनका अनुवादसहितका टिप्पणी उल्लेख गरेका छन् । पुस्तक आजैदेखि बजारमा उपलब्ध हुने प्रकाशकले जनाएको छ । पुस्तकको मूल्य रु दुई हजार राखिएको छ । 


प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  १८:४४
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दलाई सामूहिक अभिनन्दन
वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दलाई सामूहिक अभिनन्दन मंगलबार, मंसिर २३, २०८२
हेमजा साहित्य महोत्सव सम्पन्न
हेमजा साहित्य महोत्सव सम्पन्न आइतबार, मंसिर २१, २०८२
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण आइतबार, मंसिर २१, २०८२
प्रा उपाध्याय रिलायन्स साहित्य सम्मान र सत्याललाई पुरस्कार प्रदान
प्रा उपाध्याय रिलायन्स साहित्य सम्मान र सत्याललाई पुरस्कार प्रदान शुक्रबार, मंसिर १२, २०८२
‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक
‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक शुक्रबार, मंसिर १२, २०८२
साहित्य सन्ध्याको ४७० औँ शृङ्खला: परिचर्चा र काव्यगोष्ठी
साहित्य सन्ध्याको ४७० औँ शृङ्खला: परिचर्चा र काव्यगोष्ठी आइतबार, मंसिर ७, २०८२
‘नेपाल र विश्‍वभरका गुरुङ समुदायको उत्थानः सफलताको उपाय’ पुस्तक सार्वजनि
‘नेपाल र विश्‍वभरका गुरुङ समुदायको उत्थानः सफलताको उपाय’ पुस्तक सार्वजनि बुधबार, मंसिर ३, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
लगातार दुई वर्ष  बैंक अफ द ईयर अवार्ड सिटिजन्स बैंकलाई
लगातार दुई वर्ष  बैंक अफ द ईयर अवार्ड सिटिजन्स बैंकलाई
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP