Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • सबै क्षेत्रको परीक्षा एकैपटक, वर्षको एकपटक मात्रै
इपिएस भाषा परीक्षामा नयाँ व्यवस्था सबै क्षेत्रको परीक्षा एकैपटक, वर्षको एकपटक मात्रै
बुधबार, वैशाख २६, २०८१

अब सबै क्षेत्रलाई समेट्ने गरी वर्षको एकपटक भाषा परीक्षाका लागि आवेदन आह्वान गरिने छ । आवेदकले आफूले चाहेको क्षेत्र छनोट गरी फाराम भर्न र परीक्षा दिन सक्ने छन् ।
मैया कँडेल
निर्देशक, इपिएस कोरिया शाखा

काठमाडौं– आगामी वर्षदेखि इपिएस भाषा परीक्षा वर्षमा एकपटक मात्र सञ्चालन हुने भएको छ । एचआरडी कोरियाले रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत लैजाने श्रमिकका लागि सबै क्षेत्रमा एकैपटक आवेदन आह्वान गर्ने तयारी गरेको हो ।

वैदेशिक रोजगार विभागअन्तर्गतको इपिएस कोरिया शाखाका अनुसार सन् २०२५ देखि कोरियाले लैजान चाहेको सबै क्षेत्रका श्रमिकलाई एकैपटक इपिएस परीक्षाका लागि आवेदन माग गर्ने तयारी भइरहेकोे जानकारी दिएको छ ।

कोरियाले हाल विभिन्न चार क्षेत्रमा काम गर्न नेपाली श्रमिक लैजान थालेको छ । यसअघि कृषि र उत्पादनमूलक क्षेत्रमा मात्रै श्रमिक लिने गरेको कोरियाले पछिल्लो समय सिप बिल्डिङ र सेवामूलक क्षेत्रमा पनि लैजान सुरु गरेको छ ।

Hardik health

यी क्षेत्रहरुमा फरक–फरक समयमा भाषा परीक्षाका लागि आवेदन लिँदा विभिन्न समस्या बेहोर्नुपर्ने र आवेदन दिने परीक्षार्थीको संख्या पनि उच्च हुने भएकाले उक्त समस्या नियन्त्रणका लागि सबै क्षेत्रमा लागू हुनेगरी एकैपटक आवेदन दिन सकिने व्यवस्था गर्न लागिएको इपिएस शाखाले जनाएको छ ।

शाखाकी निर्देशक मैया कँडेलले ठूलो संख्यामा कोरियन भाषा पढेर कोरिया जान तयार रहेकाहरूले सबै क्षेत्रमा आवेदन दिँदा परीक्षा सञ्चालनमा कठिनाइ हुनुका साथै श्रमिक छनोट तथा रोस्टरमा सूचीकृत गर्न ढिलाइ हुने भएकाले एकैपटक आवेदन आह्वान गर्ने तयारी भएको बताइन् ।

‘अब सबै क्षेत्रलाई समेट्ने गरी वर्षको एकपटक भाषा परीक्षाका लागि आवेदन आह्वान गरिने छ,’ उनले भनिन्, ‘आवेदकले आफूले चाहेको क्षेत्र छनोट गरी फाराम भर्न र परीक्षा दिन सक्ने छन् ।’ 

अनलाइनमार्फत आवेदन दिने व्यवस्था भएकाले एउटा क्षेत्र छनोट गरेका आवेदकले अर्को क्षेत्र छनोट गर्ने अवसर नपाउने र वर्षमा एकपटक मात्रै भाषा परीक्षा दिन सकिने निर्देशक कँडेलको भनाइ छ । उनका अनुसार कोरियालाई सबै क्षेत्रमा चाहिने आवश्यक जनशक्ति एकैचोटि माग गर्नेगरी कोटा निर्धारण गर्न आग्रह गरिएको छ । ‘यसो भएमा कृषि, उत्पादनमूलक, सिप बिल्डिङ तथा सेवामूलक क्षेत्र सबैका लागि एकैपटक आवेदन आह्वान गर्न सजिलो हुन्छ,’ उनले भनिन् ।

कोरियाले इपिएस प्रणालीमार्फत नेपाललगायत १६ वटा मुलुकबाट श्रमिक लैजाने गरेको छ । कोरियाले व्यवस्था गरेअनुसार एक वर्षमा एउटा क्षेत्रमा मात्र भाषा परीक्षाका लागि आवेदन दिन पाइन्छ । यद्यपि, सन् २०२३ मा कोरियाले उत्पादनमूलक क्षेत्रमा लैजान १५ हजार ४४८ नेपालीको कोटा निर्धारण गरी आवेदन माग गरेकोमा सोही वर्ष सिप बिल्डिङ क्षेत्रमा असफल भएकाहरूले पनि फाराम भर्ने अवसर पाएका थिए ।

सिप बिल्डिङमा असफल भएका र नयाँ गरी एक लाख ६३ हजार ६३५ जनाले उत्पादनमूलक क्षेत्रमा जान परीक्षाका लागि आवेदन दिएको शाखाले जनाएको छ । सिप बिल्डिङमा असफल भएकाहरुले पनि उत्पादनमूलक क्षेत्रका लागि फाराम भर्न पाउनुपर्ने मागसहित आन्दोलनमा उत्रँदा दुई जनाको ज्यानसमेत गएको थियो ।

कोरियाले रोजगारीको क्षेत्र बढाउँदै लैजाँदा नेपालबाट जाने श्रमिकको संख्या पनि उल्लेख्य बढ्दै गएको छ । साथै कोरियाले नेपाली श्रमिकहरुलाई प्रथमिकतामा राख्दै माग संख्या पनि बढाउँदै लगेको इपिएस शाखामा रहेको पछिल्ला केही वर्षको तथ्यांकले देखाएको छ । गत वर्ष झण्डै २० हजार नेपाली श्रमिक रोजगारीका लागि कोरिया पुगेको इपिएस शाखाले जनाएको छ ।

यद्यपि, कोरियाले माग गरेको संख्याको तुलनामा इपिएस परीक्षामा सहभागी हुन फाराम भर्नेहरुको संख्या अप्रत्यासित बढेका कारण वर्षभरि नै परीक्षा गर्नुपर्ने बाध्यता आइपरेको निर्देशक कँडेलले बताइन् ।यसलाई व्यवस्थित र पादर्शी बनाउन माग संख्याको तीन गुणामात्रै आवेदन दिन मिल्ने अनलाइन प्रणालीमा व्यवस्था गरिएको उनले जानकारी दिइन् ।

‘माग संख्याको तीन गुणा आवेदन पुगेपछि स्वतः आवेदन अस्वीकृत हुन्छ,’ निर्देशक कँडेलले भनिन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग, विभागअन्तर्गतको इपिएस कोरिया शाखा र एचआरडी कोरियाबीच पटक–पटक भएको छलफलबाट उक्त निर्णय भएको उनले बताइन् ।
 


प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  ०९:१०
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज मंगलबार, चैत १७, २०८२
ठगीको अभियोगमा पक्राउ
ठगीको अभियोगमा पक्राउ मंगलबार, चैत १७, २०८२
बालेन्द्र सरकारको प्राथमिकता पनि श्रम सम्झौता विस्तारमै
बालेन्द्र सरकारको प्राथमिकता पनि श्रम सम्झौता विस्तारमै मंगलबार, चैत १७, २०८२
राहदानी र कन्सुलर सेवाका लागि वृहत घुम्ती शिविर सञ्‍चालन हुने
राहदानी र कन्सुलर सेवाका लागि वृहत घुम्ती शिविर सञ्‍चालन हुने सोमबार, चैत १६, २०८२
श्रम मन्त्रालयकाे १० बुँदे तत्काल कार्ययोजना सार्वजनिक
श्रम मन्त्रालयकाे १० बुँदे तत्काल कार्ययोजना सार्वजनिक सोमबार, चैत १६, २०८२
अब आवेदन दिएको दिनमै श्रम स्वीकृति दिने तयारी
अब आवेदन दिएको दिनमै श्रम स्वीकृति दिने तयारी सोमबार, चैत १६, २०८२
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती आइतबार, चैत १५, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP