Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #महोत्सव_२०८३
  • #आदिवासी_जनजाति_चलचित्र_महोत्सव
  • #नेपाल_तामाङ_घेदुङ
  • #कामकाजमा तामाङ र नेपाल भाषा
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #सपनाको_चंगा
  • #नेपाल चेम्बर अफ कमर्स
  • #नेपाल_पर्यटन_बोर्ड
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • विपद्‍मा बेखबर जनप्रतिनिधि
विपद्‍मा बेखबर जनप्रतिनिधि
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असोज १७, २०८१

हालैको बाढीपहिरो तथा डुबानमा २४२ जनाले ज्यान गुमाइसकेका छन् । अझै २२ जना बेपत्ता छन् । यति ठूलो मानवीय क्षति गरेको यो विपद्ले सडक, ऊर्जा, खानेपानीलगायतका भौतिक संरचनामा पनि ठूलो क्षति पु¥यायो । कयौं स्थानमा यात्रुहरु बिचल्लीमा परे । तर, जनताले चुनेर पठाएको प्रतिनिधिहरु (सांसददेखि वडा सदस्यसम्म)ले यो विपद्मा प्रधानमन्त्री केपी शर्मा ओलीको मुख ताकेर बसे ।

प्रधानमन्त्री ओली अमेरिकामा घुमेर बसेका थिए । उनको निर्देशन कुरेर बसेको मन्त्रीमण्डलले राजधानीमै ज्यान बचाउन हारगुहार गरेका जनतालाई उद्धार गर्न सकेन । उनीहरु ओली नै कुरेर बसे । मन्त्रीहरुमात्र हैन संघीय सांसदहरुले समेत कुनै प्रभावकारी भूमिका देखाउन सकेनन् । यस्तो बेला संसदीय समिति डाकेर यस विषयमा सरकारको स्पष्टीकरण सोध्नुपर्नेमा सांसदहरु बेखबर बने ।

संघीय सांसदहरुको यो गति भइहाल्यो । केन्द्रले अधिकार दिएन भन्दै चिच्याउँदै आएको प्रदेश र स्थानीय सरकार पनि यो विपद्मा बेपत्ता बनेको देखियो । बाढीपहिरोले सबैभन्दा ठूलो क्षति बागमती प्रदेशमा पु¥याएको छ । तर, यस प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले केही कदम चालेको देखिएन । बागमती प्रदेशले प्रदेशसभा डाकेर यस विषयमा मुख्यमन्त्रीसँग स्पष्टीकरण सोध्न सक्थ्यो । तर, उनीहरु पनि यसमा निरीह देखिए । मुख्यमन्त्री नै मौन बसेपछि प्रदेशका मन्त्रीको के कुरा ?

Hardik health

यस्तो विपद्मा सबैभन्दा सक्रिय हुनुपर्ने र स्रोतसाधन जुटाउने मुख्य जिम्मा स्थानीय सरकारको हो । राज्यको तलबभत्ता खाएर बसेका जनप्रतिनिधिलाई सवारीसाधनसमेत दिएको हुन्छ । यस्तो बेला स्थानीय सरकारका जनप्रतिनिधिले कोरोनाकालमा जति पनि जनताको पीरमर्कामा साथ दिएको देखिएन । उनीहरुले न त संघीय सरकारलाई यसबारे घच्घच्याउन सके, न त आफैंले नै कुनै कदम चाले । 

उपत्यकामा रहेको ललितपुर महानगरको नख्खुखोलामा विपत्ति आउँदा मेयर चिरिबाबु महर्जनले आफ्नो बलबुता प्रयोग गर्नुपर्ने हो । तर, उनी पनि मौन देखिए । यसरी संघीय सरकार त हात बाँधेर मौन नै बस्यो, प्रदेश र स्थानीय सरकारले पनि हो मा हो मिलाएर विपत्तिबाट पन्छिने काम गरे । अहिले संघीय सरकारमा प्रधानमन्त्रीदेखि कार्यवाहक प्रधानमन्त्रीसम्म एकले अर्कोलाई दोष लगाएर गल्ती ढाकछोपमा लागेका छन् । गृहमन्त्री रमेश लेखकले पनि  यो बेला आफ्नो ‘अ’क्षमतालाई छोप्न सकेनन् । जनताको दुःखमा साथ नदिने जनप्रतिनिधिलाई किन जनप्रतिनिधि मान्ने ?
 


प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  १२:२०
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
गणतन्त्र दिवसः अवस्था रूपान्तरणतर्फको यात्रामा बढौं
गणतन्त्र दिवसः अवस्था रूपान्तरणतर्फको यात्रामा बढौं शुक्रबार, जेठ १५, २०८३
आश्वासन होइन, उद्योग चलाउन कार्ययोजना ल्याऊ
आश्वासन होइन, उद्योग चलाउन कार्ययोजना ल्याऊ मंगलबार, जेठ १२, २०८३
रानीसैनको सीमा विवाद तत्काल सल्टाऊ
रानीसैनको सीमा विवाद तत्काल सल्टाऊ सोमबार, जेठ ११, २०८३
विश्वविद्यालयको साख फर्काउने अवसर
विश्वविद्यालयको साख फर्काउने अवसर आइतबार, जेठ १०, २०८३
सभामुखबाट भूमिका तटस्थ होस् 
सभामुखबाट भूमिका तटस्थ होस्  शुक्रबार, जेठ ८, २०८३
संसद्प्रतिको उदासीनता लोकतन्त्रका लागि घातक
संसद्प्रतिको उदासीनता लोकतन्त्रका लागि घातक बिहीबार, जेठ ७, २०८३
विभेदकारी विज्ञापन नीति तत्काल खारेज गर
विभेदकारी विज्ञापन नीति तत्काल खारेज गर सोमबार, जेठ ४, २०८३
लोकप्रिय
  • Week
  • Month
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP