Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #डा.विश्वास बस्नेत
  • #पुतली_नाच
  • #टाइगर कप
  • #मनोनयन_दर्ता
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होच्छार
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • कार्यसम्पादनमा ‘असफल’ सरकार
कार्यसम्पादनमा ‘असफल’ सरकार
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, भदौ २८, २०८१

मुलुकमा स्थिर सरकार नहुँदा सबैजसो क्षेत्र प्रभावित बन्दै आएका छन् । सरकारका कुनै पनि योजना प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । एउटा सरकारले बनाएको योजना कार्यान्वयन गर्ने बेला अर्को सरकार आउने र उक्त योजना अलपत्र पर्ने समस्या वर्षौंदेखिको हो । यसले मुलुकलाई दीर्घकालीन असर पु¥याइरहेको छ । सरकारले आफूले तय गरेको वार्षिक लक्ष्यअनुसार काम गर्न नसकेको उसकै प्रतिवेदनबाट प्रस्ट हुन्छ । 

प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालयले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को ‘नीति तथा प्रमुख कार्यहरुको वार्षिक प्रगति प्रतिवेदन’ हेर्दा सरकारको कार्यसम्पादन कति कमजोर बनेको छ भन्ने बुझ्न सकिन्छ । उक्त आवका लागि निर्धारण गरेका वार्षिक क्रियाकलाप र माइलस्टोनहरुको कार्यप्रगति दयनीय देखिन्छ । प्रतिवेदनअनुसार गत आवका लागि निर्धारण गरिएकामध्ये करिब ४२ प्रतिशत क्रियाकलाप र ४८.५ प्रतिशत माइलस्टोनमात्रै सम्पन्न भएको देखिएको हो ।

गत आवका लागि विभिन्न २७ निकायहरुको कार्ययोजनामा कूल एक हजार ६०० क्रियाकलाप समावेश गरिएको थियो । जसमध्ये ४१.७ प्रतिशतमात्रै सम्पन्न भएका छन् । त्यस्तै, कूल तीन हजार ४२१ माइलस्टोन तय गरिएकामा ४८.५ प्रतिशतमात्र सम्पन्न भएका छन् । प्रतिवेदनअनुसार निर्धारित माइलस्टोनमध्ये ४०.५ प्रतिशत चालु अवस्थामा रहेका र ११ प्रतिशत सुरु हुन सकेका छैनन् ।

Hardik health

सरकारले गत वर्षका लागि आर्थिक क्षेत्रमा कूल ४१४ क्रियाकलाप निर्धारण भएकामा १६७ सम्पन्न भएका, २२९ चालु अवस्थामा रहेका र १९ सुरु नै नभएका उक्त प्रतिवेदनले जनाएको छ । पूर्वाधार क्षेत्रमा कूल ५०० क्रियाकलाप रहेकामा १०९ सम्पन्न भएका, ३७४ चालु अवस्थामा रहेका र १७ वटाको काम सुरु भएको छैन ।

शासकीय सुधारतर्फ ३९२ क्रियाकलाप निर्धारण भएकामा २११ सम्पन्न भएका, १५४ चालु अवस्थामा रहेका र २७ वटा सुरु हुन नसकेका देखिएको छ । त्यस्तै, सामाजिक क्षेत्रतर्फ कूल २९३ क्रियाकलाप निर्धारण भएकामा १८१ सम्पन्न, १०५ आंशिक सम्पन्न र सातवटा सुरु हुन सकेका छैनन् । यसरी वार्षिकरुपमा तय भएका एक हजार ६०० क्रियाकलापमध्ये सम्पन्न भएका ६६८ अर्थात् ४१.४ प्रतिशत, चालु अवस्थामा रहेका ६६२ अर्थात् ५३.९ प्रतिशत र काम सुरु नभएका ७० अर्थात् ४.४ प्रतिशत रहेका छन् ।

त्यस्तै, सरकारले वार्षिकरुपमा निर्धारण गरेका कूल तीन हजार ४४१ माइलस्टोनमध्ये एक हजार ६५९ अर्थात् ४८.५ प्रतिशत सम्पन्न भएका, एक हजार ३८५ अर्थात् ४०.५ प्रतिशत आंशिक प्रगति हासिल भएका र ३७७ अर्थात् ११ प्रतिशत माइलस्टोन सुरु हुन नसकेका देखिएको छ ।

वार्षिक लक्ष्यअनुसार क्रियाकलाप र माइलस्टोनको कार्यसम्पादन नहुनुमा जनशक्ति अभाव र आयोजना प्रमुख तथा नेतृत्व परिवर्तन हुनुलाई कारण देखाइएको छ । सरकारले लक्ष्य निर्धारण गर्नेमात्रै होइन, त्यसको कार्यान्वयनमा ध्यान नदिँदा यो अवस्था आएको हो । त्यसैले अब कार्यान्वयनतर्फ सरकार र सरोकारवाला अधिकारीहरुको ध्यान जाओस् ।
 


प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १२:१७
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
इपिएसपीडितको माग सम्बोधन गर
इपिएसपीडितको माग सम्बोधन गर शुक्रबार, माघ ९, २०८२
महिला उम्मेदवारीमा उपेक्षा
महिला उम्मेदवारीमा उपेक्षा बिहीबार, माघ ८, २०८२
मनोनयन दर्ताको माहोलले जगायो उत्साह
मनोनयन दर्ताको माहोलले जगायो उत्साह बुधबार, माघ ७, २०८२
मनोनयन प्रभावित नहोस्
मनोनयन प्रभावित नहोस् मंगलबार, माघ ६, २०८२
बालेन-हर्कको दोहोरो धोका
बालेन-हर्कको दोहोरो धोका सोमबार, माघ ५, २०८२
रविको संरक्षणमा कानुनको बलिदान रोकियोस्
रविको संरक्षणमा कानुनको बलिदान रोकियोस् आइतबार, माघ ४, २०८२
विदेशमा जल्नुपर्ने बाध्यता कहिलेसम्म ?
विदेशमा जल्नुपर्ने बाध्यता कहिलेसम्म ? बिहीबार, माघ १, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP