Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #आईसीसी क्रिकेट विश्वकप लिग–२
  • #छायानाथ अल्ट्रा रेस
  • #धीरबहादुर बुढा
Search Here
साहित्य
  • Home
  • साहित्य
  • बेलबारीमा गोविन्द हुक्पा चोङबाङको ‘मायाको सृष्टि’ विमोचित
बेलबारीमा गोविन्द हुक्पा चोङबाङको ‘मायाको सृष्टि’ विमोचित
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, चैत २५, २०८०

मोरङ - बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राईले तेश्रो पटक धाननाच्न पुगेको स्मरण गरेका छन् । लेखक तथा खोजकर्ता गोविन्द हुक्पा चोङबाङको पालामसङ्ग्रह ‘मायाको सृष्टि’ सार्वजनिक गर्दै मेयर राईले यस्तो बताएका हुन् ।

शुरुमा धान नाच्नको लागि स्वयं माइतीहरूले आफ्ना चेलीहरूसमक्ष हात तानेरै पुर्याउँदा आश्चार्य लागेको पनि मेयर राईले बताए । तर कालान्तरमा अध्ययन गर्दै जाँदा याक्थुङ (लिम्बू) जातिले छोरीचेली सस्तो भएर कुटुम्बसँग धान नाच्न लगेको नभई हाम्रा चेलीसँग सवालजवाफ गर्न कति सक्छौ भनेर दाँज्न खोजेको रहेछ भन्ने बुझेको पनि मेयर राईले भने । “कमजोर कुटुम्बसँग घरबार हुँदैन भन्ने याक्थुङ (लिम्बू) जातिको प्रथाजनित मान्यता रहेछ ।” मेयर राईको भनाई थियो ।

बेलबारीस्थीत आदिवासी जनजाती सभाहल, बेलबारीमा सम्पन्न एक कार्यक्रममा सम्पन्न कार्यक्रममा बेलबारीका अग्रज स्रष्टा इरान राई, विश्व नेपाली साहित्य महासङ्घका अध्यक्ष सुरेन्द्र लिम्बू परदेशी, प्रलेस नेपाल कोसी प्रदेश अध्यक्ष तिला लेकाली, साहित्यकार मदन हुक्पा चोङबाङ, देवेन्द्र खापुङ सुर्केलीलगायत अतिथि रहेका थिए ।

Hardik health

त्यसैगरी किराँत याक्थुङ मोरङ अध्यक्ष डि.वी. कुरुम्बाङ, किराँत याक्थुङ चुम्लुङ सांस्कृतिक परिषद्का मोरङका अध्यक्ष ज्योति हाङश्रोङ, बेलबारी प्रज्ञा–प्रतिष्ठानका उपाध्यक्ष धनजीत पराजुली, किराँत याक्थुङ चुम्लुङ नगर समिति बेलबारीका कार्यबाहक अध्यक्ष चन्द्रकला लिम्बू, कलाकारहरू श्याम गौतम, शिव छाङ्छा राई, मेखराज कार्की लगायतको उपस्थिति रहेको थियो ।

लोकार्पित कृति माथि मदन हुक्पा चोङबाङ र देवेन्द्र खापुङ सुर्केलीले कृतिमाथि टिप्पणि गरेका थिए । टिप्पणिकर्ताले लेखक चोङबाङको व्यक्तित्व र कृतित्वका बारेमा चर्चा गरेका थिए । टिप्पणीकार मदन चोङबाङले गोविन्द चोङबाङ शिक्षाप्रेमी रहेका कुरा बताएका थिए । स्थानीय स्कुलका शिक्षक रहेका गोविन्दले गाउँमा प्रौढशिक्षा पढाएर धेरै युवायुवतीलाई शिक्षित बनाएको र प्रौढशिक्षा पढेपछि ति विद्यार्थीले एकैचोटी माथिल्लो कक्षामा भर्ना भई उच्च शिक्षासमेत हासिल गरेको बताएका थिए । पालाम दोहोरी गीत नभएको कुरालाई प्रष्ट पार्दै पालम लिम्बू जातिले धान नाचमा भन्ने एउटा लय रहेको बताएका थिए ।

त्यसैगरी साहित्यकार देवेन्द्र खापुङ सुर्केलीले गोविन्द चोङबाङका रचना चलचित्र निर्देशक उपेन्द्र सुब्बाकहाँ पुग्दा अर्कै नाममा पुगी चर्चितसमेत भएको र पछि गोविन्द चोङबाङकै नाममा फर्काउन सफल भएको कुरा बताएका थिए । चलचित्रमा जारीमा रहेको पालाम र ख्याली गोविन्द चोङबाङको सिर्जना रहेको सुर्केलीले जनाएका थिए ।

कार्यक्रममा इरान राई सेवकले गोविन्द हुक्पा चोङबाङ गौतम बुद्ध, महावीर पुन, डा. सन्दुक रुइतजस्तै दुःख रोज्ने, दुःख गरेरै समाजसेवा गर्ने व्यक्तिको रूपमा चिनिएको बताएका थिए । विश्व नेपाली साहित्य महासंघका अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीले पनि मन्तव्य राखेका थिए ।

गायक श्याम गौतम र पालाम गायिका मोति चोङबाङले पालाम गाएर कार्यक्रमलाई मनोरञ्जन तुल्याएका थिए ।बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन आयोजक संस्थाका सचिव उमा सिजापती र सहआयोजक संस्था किराँत याक्थुङ चुम्लुङ नगरकमिटि सचिव कृष्ण मेन्याङवोको रहेको थियो ।
 
आठराई –२, खाम्लालुङ, तेह्रथुममा जन्म भई पछिल्लो समय मोरङको बेलबारीलाई कर्मथलो बनाएर समाजसेवाका साथमा कलम चलाउँदै आएका चोङबाङका यस अघि नै याःलाक पालाम (२०५०) र आनि साक्थीम नु सङहा? (२०६२) कृति प्रकाशित भएका छन् ।
 


प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  २०:०२
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
पूर्वप्रधानमन्त्री कार्कीको ‘मिट्टी एण्ड द वाइल्ड क्याट’ पुस्तक आउँदै
पूर्वप्रधानमन्त्री कार्कीको ‘मिट्टी एण्ड द वाइल्ड क्याट’ पुस्तक आउँदै शुक्रबार, जेठ ८, २०८३
कवितासंग्रह ‘अन्तस्करण’ लोकार्पण
कवितासंग्रह ‘अन्तस्करण’ लोकार्पण सोमबार, जेठ ४, २०८३
साहित्यकार एवं गीतकार कादम्बरी दाना श्रेष्ठको  ‘इमा’ लोकार्पण
साहित्यकार एवं गीतकार कादम्बरी दाना श्रेष्ठको  ‘इमा’ लोकार्पण सोमबार, जेठ ४, २०८३
कवि रमेश गुरुङको कविता सङ्ग्रह ‘महाप्रस्थान’ को लोकार्पण
कवि रमेश गुरुङको कविता सङ्ग्रह ‘महाप्रस्थान’ को लोकार्पण आइतबार, जेठ ३, २०८३
राजधानीमा ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै
राजधानीमा ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै आइतबार, जेठ ३, २०८३
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा आइतबार, जेठ ३, २०८३
ताम्राकारको ‘दह’ उपन्यास लोकार्पण
ताम्राकारको ‘दह’ उपन्यास लोकार्पण शनिबार, जेठ २, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
भक्तपुरको  हाईल्याण्ड रिसोर्ट  साटा अवार्ड २०२६ का लागि मनोनयनमा
भक्तपुरको हाईल्याण्ड रिसोर्ट साटा अवार्ड २०२६ का लागि मनोनयनमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP