Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #पौरखी नेपाल
  • #कुमार यात्रु
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #तोरकीन
  • #क्षितिज_समर्पण
  • #जेनजी_आन्दोलन
  • #जेनजी_प्रदर्शन
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • नबुझी लगानी गर्दा डुबिएला है !
नबुझी लगानी गर्दा डुबिएला है !
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, साउन १८, २०८१

सरकार परिवर्तनसँगै सकारात्मक बनेको सेयरबजार पछिल्लो समय उच्च अंकले बढिरहेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा खुकुलो व्यवस्था गरिदिएपछि सेयरबजारमा निरन्तर उछाल आइरहेको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६४.२५ अंकले बढ्दा कारोबार रकममा नयाँ कीर्तिमान नै कायम भएको छ । बुधबार २१ अर्ब ९१ करोड १५ लाख तीन हजार रुपैयाँबराबरको सेयर किनबेच हुँदा नयाँ ‘रेकर्ड’ बनेको हो । बिहीबार भने नेप्से परिसूचक ५.२९ अंकले घट्न पुगेको छ । कारोबार रकम पनि २१ अर्ब ७१ करोड ३४ लाख ३१ हजार रुपैयाँमा खुम्चिएको छ ।

गत शुक्रबार (१२ साउन) सार्वजनिक मौद्रिक नीतिमा संस्थागततर्फको सेयर धितो कर्जामा यसअघि लगाइएको २० करोड रुपैयाँको सीमा हटाइएको छ । यसरी खुकुलो मौद्रिक नीति आएसँगै सेयरबजारमा उछाल देखिएको हो । यसले सेयरबजारमा लगानी गरेकाहरुमा उत्साह जगाएको छ । किनकि, लामो समयदेखि सेयरबजार बढ्न सकिरहेको थिएन । जसकारण लगानीकर्ताहरु निराश बनिरहेको अवस्था थियो । लामो समयदेखिको प्रतीक्षामा रहेका उनीहरु अहिले उत्साहित भएका हुन् ।

सेयर कारोबारबाट नाफा आर्जन गर्न धैर्यता चाहिन्छ । हतारमा निर्णय गरेर किनबेच गर्दा ठूलो नोक्सानी बेहोर्नुपर्छ । बजार के कारणले बढिरहेको छ र आगामी दिनमा कता जाँदै छ भन्ने नबुझी हल्लाको भरमा लाग्नु घातक हुनसक्छ । त्यसैले सेयरबजारका विज्ञहरुको प्राविधिक विश्लेषण र सल्लाहअनुसार निर्णय लिनु अति महŒवपूर्ण हुन्छ । सेयरमा लगानी गरेर चाँडै नाफा आर्जन गर्न सकिन्छ, जुन अन्य क्षेत्रबाट सम्भव हुँदैन । तर, यो यत्तिकै जोखिमपूर्ण पनि हुन्छ । त्यसैले सेयरमा लगानी गर्नु भनेको जुवा खेल्नुसरह भनिएको हो । जुवामा कहिले जितिन्छ त कहिले क्षणभरमै करोडौं रकम सकाइन्छ । हो, सेयर कारोबारमा पनि त्यस्तै हो । सुझबुझका साथ कारोबार गर्नेले मात्रै फाइदा लिनसक्छ ।

Ncell
Hardik health

सबैभन्दा जोखिम त सेयरबजार नै कब्जा गरेर बसेका दलाली समूहबाट हुन्छ । त्यस्ता समूहले सेयरबजारमा ठूलो चलखेल गरिरहेका हुन्छन् । एउटा समूहको सेयर मूल्य अस्वाभाविकरुपमा बढाएर नाफा बुक गर्ने अनि अर्को समूहतर्फ लाग्ने चलखेलको चंगुलमा सोझा लगानीकर्ता पर्ने गरेका छन् । त्यसैले यसतर्फ सधैं चनाखो हुनु जरुरी छ । अहिले सेयरबजार बढ्नुको कारण अर्थमन्त्री विष्णु पौडेललाई पनि लिने गरिएको छ ।

उनी हरेकपटक अर्थमन्त्री बन्दा सेयबजार सकारात्मक बन्ने गरेको छ । यसमा उनको के जादू छ, त्यो पुष्टि हुन सकेको छैन । मौद्रिक नीतिलेचाहिँ सहजीकरण गरेकै हो । यद्यपि, बिहीबारको दुई हजार ७५५.६२ बिन्दुबाट नेप्से कुन बिन्दुसम्म पुग्छ भन्ने अनिश्चित छ । हुन त जोखिमविनाको लगानी केहीमा पनि हुँदैन । त्यसो भन्दैमा हचुवाको भरमा लगानी गर्ने होइन । धैर्य र सतर्क भएर लगानी गर्नु नै बुद्धिमानी ।
 


प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १२:०१
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
सुशासनको धज्जी उढाउने ‘सुध्रिने’ उपदेश 
सुशासनको धज्जी उढाउने ‘सुध्रिने’ उपदेश  बिहीबार, भदौ २५, २०८३
महँगी र कालोबजारी तत्काल नियन्त्रण गर
महँगी र कालोबजारी तत्काल नियन्त्रण गर बुधबार, भदौ २४, २०८३
जेन-जी विद्रोहका मर्म नबिर्स सरकार
जेन-जी विद्रोहका मर्म नबिर्स सरकार मंगलबार, भदौ २३, २०८३
ग्यास आपूर्ति सहज बनाऊ
ग्यास आपूर्ति सहज बनाऊ सोमबार, भदौ २२, २०८३
संकटमा आशाको किरण र ढिलासुस्तीको प्रश्न
संकटमा आशाको किरण र ढिलासुस्तीको प्रश्न आइतबार, भदौ २१, २०८३
ग्यासको बढेको मुल्य तुरुन्त फिर्ता लेऊ
ग्यासको बढेको मुल्य तुरुन्त फिर्ता लेऊ शुक्रबार, भदौ १९, २०८३
रसुवा बाढीको विपद्मा गुमनाम प्रतिपक्षी
रसुवा बाढीको विपद्मा गुमनाम प्रतिपक्षी बिहीबार, भदौ १८, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP