Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अन्तर्राष्ट्रिय मातृभाषा दिवस
  • #बेहाल
  • #विमला_घिमिरे
  • #प्रियतम
  • #साके एन्ड फेंग
  • #उनेपा
  • #श्वेत र काल
  • #उज्यालो नेपाल पार्टी
  • #शेर्पा_समुदाय
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • सत्ताकै बहस
सत्ताकै बहस
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, जेठ १८, २०८१

नेपालीले सबैभन्दा धेरै समय कुन विषयमा खर्च गर्छन् होला ? सत्ता, जोसुकैले सजिलै जवाफ दिन सकिन्छ । हरेकको प्रश्न अब सरकार के हुन्छ ? प्रधानमन्त्री पुष्पकमल दाहालले कसको साथ लेलान् ? पहिलेभन्दा यसपटक लामो समय प्रधानमन्त्री बने, अब के होला ? यस्तै यस्तै प्रश्नमा चिया भेटघाट सकिन्छ । डिनर मिटिङ सकिन्छ । माचारहरु यस्तै बन्छन् गसिपकै आधारमा । प्रतिनिधि सभामा कुनै एक पार्टीले एकल सरकार बनाउन सक्ने गरी बहुमत ल्याउन सकेको छैन । जसकारण अहिले तेस्रो ठुलो दलका अध्यक्ष दाहाल प्रधानमन्त्री छन् । आफूलाई अप्ठेरो पर्नसाथ दाहाल कहिले एमालेसँग काँध फेर्न पुग्छन् त कहिले कांग्रेससँग । 

बजेट प्रस्तुतअघि दाहाल प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको निवास बुढानिलकण्ठ पुगेसँगै सरकार परिवर्तनको आशंका बढ्न थालेको छ । यही मेसोमा सत्तामै रहेका एकीकृत समाजवादीका नेता माधव नेपाल पनि देउवा निवास पुगे । उनी देउवा निवास पुगेको भोलिपल्ट यही दलका अर्का नेता झलनाथ खनाल बालुवाटार पुगे । योसँगै सत्तामा नयाँ खिचडी पाक्दै हो कि भनेर आशंका थपिएको छ । गसिपको मसलेदार विषय बनेको छ । 

विकसित देशका नेता र जनता दुरदर्शी योजनामा लाग्छन् । अबको ५० वर्षपछि के हुँदैछ÷हुन्छ, के गर्ने भनेर योजना बनाउँछन् । नयाँ नयाँ अनुसन्धान र खोज गरी आवश्यक पूर्वतयारी गर्छन् । एआइएको प्रयोगसँग मानव रोजगारीमा आइपर्ने संकटका विषयमा मन्थन गर्छन् र नयाँ नयाँ रोजगारीको परियोजना बनाउँछन् ।

Hardik health

तर हाम्रो देशका विज्ञ, सरकार र जनता भने क्षणक्षणमा फेरिने सरकारको विषयमा छलफल गर्नेबाहेक वरको कुरा पर सार्न सक्दैनन् । राष्ट्रिय योजना आयोगलाई पञ्चवर्षीय योजना बनाउन धौधौ हुन्छ । स्वचालित यन्त्र, एआइजस्ता प्रविधिले एक दशकमा धेरैको रोजगारी खोस्ने अनुमान गरिएको छ । भारत, बंगलादेशजस्ता देशमा गार्मेन्ट, खानीमा काम गर्ने कामदारको रोजगारी एकदशकभित्रै खोसिने देखेर यहाँका सरकार पूर्वतयारीमा लागिसकेका छन् ।

तर हाम्रो सरकारले हाइसञ्चो छ । हुन त पर्यटन, कृषि, जलस्रोतको मन्त्र जप्दै धामीले फूकेको शैलीमा काम्दै दुइ चार अक्षता फाल्ने नेतृत्वलाई युवाको रोजगारीको विषयमा के चासो ? यसको उदाहरण हेर्न त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पुगे हुन्छ । हजारौं युवाले देश छाड्दा पनि प्रधानमन्त्री, अर्थमन्त्री रेमिट्यान्समा ¥याल बगाउनेबाहेक अरु केही गर्न सक्दैनन् । नानीदेखिको बानी भने झैं पहिलेका कुनै नेताले उदाहरणीय काम गरेको भए पो सिको गर्ने ? बाटो देखाउने कोही नभएपछि नेपाली नेताको काम सत्ता फेरबदल गरिरहने, जनता पनि मन्त्री फेरिनसाथ खादामाला बोकेर दौडँदै बधाई दिइरहने । पात्र फेरिए पनि नियति फेरिएको छैन । जनताले कहिलेसम्म यस्तो सुविधा पाइरहने ? पूर्वतयारीमा कहिलेबाट लाग्ने ? 

 


प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  १३:२३
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आश्वासनमा केन्द्रित दलका घोषणापत्र
आश्वासनमा केन्द्रित दलका घोषणापत्र आइतबार, फागुन १०, २०८२
मतदाता शिक्षालाई थप प्रभावकारी बनाऊ 
मतदाता शिक्षालाई थप प्रभावकारी बनाऊ  शुक्रबार, फागुन ८, २०८२
निर्वाचन खर्च पारदर्शी बनाऊ 
निर्वाचन खर्च पारदर्शी बनाऊ  बिहीबार, फागुन ७, २०८२
हारबाट निराश होइन, सुधारको प्रतिज्ञा गरौं 
हारबाट निराश होइन, सुधारको प्रतिज्ञा गरौं  बुधबार, फागुन ६, २०८२
निर्वाचनलाई निष्पक्ष बनाउने जिम्मेवारी
निर्वाचनलाई निष्पक्ष बनाउने जिम्मेवारी मंगलबार, फागुन ५, २०८२
घोषणापत्र ढिलाइमा झल्किएको गैरजिम्मेवारीपन
घोषणापत्र ढिलाइमा झल्किएको गैरजिम्मेवारीपन सोमबार, फागुन ४, २०८२
आचारसंहिताविपरीतको गतिविधि रोकौं
आचारसंहिताविपरीतको गतिविधि रोकौं आइतबार, फागुन ३, २०८२
लोकप्रिय
  • Week
  • Month
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
महाशिवरात्रि र उपत्यकाका शिवस्थल 
महाशिवरात्रि र उपत्यकाका शिवस्थल 
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP