Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #महोत्सव_२०८३
  • #आदिवासी_जनजाति_चलचित्र_महोत्सव
  • #नेपाल_तामाङ_घेदुङ
  • #कामकाजमा तामाङ र नेपाल भाषा
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #सपनाको_चंगा
  • #नेपाल चेम्बर अफ कमर्स
  • #नेपाल_पर्यटन_बोर्ड
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • ओली सरकारको राणाकालीन झल्को
ओली सरकारको राणाकालीन झल्को
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असोज १६, २०८१

विपद्मा भद्रगोल नीति अपनाएका सरकार प्रमुख प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कुर्सी जोगाउन गैरजिम्मेवार बनेका मन्त्रीदेखि प्रशासनको बचाउ गरेका छन् । सोमबार काठमाडौं उत्रनसाथ आफूमाथिको आलोचना सहनै नसकी खनिएका ओलीले मंगलबार पत्रकार सम्मेलन गरी मन्त्रीदेखि सरकारी निकायको बचाउ गरेका हुन् ।

कतिसम्म भने आलोचनाबाट बच्न विपद्कै बेला अमेरिका छँदा एउटा महावाणिज्यदूतकोमा झण्डोत्तलन गरेका ओलीले मंगलबार बिहानै मन्त्रिपरिषद् डाकेर तीन दिन झण्डा झुकाउने निर्णय गरे । यतिमात्र हैन ओलीले वर्षा भएको थाहा पाउनसाथ अमेरिकाबाट हिँडेको दाबी गर्दै आउँदाआउँदा ढिला भएको जिकिर प्रस्तुत गर्न भ्याए ।

आफ्नो कमजोरी सबैले लुकाइदिन्छन् भन्ने आशय ओलीको अभिव्यक्तिमा प्रस्टै देखिन्छ । उनले सरकारका कार्यवाहक प्रधानमन्त्री, गृहमन्त्री, सेना, प्रहरी प्रशासन सबैले तारिफयोग्य काम गरेको भन्दै प्रशंसा गर्नु नै पद जोगाउने बाटो रोजेको प्रस्टिन्छ । नभए जनताले घामजतिकै छर्लंगै देखेको विषय हो, विपद्मा न त मन्त्रीहरुको तदारुकता देखियो न त प्रशासनको ।

Hardik health

आफूहरुको तालमेल लुकाउन प्रमुख जिल्ला अधिकारी सरुवा गरेर बच्ने उपायमा सरकार लाग्यो । नभए प्रधानमन्त्री ओलीले स्याङ्जामा सम्मान थाप्न पुगेका मुख्यसचिव एकनारायण अर्याललाई हप्काउन सक्थे । युरोपियन युनियनको सम्मान थाप्न पोखरा पुगेका कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहसँग स्पष्टीकरण लिनसक्थे । यति गर्दा आफ्नो कुर्सी ढलमल हुने खतरा देखेपछि ओलीले बरू चुप लाग्नु नै बेस भन्दै गैरजिम्मेवार मन्त्री र सचिवहरुको बचाउ गरे ।

यो विपद्मा प्रतिपक्षी दल झनै कमजोर देखियो । सरकारको यस्तो अक्षमतामा न त माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रश्न गर्न सके न त राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले । बरू लगभग विपत्तिबाट जनता आफैं बचिसकेपछि डाकिएको संसदीय समितिमा पुगेर लामिछाने कुर्लन पुगे । कांग्रेस महामन्त्री गगन थापा गर्जिए । राणा शासनको समयमा तीन महिना तीन दिनपछि आगो निभाउनु भनेर तात्तातो हुकुम पठाएझैं शनिबार भएको घटनामाथि राज्य व्यवस्था तथा सुशासन समितिले चार दिनपछि मंगलबार बैठक राखेर तत्काल उद्धार गर्न निर्देशन दिन भ्याए ।

सूचना प्रविधि र वैज्ञानिक आविष्कारले छलाङ मारिसक्दा पनि ओली सरकारले भने राणा शासनकै झल्को दिनेगरी काम तथा निर्देशन दिएको छ । अझ उदेकलाग्दो त प्रमुख दलहरुले पनि प्रधानमन्त्री ओली आइपुगेपछि मात्र संसदीय दलको बैठक राखेर संसदीय समितिले जस्तै माग सरकारसँग तेस्र्याएका छन् । 


प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  १६:५६
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
गणतन्त्र दिवसः अवस्था रूपान्तरणतर्फको यात्रामा बढौं
गणतन्त्र दिवसः अवस्था रूपान्तरणतर्फको यात्रामा बढौं शुक्रबार, जेठ १५, २०८३
आश्वासन होइन, उद्योग चलाउन कार्ययोजना ल्याऊ
आश्वासन होइन, उद्योग चलाउन कार्ययोजना ल्याऊ मंगलबार, जेठ १२, २०८३
रानीसैनको सीमा विवाद तत्काल सल्टाऊ
रानीसैनको सीमा विवाद तत्काल सल्टाऊ सोमबार, जेठ ११, २०८३
विश्वविद्यालयको साख फर्काउने अवसर
विश्वविद्यालयको साख फर्काउने अवसर आइतबार, जेठ १०, २०८३
सभामुखबाट भूमिका तटस्थ होस् 
सभामुखबाट भूमिका तटस्थ होस्  शुक्रबार, जेठ ८, २०८३
संसद्प्रतिको उदासीनता लोकतन्त्रका लागि घातक
संसद्प्रतिको उदासीनता लोकतन्त्रका लागि घातक बिहीबार, जेठ ७, २०८३
विभेदकारी विज्ञापन नीति तत्काल खारेज गर
विभेदकारी विज्ञापन नीति तत्काल खारेज गर सोमबार, जेठ ४, २०८३
लोकप्रिय
  • Week
  • Month
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP