Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #ग्लोबल आइएमई
  • #मगमग बसना
  • #नेपाल_टेलिकम
  • #आइसिसी महिला टि ट्वान्टी विश्वकप
  • #सफल _युवराज पौडेल
  • #फ्रेन्च किस
  • #नौमती_बाजा
  • #‘एलाइट’ कप
  • #'उज्यालो नेपाल
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • नबुझी लगानी गर्दा डुबिएला है !
नबुझी लगानी गर्दा डुबिएला है !
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, साउन १८, २०८१

सरकार परिवर्तनसँगै सकारात्मक बनेको सेयरबजार पछिल्लो समय उच्च अंकले बढिरहेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा खुकुलो व्यवस्था गरिदिएपछि सेयरबजारमा निरन्तर उछाल आइरहेको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६४.२५ अंकले बढ्दा कारोबार रकममा नयाँ कीर्तिमान नै कायम भएको छ । बुधबार २१ अर्ब ९१ करोड १५ लाख तीन हजार रुपैयाँबराबरको सेयर किनबेच हुँदा नयाँ ‘रेकर्ड’ बनेको हो । बिहीबार भने नेप्से परिसूचक ५.२९ अंकले घट्न पुगेको छ । कारोबार रकम पनि २१ अर्ब ७१ करोड ३४ लाख ३१ हजार रुपैयाँमा खुम्चिएको छ ।

गत शुक्रबार (१२ साउन) सार्वजनिक मौद्रिक नीतिमा संस्थागततर्फको सेयर धितो कर्जामा यसअघि लगाइएको २० करोड रुपैयाँको सीमा हटाइएको छ । यसरी खुकुलो मौद्रिक नीति आएसँगै सेयरबजारमा उछाल देखिएको हो । यसले सेयरबजारमा लगानी गरेकाहरुमा उत्साह जगाएको छ । किनकि, लामो समयदेखि सेयरबजार बढ्न सकिरहेको थिएन । जसकारण लगानीकर्ताहरु निराश बनिरहेको अवस्था थियो । लामो समयदेखिको प्रतीक्षामा रहेका उनीहरु अहिले उत्साहित भएका हुन् ।

सेयर कारोबारबाट नाफा आर्जन गर्न धैर्यता चाहिन्छ । हतारमा निर्णय गरेर किनबेच गर्दा ठूलो नोक्सानी बेहोर्नुपर्छ । बजार के कारणले बढिरहेको छ र आगामी दिनमा कता जाँदै छ भन्ने नबुझी हल्लाको भरमा लाग्नु घातक हुनसक्छ । त्यसैले सेयरबजारका विज्ञहरुको प्राविधिक विश्लेषण र सल्लाहअनुसार निर्णय लिनु अति महŒवपूर्ण हुन्छ । सेयरमा लगानी गरेर चाँडै नाफा आर्जन गर्न सकिन्छ, जुन अन्य क्षेत्रबाट सम्भव हुँदैन । तर, यो यत्तिकै जोखिमपूर्ण पनि हुन्छ । त्यसैले सेयरमा लगानी गर्नु भनेको जुवा खेल्नुसरह भनिएको हो । जुवामा कहिले जितिन्छ त कहिले क्षणभरमै करोडौं रकम सकाइन्छ । हो, सेयर कारोबारमा पनि त्यस्तै हो । सुझबुझका साथ कारोबार गर्नेले मात्रै फाइदा लिनसक्छ ।

Hardik health

सबैभन्दा जोखिम त सेयरबजार नै कब्जा गरेर बसेका दलाली समूहबाट हुन्छ । त्यस्ता समूहले सेयरबजारमा ठूलो चलखेल गरिरहेका हुन्छन् । एउटा समूहको सेयर मूल्य अस्वाभाविकरुपमा बढाएर नाफा बुक गर्ने अनि अर्को समूहतर्फ लाग्ने चलखेलको चंगुलमा सोझा लगानीकर्ता पर्ने गरेका छन् । त्यसैले यसतर्फ सधैं चनाखो हुनु जरुरी छ । अहिले सेयरबजार बढ्नुको कारण अर्थमन्त्री विष्णु पौडेललाई पनि लिने गरिएको छ ।

उनी हरेकपटक अर्थमन्त्री बन्दा सेयबजार सकारात्मक बन्ने गरेको छ । यसमा उनको के जादू छ, त्यो पुष्टि हुन सकेको छैन । मौद्रिक नीतिलेचाहिँ सहजीकरण गरेकै हो । यद्यपि, बिहीबारको दुई हजार ७५५.६२ बिन्दुबाट नेप्से कुन बिन्दुसम्म पुग्छ भन्ने अनिश्चित छ । हुन त जोखिमविनाको लगानी केहीमा पनि हुँदैन । त्यसो भन्दैमा हचुवाको भरमा लगानी गर्ने होइन । धैर्य र सतर्क भएर लगानी गर्नु नै बुद्धिमानी ।
 


प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १२:०१
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
हिमपात र चिसोमा सावधानी अपनाऔं
हिमपात र चिसोमा सावधानी अपनाऔं शुक्रबार, माघ १६, २०८२
आश्वासनको पोकामात्र नबनोस् घोषणापत्र 
आश्वासनको पोकामात्र नबनोस् घोषणापत्र  बिहीबार, माघ १५, २०८२
‘राइट टु रिजेक्ट’ खोई ? 
‘राइट टु रिजेक्ट’ खोई ?  बुधबार, माघ १४, २०८२
‘फेक रेस्क्यु’ धन्दाबाट पर्यटन क्षेत्र जोगाऊ
‘फेक रेस्क्यु’ धन्दाबाट पर्यटन क्षेत्र जोगाऊ मंगलबार, माघ १३, २०८२
आचारसंहिता पालनामा कडाइ गर
आचारसंहिता पालनामा कडाइ गर सोमबार, माघ १२, २०८२
भावी प्रधानमन्त्री उम्मेदवारहरूको ‘लाइभ डिबेट’ होस्
भावी प्रधानमन्त्री उम्मेदवारहरूको ‘लाइभ डिबेट’ होस् आइतबार, माघ ११, २०८२
इपिएसपीडितको माग सम्बोधन गर
इपिएसपीडितको माग सम्बोधन गर शुक्रबार, माघ ९, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP