Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कमलप्रसाद भट्टराई महानिर्देशक
  • #स्वास्थ्य परीक्षण
  • #‘कुलिङ पिरियड
  • #रवि थुनामै
  • #सम्बन्धविच्छेद
  • #सिन्दुर जात्रा
  • #सामुदायिक विद्यालय
  • #चिकेन एनेमिया भाइरस
  • #नागरिक लगानी कोष
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • मातृभूमि जोगाउन ‘भृकुटी’ले दिएको सन्देश
मातृभूमि जोगाउन ‘भृकुटी’ले दिएको सन्देश
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, वैशाख १६, २०८१

काठमाडाैं -  राजा शिवदेव प्रथमले राजा बनाएका सातौँ शताब्दीका महासामन्त (पहिले सामन्त) आफ्ना भानिज/ज्वाइँ अंशुवर्मा र उनकी छोरी भनिएकी ‘भृकुटी’ (कसैले नरेन्द्रदेवकी भनेका छन्) बारे इतिहासमा विवाद छ । तथापि इतिहास लेखन तथा अध्ययन अध्यापनका दौरान ती दुईलाई बाबुछोरीकै रूपमा मानिन्छ र दुवै नेपालका राष्ट्रिय विभूतिमा पनि दरिएका छन् । 

‘भृकुटी’ हाम्रा काव्य, निबन्ध, नाटक आदिमा आइरहने नाम हो । ‘भृकुटी’ आख्यानमा कम आएकी छन् जसको पूर्ति पूर्वप्रशासक गोविन्दप्रसाद कुसुमले उपन्यासमार्फत गरेका  छन् । राजा अंशुवर्मा र भृकृटी इतिहासमा विवादका रूपमा रहे पनि दुवै नेपालका राष्ट्रिय विभूतिमा दरिएका छन् । 

नेपालको स्वर्णकाल मानिएको लिच्छविकालकी नेपालकी राजकुमारी ‘भृकुटी’ नेपालको अस्तित्व जोगाउन र बौद्धधर्मको प्रचारप्रसार गर्न दिएको योगदानका कारण नेपाली इतिहास,  धर्मसंस्कृति, दर्शन, शिल्प एवं वास्तुकला तथा साहित्यमा सधै  स्मरणीय छन् । उनीमाथि लिखित समीक्ष्य उपन्यासले पनि सोही तथ्यलाई इतिहास, काल्पनिक घटना विवरण, जनश्रुति, कथा र संवादमार्फत उजागर गर्ने प्रयास गरेको छ । 

इतिहासमा अंशुवर्माले हाँडीगाउँ, विशालनगर क्षेत्र (देवपत्तन ?) स्थित कैलाशकूट दरबारबाट शासन चलाएको उल्लेख भए पनि कृतिमा पाटनबाट देखाइएको छ जसबाट  पाठक सुरुमै अलमलमा पर्न सक्छन् । देवपत्तन सहर जीर्ण बनेपछि पाटन सरेको देखाइएको छ । जनताको अभिमतानुसार उनकै कल्याणमा समर्पित राजा अंशुवर्मा तिरहुत, सिम्रौनगढ आदि ससाना राज्यबाट हुन सक्ने विरोधप्रति पनि सचेत थिए । त्यसैले व्यापार व्यवसाय बढाउन र एकार्काप्रति उत्तर र दक्षिण राज्यबाट आक्रमण भएमा रोक्नका सहयोग गर्ने उपाय खोजिरहेका थिए । 

दक्षिण मगध र उत्तर तिब्बत राज्यसँग सम्बन्ध बढाउने उपायका  सिलसिलामा उनले छोरी भृकुटीको विवाह तिब्बती सम्राट् स्रङ चङ गम्पोसँग विवाह गराइदिए । सम्राट्ले सपनामा देखेका भनिएकी राजकुमारी भृकुटीलाई माग्न आफ्ना दुई मन्त्री र सहयोगी पठाइदिएको र तिनैका साथमा बौद्ध गुरु पद्मसम्भवलगायत आवश्यक मानिस हात्ती–घोडामा चढाएर पठाइएको थियो । 

बौद्ध धर्मसंस्कृति र राजपाट सञ्चालन तथा संस्कृत र पाली भाषाको जानकार मानिएकी भृकुटीले चन्दनका काठ ,कस्तुरी, नेपाली हस्तकलाका सामान, हिरा, भोजपत्र, घरबुनुवा कपडाका अतिरिक्त सुन र पित्तलले बनाइएका बुद्ध तथा ध्यानी बुद्ध र ताराका मूर्ति  पनि तिब्बत लगेकी थिइन् । 

यसले नेपाली संस्कृति चिनाउन र दुई देशबिच व्यापार प्रवद्र्धनमा सहयोग गरेको थियो ।  उनकै कारणबाट बाह्य आक्रमणको सम्भावित खतरा टर्‍याे र नेपालको राष्ट्रिय सार्वभौमिकता जस्तो संवेदनशील विषय अक्षुण्ण रहन गयो । आफ्नो बुद्धि, ज्ञान र विवेकबाट उनले असभ्य मानिएको तिब्बती समाजमा सुधार र मानिसहरूको मानसिकतामा सकारात्मक परिवर्तन ल्याउन सकेकी थिइन् भने सातौँ शताब्दीमा नेपालमा प्रचलित संस्कृत र पाली भाषाको प्रशिक्षण पनि गराएकी थिइन् । 

राष्ट्रिय विभूति भनेर मानिएकी भृकुटीको खास योगदान र नेपाली खासगरी अझ महिलाहरूमा उत्प्रेरणा  जगाएकी उनको योगदान उजागर गरिएको प्रस्तुत कृति नेपाली भाषा, धर्म, संस्कृति तथा आदर्श नारीको अध्ययन अनुसन्धानका लागि उपयोगी देखिएको छ । साङ्ग्रिला मिडिया ग्रुप प्रालि (साङ्ग्रिला बुक्स) द्वारा प्रकाशित कृतिमा शासकले जनतालाई गर्ने माया, अनुशासन, दण्डसजाय, जनजीवन, रहनसहन, नेपाली नारीहरुको अवस्था, खेतीपाती, वास्तु र शिल्पकला तथा सती प्रथाका अनेक प्रसङ्ग छन् । 

“यो उपन्यास लेखनको मुख्य उद्देश्य भृकुटीले गरेका कामलाई उजागर गर्नु र जन्मभूमि नेपालप्रति आफ्नो कर्तव्य पालनामा उनले  देखाएको निष्ठालाई बाहिर ल्याउनु रहेको छ । भृकुटीलाई राष्ट्रिय विभूतिको सम्मानभित्र मात्र कैद गरेर राखिएको छ । यसरी कैद गर्नु भनेको उनीप्रतिको सम्मानमा कञ्जुस्याइँ गर्नु हो । त्यसबेलामा उनले गरेको कार्यबाट आजका हामी नेपालीले कूटनीतिक, सामाजिक, आर्थिक  र सुशासनका सवालमा बुझ्नुपर्ने, सिक्नुपर्ने र पालना गर्नुपर्ने विषयहरू धेरै छन् । यस उपन्यासले त्यस दिशातर्फ पनि सङ्केत गरेको छ”, उपन्यासकारले ‘मेरा कुरा’ मा कृति लेख्नाको तात्पर्य स्पष्ट गरेका छन् । 

कृतिमा राजा वा शासकमा हुनुपर्ने स्वभाव र कर्तव्य उल्लेख गरेर लेखकले आधुनिक राजनीतिज्ञ वा शासकलाई पनि शिक्षा दिन खोज्नुभएको छ । “विद्वान्हरू भनेका राजा–महाराजाभन्दा उच्चकोटिका व्यक्ति हुन् । जुन राजाले विद्वान्हरूको कदर गर्छ, जुन शासकले राजपाट चलाउने सवालमा विद्वान्हरूको सल्लाह लिएर निर्णय गर्छ, त्यो शासक सफल शासक हो । त्यो राजा असल राजा हो”, भृकुटीले राजालाई बताएको यो कुरा नेपालका वा जुनसुकै देशका कार्यकारी प्रमुखका हकमा पनि ग्रहणयोग्य छ । 
    
सातौँ शताब्दीको वरपरको नेपाल, तिब्बत र मगध राज्यका पालाको समय भए पनि कृतिमा रहेका संवादहरू आधुनिक भाषामै लेखिएकाले पाठकलाई निकै अप्ठ्यारो महसुस हुन्छ । त्यतिबेला नेपालमा पाली र संस्कृत भएका  प्रचलन भएकाले सोही भाषा कृतिमा प्रस्तुत गर्न नसकिएका लेखकले स्पष्टीकरण दिएकाले यसबारे धेरै  भन्नु परेन । ऐतिहासिक उपन्यास भए पनि कृतिलाई रोचक बनाउन लेखकले निकै काल्पनिक कुराहरू प्रसङ्गका क्रममा ल्याउनुभएको छ । त्यसले पाठकलाई एक छिन मनोरञ्जन त देला तर ऐतिहासिक तथ्य सम्बद्र्धनमा केही काम लाग्दैन ।  

कतिपय घटना, रतिरागात्मक प्रसङ्ग, भृकुटीको विवाहका भोजका क्रममा रक्सी खाएर घरसम्म जान नसकेको एक नागरिकको अवस्था आदि अनावश्यक विषयले कृतिको मोटाइ बढ्न गएको छ । कुनै कुनै शब्दचयन जस्तो ‘सैनिक’ हुनुपर्नेमा ‘सेना’ (पूरै बल), ‘छ्याकटे जुँगा’, ‘अभीर’ नै गल्ती छ  भने वर्णविन्यास र वाक्य संरचनामा थुप्रै अशुद्धि भेटिन्छ । ‘भृकुटी’ नामको अर्थ र उनले सम्बोधन गरिने ‘हरित तारा’ को पनि अर्थ भेटिन्न । तथापि एउटा राष्ट्रिय विभूतिलाई भीमकाय कृतिमा ल्याएर लेखकले इतिहासमा अलपत्र परिरहेका अन्य राष्ट्रिय व्यक्तित्वहरूबारे पनि खोजीनिधी गर्न भने अनुसन्धाताहरूलाई पनि प्रेरणा भने मिल्ने छ ।


प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १३:५४
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
कुण्ठाले भरिएको कूटनीति
कुण्ठाले भरिएको कूटनीति सोमबार, भदौ २, २०८२
एचआइभी संक्रमितको अधिकार सुनिश्चित गर
एचआइभी संक्रमितको अधिकार सुनिश्चित गर आइतबार, भदौ १, २०८२
स्मार्ट काठमाडौंमा आगलागीको बाढी
स्मार्ट काठमाडौंमा आगलागीको बाढी शुक्रबार, साउन ३०, २०८२
भूमिहीनमाथि भोटको राजनीति
भूमिहीनमाथि भोटको राजनीति बिहीबार, साउन २९, २०८२
युवालाई देशमै अड्याउने कहिले ?  
युवालाई देशमै अड्याउने कहिले ?   बुधबार, साउन २८, २०८२
क्षेत्राधिकार बिर्सिंदै सरकार
क्षेत्राधिकार बिर्सिंदै सरकार मंगलबार, साउन २७, २०८२
कारागारलाई अपराधको हैन सुधार केन्द्र बनाऊ
कारागारलाई अपराधको हैन सुधार केन्द्र बनाऊ सोमबार, साउन २६, २०८२
लोकप्रिय
  • Week
  • Month
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP