Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #नेपाल प्रहरी
  • #जेनजी_आन्दोलन
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
Search Here
विचार
  • Home
  • विचार
  • बबुरो बादशाह !
बबुरो बादशाह !
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, साउन ८, २०८१

सिंहजस्तै गर्जने सिंहबहादुर मलिन अनुहार लिएर लखरलखर हिँडिरहेका छन् । केही सोचेजस्तो । केही मनमा खुल्दुली भएजस्तै । कतै भाग्न लागेजस्तो । अनि लुक्न खोजे जस्तो । कसैले चिन्ला कि भन्ने डरले कोल्टे–कोल्टे पर्दै हिँडिरहेका छन् ।

चिन्नेले त चिनिहाल्छ नि । छाँयाबाटसमेत मान्छे चिन्न सकिने बेलामा गर्जिरहने सिंहबहादुरलाई जसै गरे पनि जसले पनि चिन्दछ । केही समय अघिसम्म निकै ठाँटले हिँड्ने सिंहबहादुरको बहादुर हराए जस्तो । साउनको मुसलधारे पानीमा भिजेर लखरलखर हिँडेको कालो बिरालो जस्तै देखिन्छन् । सधैं एकै नासको कहाँ हुन्छ र ? दिनपछि रात त स्वभाविकै हो नि । पत्याउनेले पनि एक समय पत्याउँछन् । 

सिंहबहादुरले जस्तै कुरा गरे पनि गाउँलेले विश्वास गर्थे । सिंहबहादुरबाट कुनै पाप हुँदैन, अन्याय हुँदैन भन्ने अन्धविश्वासमा थिए गाउँलेहरु ! पण्डित गाउँतिर त सिंहबहादुर जाँदै छ भन्ने बित्तिकै सारा गाउँलेहरु घडा थाप्न पनि तयार हुने गरेको ७६ काँटेकी रमिला माईल्याले असन बजार जाँदा नढाँटिकनै भन्थिन् । 

समय परिस्थितिले नै सिंहबहादुरलाई बादशाह बनाएको थियो । उसको वरपर भाइदार, हुक्के, चुले, चौके सबै थिए । सिंहबहादुरले इशाराबाटै काम गराउँथे । पञ्चायतका कार्यकर्ताहरु सबैसिंहबहादुरको छायाँमा बसेर मस्त मारिरहेका हुन्थे । 

Hardik health

आफूलाई बादशाह मान्ने सिंहबहादुर आफ्नै काँधमा बसेर आफूलाई सिध्याउँदै गरेको पत्तै पाउँदैनथ्यो । हस हजुर । हुन्छ हजुर । ठीक छ हजुर । त्यो त गर्नैपर्छ हजुर । हजुरले भनेपछि नभए सुखै छैन हजुर भन्दै सिंहबहादुरलाई जुरुक्क पार्दथे हुक्के, कोठेहरु ।

तिनै हुक्केचुलेको भरमा सिंहबहादुर पञ्चायतका कार्यकर्तालाई ठाम्दै गइरहेको थियो । न त पञ्चायत नै बस्थ्यो । न त पञ्च भलाद्मीका कुरा नै सुन्थ्यो । उ त शेर थियो । त्यसैले त उसका बाले सिंहजस्तै गर्जन सकोस् भनेर सिंहबहादुर नाम राखिदिएका थिए । 

उसको गर्जनबाट वरपरका गाउँका मुखियाहरुको सातो जान्थ्यो । सिंहबहादुर गाउँलेको दैलोमा कहिल्यै पुगेन । तर उसका चौकीदार, हुक्के, कोठेहरुले नै गाउँहरुलाई तह लगाइरहेका थिए । सिंहबहादुरले भन्थ्यो कि भन्दैनथ्यो पत्तो हुँदैनथ्यो । गाउँलाई उसकै नाम लिएर हुक्केहरुले हुँकार गर्थे । 

सिंहबहादुरको जोश जाँगर र उत्साहले साराका सारा गाउँलेहरुलाई पुलकित गराएको थियो । आशा र भरोसा पनि थियो । गाउँमा हिजो न्याय दिलाउने भन्ने पञ्चभलाद्मीहरुलाई सिंहबहादुर एक्लो नै काफी हुन्थ्यो । उसका अगाडि ती भलाद्मीहरु त लुते अगाडि नै पर्न सक्दैनथे । दोहोरो वाक्य नै फुट्दैनथ्यो । 

बाहिर सिंहबहादुरको कयौं कमजोरीहरु वकवक गर्थे । जब चौतारीमा पञ्चायतका कार्यकताहरुका सामु सिंहबहादुर पुग्थे सबै डरले लुगलुग काँप्थे । सिंहबहादुर आफैंले त्रासको वातावरण बनाएका थिएनन् । उनीहरु आपैmं त्रसित थिए । डरले थुरथुर काँप्थे । उनीहरुको डर र त्रासले सिंहबहादुर त्यसै दंग पर्दथे अनि कहिलेकाहीँ यस्सो गर्जेजस्तो गर्थे । उसको गर्जनबाट भूकम्प नै आउँथ्यो । 

सिंहबहादुरका तीन भाइ–  जेठो सिंहबहादुर, माइलो कौशलबहादुर अनि कान्छो तोपबहादुर । कान्छो तोपबहादुरलाई बुबाआमाले निकै नै पुल्पुलाएर हुर्काएका कसैलाई टेर्दैनथ्यो । ऊ हप्काउने, थर्काउने अनि चट्काउने काम गरेरै जीवन गुजारा गर्दथ्यो ।माइलो कौशलबहादुर भने कला कौशलमा निकै नै निःपूर्ण । साराका सारा गाउँलहरुलाई आफ्नो कलाबाटै मन्त्रमुग्ध पार्न सक्थ्यो । आफ्नो कला बेचेरै उसले आफूलाई निर्भीक पनि बनाएको थियो । जेठा सिंहबहादुर त कुरै छाडौं, केटाकेटीदेखि अटेरी जिद्दी । त्यसैले आमाले नाम राखिदिएकी थिइन्–लिडे । 

आमाले जति भावना कसले बुझेको हुन्छ र ? बाँसको सिन्को जस्तो पातले सिन्के । जिद्दी, अटेरी सिन्के पछि सिंहबहादुर भाको । बाबुलाई न टेर्दैनटेरेपछि वाक्क दिक्क भएर गुरुकुलमा भर्ना गर्दिएका थिए । बाबुले त सिंहबहादुर बन्ला भन्ने सोचेको पनि थिएनन् । उनी त्यही सिन्के मै जिन्दगी कटाउँछ भन्ठान्थे । छैठीमा लेखेको भाग्यलाई कसले पो मेट्न सक्छ र ? भाग्यमा जे लेखेको छ त्यही पाउने हो । देखेको उही आँखाको लागि मात्र प्यारो । सिंहबहादुरको चिनामा नै बलियो आमाले जैंसी देखाउँदा थापाको रे ।


आमाले कहिल्यै पनि जैसीले चिनामा लेखेको कुरा अरुलाई भन्नु भएन । दिन आएपछि जे हुन्छ हुन्छ । भाग्यमा विश्वास गर्ने हो आमाले मनमनै भन्नु हुन्थ्यो रे । थरिबाले कुलको मन्दिरै मासे । मन्दिर भएको जमीन मात्र बेचेनन् आफूले जन्मिएको माटो पनि बेचिदिए । र त उनलाई भाग्यले कहिल्यै साथ दिएनन् । शुरुमा जति नै भएपनि अन्त्यमा कठैवरा बन्नु प¥यो । सायद अहिले सिंहबहादुरको हालत पनि उस्तै भएको हुनु पर्छ । 

सिंहबहादुरलाई अप्ठेरो परेपछि ती कोठे, ढोके कसैले पनि साथ दिएनन् । गणेश प्रबृत्तिका तिनीहरुले भजन मात्र गाए । भजन गाएर खानुसम्म खाए । पञ्चायतका कार्यकर्तादेखि मुखियाँ सावलाई पनि निकै थर्काए । सिंहबहादुरको नाम भजाए । सिंहबहादुरको छाया देखाएर ! आफैलाई सिंहबहादुर हुँ भन्न पनि भ्याए । उनीहरुले त्यत्तिमात्र भ्याएनन् । सिंहबहादुरलाई नै सिध्याए । 

त्यो शान, त्यो मान अनि त्यो अभिमानमा कुठाराघात भयो । सिंहबहादुरले आफूले के गर्दै छु । कसका लागि गर्दै छु वा कसका कारण किन गर्दै छु भन्ने कुरा कहिल्यै बुझ्न खोजेन । बुझाउनेको कुरै सुनेन । ऊ त केवल आफूलाई नववादशाहमा रुपान्तरण गर्दै लग्यो । बादशाह बन्यो । सबैले बादशाह बनाइदिए ।

हुँडारहरु उसकै पछिपछि लागिरहे । तिनै हुँडारहरुले विचरा सिंहबहादुर नववादशाहलाई बबुरो बादशाह बनाइदिए । शक्तिहीन बनाइदिए । वरपर रहेका तिनै हुँडार हुक्के, ढोकेहरुले मस्तले तर मारिरहे । सिंहबहादुरले पत्तै पाएन । विचरा सिंहको नंग्रा त पालैपालो तिनैका हुँडारहरुले सकाइदिइसकेका रहेछन् । त्यो गज्जबको नववादशाहलाई बबुरो बादशाह बनाइदिएका रहेछन् । विचरा सिंहबहादुरको यो गर्जन र तुहाइदिएछन् । आज  लखरलखर, एक्लो हिँड्ने बनाइदिएछन् ।

त्यसैले आमाले जैसीले चिना हेरेर भनेको कुरा खोल्नै भएन । मात्र भाग्यमा जे लेखिएको छ त्यही हुन्छ मात्र भनिरहिन् । पत्तै नपाई सिंहबहादुर आफैंले साइँदुवा पालेर आफूलाई पुर्ने खाल्डो खनिरहेको रहेछ । लखरलखर हिँडिरहेका सिंहबहादुर बबुरो बादशाह बनिरहेको छ ।
 


प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १०:४७
प्रतिक्रिया दिनुहोस्
थप विचार
नेपालमा नयाँ पुस्ताको नेतृत्व माग
नेपालमा नयाँ पुस्ताको नेतृत्व माग बिहीबार, असोज २, २०८२
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम बिहीबार, असोज २, २०८२
संकट अस्थायी हो, आशा स्थायी
संकट अस्थायी हो, आशा स्थायी बुधबार, असोज १, २०८२
आन्दोलनपछि बनेको सरकारको जिम्मेवारी र लोकदायित्व
आन्दोलनपछि बनेको सरकारको जिम्मेवारी र लोकदायित्व मंगलबार, भदौ ३१, २०८२
ऊ त गयो माया मारेर ! 
ऊ त गयो माया मारेर !  मंगलबार, भदौ ३१, २०८२
तलबभत्ता नलिने ‘उच्च नैतिकता’को प्रचारबाजी: सुविधासम्पन्नहरूको ‘स्टन्ट’ कि वास्तविक सेवा?
तलबभत्ता नलिने ‘उच्च नैतिकता’को प्रचारबाजी: सुविधासम्पन्नहरूको ‘स्टन्ट’ कि वास्तविक सेवा? सोमबार, भदौ ३०, २०८२
जेन-जी पुस्ताले पढ्नै पर्ने पुस्तक ‘माँ बा’
जेन-जी पुस्ताले पढ्नै पर्ने पुस्तक ‘माँ बा’ सोमबार, भदौ ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP