Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #आईसीसी क्रिकेट विश्वकप लिग–२
  • #छायानाथ अल्ट्रा रेस
  • #धीरबहादुर बुढा
Search Here
साहित्य
  • Home
  • साहित्य
  • जेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुंगो’ सार्वजनिक
जेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुंगो’ सार्वजनिक
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, चैत २५, २०८०

काठमाडौं - काठमाडौंबाहिर बसेर लेखन कर्ममा सक्रिय जेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुंगो’ सार्वजनिक भएको छ। लेखक दर्लामीले आफ्नो उपन्यास ‘मारीखोलाको ढुंगो’ को कथा-कालमा जन्मिएकी इभा काफ्लेलाई पुस्तक हस्तान्तरण गरेसँगै उपन्यास लोकार्पण गरिएको हो।

काठमाडौं विश्वविद्यालयमा स्नातक तहमा अध्ययनरत काफ्लेलाई गरिएको पुस्तक हस्तान्तरण अबको युग नयाँ पुस्ता अर्थात् सशस्त्र द्वन्द्वकालमा जन्मे-हुर्केको पुस्ताको हो भन्ने प्रतीकात्मक संकेत गरिएको थियो।नेपाल संकटकालमा हुँदा जन्मिएकी ईभाले सशस्त्र द्वन्द्वबारे आफू र आफ्नो पुस्ताको बुझाइका साथै ‘मारीखोलाको ढुंगो’ पढ्दाको आफ्नो अनुभूति विमोचन कार्यक्रममा सुनाएकी थिइन्। ‘समाजविज्ञानको विद्यार्थी भए पनि हामीले द्वन्द्वकालबारे कक्षाकोठामा पढ्नै पाएनौं, घरघरमा कथा सुनाउने चलन पनि अब छैन,’ पठन अनुभव सुनाउँदै इभाले भनिन्, ‘चिन्दै नचिनेको देश हामीले कसरी बनाउने? हामी कहाँबाट आयौं? अहिले कहाँ छौं? यस्ता प्रश्नको जवाफ मैले यो उपन्यासमा पाएँ।’

आमाबुवाको पढाइको सिलसिलामा बाल्यकाल देशबाहिर बिताएकी र स्वदेश फर्केपछि नेपाली बोल्दा शिक्षालयहरूमा कारबाही भोग्नुपर्ने समयमा हुर्केकी इभाले विमोचन कार्यक्रममा भनिन्, ‘नेपाली किताब पढ्नै सक्दिनँ जस्तो लाग्थ्यो, तर मलाई यो उपन्यासको मिठो भाषाले बोलायो, हात समातेर सँगसँगै डोर्‍यायो, हाम्रो देशको वास्तविक धड्कन सुनायो।’दुई दिन पहिले मात्र आफ्नो पुस्तक विमोचनका लागि बुटवलबाट काठमाडौं आइपुगेका लेखक दर्लामीले पब्लिकेसन नेपालयको आरशालामा आफ्नो बाल्यकाल र लेखन यात्राको अनुभव बाँडे।

Hardik health

‘घर नजिक स्कुल नभएका कारण र आमालाई छोड्न नसक्ने आफ्नै भावुक स्वभावले गर्दा मैले स्कुल तह पनि पूरा गर्न सकिनँ,’ लेखक जेबी दर्लामीले भने, ‘पढ्ने बेलामा पढ्न नपाएको भोकले हुन सक्छ, मलाई शब्दसित गहिरो प्रेम छ।’अहिले पनि टेलिफोन, बाटोघाटो, विद्युत् नपुगेको अर्घाखाँचीको सिलिङखोलामा जन्मेका लेखक दर्लामीले ‘मारीखोलाको ढुंगो’ उपन्यास लेख्दाको अनुभव बाँडे। ‘म जस्तो विकटमा बसेर लेख्नेको किताब कसले छाप्ला र भन्ने ठानेको थिएँ, तर म गलत ठहरिएँ,’ दर्लामीले भने, ‘मैले केही भोगेको, केही देखेको र केही महसुस गरेको समयलाई इमानदारीपूर्वक अक्षरमा उतारेको हुँ।’


प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  ११:५४
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
पूर्वप्रधानमन्त्री कार्कीको ‘मिट्टी एण्ड द वाइल्ड क्याट’ पुस्तक आउँदै
पूर्वप्रधानमन्त्री कार्कीको ‘मिट्टी एण्ड द वाइल्ड क्याट’ पुस्तक आउँदै शुक्रबार, जेठ ८, २०८३
कवितासंग्रह ‘अन्तस्करण’ लोकार्पण
कवितासंग्रह ‘अन्तस्करण’ लोकार्पण सोमबार, जेठ ४, २०८३
साहित्यकार एवं गीतकार कादम्बरी दाना श्रेष्ठको  ‘इमा’ लोकार्पण
साहित्यकार एवं गीतकार कादम्बरी दाना श्रेष्ठको  ‘इमा’ लोकार्पण सोमबार, जेठ ४, २०८३
कवि रमेश गुरुङको कविता सङ्ग्रह ‘महाप्रस्थान’ को लोकार्पण
कवि रमेश गुरुङको कविता सङ्ग्रह ‘महाप्रस्थान’ को लोकार्पण आइतबार, जेठ ३, २०८३
राजधानीमा ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै
राजधानीमा ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै आइतबार, जेठ ३, २०८३
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा आइतबार, जेठ ३, २०८३
ताम्राकारको ‘दह’ उपन्यास लोकार्पण
ताम्राकारको ‘दह’ उपन्यास लोकार्पण शनिबार, जेठ २, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
भक्तपुरको  हाईल्याण्ड रिसोर्ट  साटा अवार्ड २०२६ का लागि मनोनयनमा
भक्तपुरको हाईल्याण्ड रिसोर्ट साटा अवार्ड २०२६ का लागि मनोनयनमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP