Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राष्ट्रिय अपांग महिला संघ
  • #मिम्लेन फुङ
  • #नाफिज
  • #वार्षिक साधारणसभा
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #मालढुंगा-बेनी_सडक
  • #जुडो
  • #सकुन_सुनुवार
  • #मानव अधिकार दिवस
Search Here
साहित्य
  • Home
  • साहित्य
  • मुक्तकमणि तीर्थराज अधिकारीको मुक्तकसङ्ग्रह 'सारवत्' विमोचन
मुक्तकमणि तीर्थराज अधिकारीको मुक्तकसङ्ग्रह 'सारवत्' विमोचन
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, भदौ ९, २०८१

काठमाडाैं -  मुक्तकमणि तथा कवि तीर्थराज अधिकारीकृत मुक्तकसङ्ग्रह 'सारवत्'को राजधानीमा सार्वजनिकीकरण भएको छ । प्रमुख अभ्यागत यादव खरेलले अक्षरको खेती गर्ने दुई जनाले गरेको विश्लेषण नै मूल विश्लेषण भएको भन्दै दसौँ कृति लेखिसकेका अधिकारीलाई मुक्तकमणि सम्मान दिइएकामा खुसी व्यक्त गरे । आफूले पुस्तक आद्योपान्त अध्ययन गरेको भन्दै मुक्तकको सिद्धान्त अनुसार नै यो सङ्ग्रह रहेको खरेलको भनाइ थियो । जीवन, जगत् र प्रकृतिको सेरोफेरोमा मानिसको हेर्ने, पर्गेल्ने र अभिव्यक्त गर्ने तरिकाले नै कुनै कृति उत्कृष्ट वा मामुली भन्ने ट्याग लाग्ने हो भन्दै आफूलाई कार्यक्रममा सम्झेकोमा उनले आभार व्यक्त गरे ।

समालोचक लक्ष्मण गौतमले कृतिबारे परिचर्चा गर्दै मुक्तकको बाढी आएकोमा असन्तुष्टि व्यक्त गरे । 'उत्कर्ष हुँदै जाने र अन्तिम हरफले रहस्योद्घाटन गर्‍यो भने मात्र त्यो मुक्तक बन्छ जुन कुरा लघुकथाका सन्दर्भमा पनि हुबहु लागू हुन्छ ।' उनको भनाइ थियो । गौतमका अनुसार जसले लेख्ने पनि युग र परिवेश, समय र समाज हो । खालि फरक त पस्कने शैली मात्र हो । जता हेरे पनि असङ्गति देखिन्छ अनि त्यही कोर्छ त स्रष्टाले । उनले पनि तिनै असङ्गतिलाई पोखेका छन्  । 'शृङ्गारिक मुक्तक पनि छन् यहाँ जबकि उहाँको वय आठ दशकको सङ्घारमा छ । प्रेमका अनेक सन्दर्भ छन् यहाँ । कतिपय मुक्तक अत्यन्त भावपरक छन् । जीवन र जगत् लाई मुक्तकले सतही ढङ्गले हेरेका छैनन् बरू शाश्वत मूल्य बोक्छन् तिनले । कलात्मक मूल्यका दृष्टिले मुक्तकहरू अब्बल छन्', उनको कथन थियो ।

नेपाल मुक्तक प्रतिष्ठानका सल्लाहकार तथा चर्चित मुक्तककार ज्ञानुवाकर पौडेलले मुक्तककार तीर्थराज अधिकारीप्रति आभार व्यक्त गर्दै आजकलका मुक्तककार हिँड्न नजान्ने उड्न खोज्ने गरेको जिकिर गर्दै नवोदितहरूप्रति व्यङ्ग्य गरे । विदेशमा साहित्यानुरागीहरू खुब रूचिका साथ साहित्यिक कार्यक्रममा सरिक हुने बताउँदै तीर्थराजले अमेरिकामा मुक्तक प्रचारप्रसार गरेकोमा सन्तोष व्यक्त गरे ।

Hardik health

अनेसास बोर्ड अफ ट्रस्टीका सल्लाहकार तथा मुक्तककार तीर्थराज अधिकारीले नेपाल मुक्तक प्रतिष्ठान र प्रमुख अतिथि यादव खरेललाई कार्यक्रमको सारा श्रेय दिए । आफ्नो कृति पढिदिन तमाम साहित्यकारहरूलाई आग्रह गर्दै उनले आफ्ना दुई मुक्तक वाचन गरे । अधिकारीलाई काव्य म्युजिक अवार्ड-२०८०  हस्तान्तरण गरिएको थियो भने यादव खरेललाई मायाको चिनो अर्पण गरिएको थियो ।

 

कार्यक्रममा उपस्थित अभ्यागत, आमन्त्रित साहित्यकार एवम् साहित्यानुरागीहरूलाई साहित्यकार तथा नेपाल मुक्तक प्रतिष्ठानका सदस्य दिव्य गिरीले स्वागत गरे । मुक्तककार यादव भट्टराईले सहजीकरण गरेको सो कार्यक्रमलाई प्रतिष्ठानका अध्यक्ष तथा कार्यक्रमका सभापति रामकाजी कोनेले बिट मार्दै सारा उपस्थित साहित्यकारहरूलाई मुक्तक रचना गर्न उत्प्रेरित गरेका थिए ।
 


प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  १३:३०
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दलाई सामूहिक अभिनन्दन
वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दलाई सामूहिक अभिनन्दन मंगलबार, मंसिर २३, २०८२
हेमजा साहित्य महोत्सव सम्पन्न
हेमजा साहित्य महोत्सव सम्पन्न आइतबार, मंसिर २१, २०८२
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण आइतबार, मंसिर २१, २०८२
प्रा उपाध्याय रिलायन्स साहित्य सम्मान र सत्याललाई पुरस्कार प्रदान
प्रा उपाध्याय रिलायन्स साहित्य सम्मान र सत्याललाई पुरस्कार प्रदान शुक्रबार, मंसिर १२, २०८२
‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक
‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक शुक्रबार, मंसिर १२, २०८२
साहित्य सन्ध्याको ४७० औँ शृङ्खला: परिचर्चा र काव्यगोष्ठी
साहित्य सन्ध्याको ४७० औँ शृङ्खला: परिचर्चा र काव्यगोष्ठी आइतबार, मंसिर ७, २०८२
‘नेपाल र विश्‍वभरका गुरुङ समुदायको उत्थानः सफलताको उपाय’ पुस्तक सार्वजनि
‘नेपाल र विश्‍वभरका गुरुङ समुदायको उत्थानः सफलताको उपाय’ पुस्तक सार्वजनि बुधबार, मंसिर ३, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
पृथ्वीराजमार्गको नागढुंगा-मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै
पृथ्वीराजमार्गको नागढुंगा-मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP