Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजेन्द्र लिङ्देन
  • #रवि लामिछाने
  • #ट्रक_महासंघ
  • #राष्ट्रिय सभा निर्वाचन
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #प्राइम_टाइल्स
  • #‘शिवांश’
  • #दूध_दुहुने_रियालिटी शो
  • #फोक्सिङटार
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • सत्ताकै बहस
सत्ताकै बहस
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, जेठ १८, २०८१

नेपालीले सबैभन्दा धेरै समय कुन विषयमा खर्च गर्छन् होला ? सत्ता, जोसुकैले सजिलै जवाफ दिन सकिन्छ । हरेकको प्रश्न अब सरकार के हुन्छ ? प्रधानमन्त्री पुष्पकमल दाहालले कसको साथ लेलान् ? पहिलेभन्दा यसपटक लामो समय प्रधानमन्त्री बने, अब के होला ? यस्तै यस्तै प्रश्नमा चिया भेटघाट सकिन्छ । डिनर मिटिङ सकिन्छ । माचारहरु यस्तै बन्छन् गसिपकै आधारमा । प्रतिनिधि सभामा कुनै एक पार्टीले एकल सरकार बनाउन सक्ने गरी बहुमत ल्याउन सकेको छैन । जसकारण अहिले तेस्रो ठुलो दलका अध्यक्ष दाहाल प्रधानमन्त्री छन् । आफूलाई अप्ठेरो पर्नसाथ दाहाल कहिले एमालेसँग काँध फेर्न पुग्छन् त कहिले कांग्रेससँग । 

बजेट प्रस्तुतअघि दाहाल प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको निवास बुढानिलकण्ठ पुगेसँगै सरकार परिवर्तनको आशंका बढ्न थालेको छ । यही मेसोमा सत्तामै रहेका एकीकृत समाजवादीका नेता माधव नेपाल पनि देउवा निवास पुगे । उनी देउवा निवास पुगेको भोलिपल्ट यही दलका अर्का नेता झलनाथ खनाल बालुवाटार पुगे । योसँगै सत्तामा नयाँ खिचडी पाक्दै हो कि भनेर आशंका थपिएको छ । गसिपको मसलेदार विषय बनेको छ । 

विकसित देशका नेता र जनता दुरदर्शी योजनामा लाग्छन् । अबको ५० वर्षपछि के हुँदैछ÷हुन्छ, के गर्ने भनेर योजना बनाउँछन् । नयाँ नयाँ अनुसन्धान र खोज गरी आवश्यक पूर्वतयारी गर्छन् । एआइएको प्रयोगसँग मानव रोजगारीमा आइपर्ने संकटका विषयमा मन्थन गर्छन् र नयाँ नयाँ रोजगारीको परियोजना बनाउँछन् ।

Hardik health

तर हाम्रो देशका विज्ञ, सरकार र जनता भने क्षणक्षणमा फेरिने सरकारको विषयमा छलफल गर्नेबाहेक वरको कुरा पर सार्न सक्दैनन् । राष्ट्रिय योजना आयोगलाई पञ्चवर्षीय योजना बनाउन धौधौ हुन्छ । स्वचालित यन्त्र, एआइजस्ता प्रविधिले एक दशकमा धेरैको रोजगारी खोस्ने अनुमान गरिएको छ । भारत, बंगलादेशजस्ता देशमा गार्मेन्ट, खानीमा काम गर्ने कामदारको रोजगारी एकदशकभित्रै खोसिने देखेर यहाँका सरकार पूर्वतयारीमा लागिसकेका छन् ।

तर हाम्रो सरकारले हाइसञ्चो छ । हुन त पर्यटन, कृषि, जलस्रोतको मन्त्र जप्दै धामीले फूकेको शैलीमा काम्दै दुइ चार अक्षता फाल्ने नेतृत्वलाई युवाको रोजगारीको विषयमा के चासो ? यसको उदाहरण हेर्न त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पुगे हुन्छ । हजारौं युवाले देश छाड्दा पनि प्रधानमन्त्री, अर्थमन्त्री रेमिट्यान्समा ¥याल बगाउनेबाहेक अरु केही गर्न सक्दैनन् । नानीदेखिको बानी भने झैं पहिलेका कुनै नेताले उदाहरणीय काम गरेको भए पो सिको गर्ने ? बाटो देखाउने कोही नभएपछि नेपाली नेताको काम सत्ता फेरबदल गरिरहने, जनता पनि मन्त्री फेरिनसाथ खादामाला बोकेर दौडँदै बधाई दिइरहने । पात्र फेरिए पनि नियति फेरिएको छैन । जनताले कहिलेसम्म यस्तो सुविधा पाइरहने ? पूर्वतयारीमा कहिलेबाट लाग्ने ? 

 


प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  १३:२३
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
निर्वाचन सुरक्षा चुनौतीमा ध्यान देऊ
निर्वाचन सुरक्षा चुनौतीमा ध्यान देऊ आइतबार, पुस २७, २०८२
कांग्रेसमा आवाज थुन्ने प्रयास बन्द होस्
कांग्रेसमा आवाज थुन्ने प्रयास बन्द होस् शुक्रबार, पुस २५, २०८२
नैतिकताको प्रश्नमा कुलमानको ढिलो जवाफ
नैतिकताको प्रश्नमा कुलमानको ढिलो जवाफ बिहीबार, पुस २४, २०८२
संयमता र सहिष्णुता नै सर्वधर्म
संयमता र सहिष्णुता नै सर्वधर्म बुधबार, पुस २३, २०८२
जाँचबुझ आयोगको प्रतिवेदन ‘कर्मकाण्डी’ नबनोस्
जाँचबुझ आयोगको प्रतिवेदन ‘कर्मकाण्डी’ नबनोस् मंगलबार, पुस २२, २०८२
अमेरिकाको दादागिरी खेदजनक
अमेरिकाको दादागिरी खेदजनक सोमबार, पुस २१, २०८२
चिसोबाट जोगिऔं
चिसोबाट जोगिऔं आइतबार, पुस २०, २०८२
लोकप्रिय
  • Week
  • Month
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP