Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #ग्लोबल आइएमई
  • #मगमग बसना
  • #नेपाल_टेलिकम
  • #आइसिसी महिला टि ट्वान्टी विश्वकप
  • #सफल _युवराज पौडेल
  • #फ्रेन्च किस
  • #नौमती_बाजा
  • #‘एलाइट’ कप
  • #'उज्यालो नेपाल
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • भ्रष्टाचारविरुद्ध कानुनी डण्डा चलाऊ
भ्रष्टाचारविरुद्ध कानुनी डण्डा चलाऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन ३, २०८१

भ्रष्टाचार देश विकासको मुख्य बाधक हो । हरेक प्रधानमन्त्रीले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने प्रतिज्ञा पनि गर्छन् । गठबन्धन सरकार हुँदा त साझा न्यूनतम कार्यक्रममा भ्रष्टाचार न्यूनीकरणलाई प्राथमिकतामा राख्छन् । तर, त्यस्तो हुँदैन । बरू, गठबन्धन सरकारमा रहेका मन्त्री, कर्मचारीदेखि राजनीतिक दलका नेता कार्यकर्ता, बिचौलिया र माफियाहरू यसमा सरिक हुन्छन् । जसमध्ये केही मुद्दाको मात्रै अनुसन्धान अख्तियारले गर्छ र विशेष अदालतमा मुद्दा दायर गर्छ । 

आर्थिक वर्ष २०८०/८१ मा मात्रै २२१ मुद्दा विशेष अदालत पुगेको छ । त्यसमध्ये ८१ वटा मुद्दा त स्थानीय सरकारका जनप्रतिनिधि, कर्मचारी, बिचौलिया, माफिया र कानुन व्यवसायीसमेत मुछिएका छन् । यी मुद्दामा मात्रै ४३६ जनालाई प्रतिवादी बनाइएको छ । यसअघि आर्थिक वर्ष २०७६/७७ मा ७० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा विशेष अदालतमा पुगेको थियो । २०७७/७८ मा २२ जना, र २०७८/७९ मा ह्वात्तै बढेर १५१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा अदालतमा दायर भएका थिए । त्यसपछि २०७९/८० मा झन् बढेर २२६ जना जनप्रतिनिधि भ्रष्टाचारका अभियुक्त बनेका थिए । २०८०/८१ मा बढेर ४३६ जनाविरुद्ध मुद्दा दायर भएको हो । 

पछिल्ला वर्षहरूमा जनप्रतिनिधि र कर्मचारीहरूको भ्रष्टाचारजन्य कार्यमा संलग्नता बढ्दो क्रममा रहेको तथ्य उजागर गरेको छ । स्थानीय तहमा बजेट र विकासका गतिविधि बढेसँगै उनीहरू भ्रष्टाचारमा मुछिने क्रममा बढोत्तरी भएको छ । यस्ता गतिविधि बढ्दै गए निकट भविष्यमै धेरै जनप्रतिनिधि र कर्मचारी भ्रष्टाचारको कसुरमा जेल पुग्ने देखिन्छ । र, यदि भ्रष्टाचारको अभियोगमा मुद्दा चलेको अवस्थामा कर्मचारीदेखि जनप्रतिनिधिहरू मुद्दाको अन्तिम टुंगो नलागुञ्जेलसम्म निलम्बित हुन्छन् । तैपनि भ्रष्टाचारजन्य कसुरको स्थिति भयावह देखिएको छ । 

Hardik health

गत वर्ष ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको एक तथ्यांकअनुसार नेपाल भ्रष्टाचारको सूचकांकमा १०८औं स्थानमा छ । यो भनेको नेपाल भ्रष्टाचार बढी हुने देशको सूचीमा कायम रहेको भन्ने हो ।राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रको मिलेमतोमा भ्रष्टाचार हुने गरेको छ । नेपालको सन्दर्भमा सार्वजनिक भएको पहिलो भ्रष्टाचार काण्ड कपासकाण्ड हो । यो पञ्चायतकाल भएकै बेला २०३२ सालतिर प्रकाशमा आएको थियो । अख्तियारका कतिपय अधिकारीहरूका अनुसार त्यसबेलाका अन्य भ्रष्टाचारजन्य कसुरहरू गुपचुप हुन्थे ।

तर, अहिले सार्वजनिक हुने गरेको छ । यसले गर्दा कांग्रेस–एमालेको वर्तमान सरकारले भ्रष्टाचारविरुद्ध कानुनी डण्डा चलाउनैपर्छ । जुन नेपाली जनताको चाहना पनि हो । तर, भ्रष्टाचारविरुद्ध कानुनी डण्डा नचलाए यी दुई दल भ्रष्टाचारको पक्षपोषक भएको अर्थ लाग्नेछ । जुन आरोप गत शुक्रबार तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल र तत्कालीन गृहमन्त्री रवि लामिछानेले लगाएका थिए । 
 


प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  १२:०१
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
हिमपात र चिसोमा सावधानी अपनाऔं
हिमपात र चिसोमा सावधानी अपनाऔं शुक्रबार, माघ १६, २०८२
आश्वासनको पोकामात्र नबनोस् घोषणापत्र 
आश्वासनको पोकामात्र नबनोस् घोषणापत्र  बिहीबार, माघ १५, २०८२
‘राइट टु रिजेक्ट’ खोई ? 
‘राइट टु रिजेक्ट’ खोई ?  बुधबार, माघ १४, २०८२
‘फेक रेस्क्यु’ धन्दाबाट पर्यटन क्षेत्र जोगाऊ
‘फेक रेस्क्यु’ धन्दाबाट पर्यटन क्षेत्र जोगाऊ मंगलबार, माघ १३, २०८२
आचारसंहिता पालनामा कडाइ गर
आचारसंहिता पालनामा कडाइ गर सोमबार, माघ १२, २०८२
भावी प्रधानमन्त्री उम्मेदवारहरूको ‘लाइभ डिबेट’ होस्
भावी प्रधानमन्त्री उम्मेदवारहरूको ‘लाइभ डिबेट’ होस् आइतबार, माघ ११, २०८२
इपिएसपीडितको माग सम्बोधन गर
इपिएसपीडितको माग सम्बोधन गर शुक्रबार, माघ ९, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP