Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #आईसीसी क्रिकेट विश्वकप लिग–२
  • #छायानाथ अल्ट्रा रेस
  • #धीरबहादुर बुढा
Search Here
साहित्य
  • Home
  • साहित्य
  • ईलाम साहित्य महोत्सव चैत तेस्रो साता
ईलाम साहित्य महोत्सव चैत तेस्रो साता
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, चैत ८, २०८०

मंगलबारे -  नेपाल र भारतका साहित्यकारको उपस्थितिमा ईलाम साहित्य महोत्सवको तेस्रो संस्करण हुने भएको छ । महोत्सव यही चैत १६ र १७ गते हुने भएको हो । ईलाम नगरपालिकाअन्तर्गतको साहित्य, कला, संगीत प्रतिष्ठानको आयोजना र ईलाम साहित्य समाजको संयोजनमा साहित्य महोत्सव हुने जनाइएको छ ।

साहित्यका माध्यमबाट ईलामको पर्यटन प्रवर्द्धनमा सघाउ पुर्याउने उद्देश्यले कार्यक्रम गर्न लागिएको आयोजकको भनाइ छ । कार्यक्रममा साहित्यसँगै पर्यटन र राजनीतिक बहससमेत हुने भएको छ । महोत्सवको उद्घाटन चैत १६ गते नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले गर्ने कार्यक्रम तय भएको छ । पहिलो दिनको मुख्य सम्भाषणमा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको उपस्थिति रहने बताइएको छ ।

‘संघीयता: यस्तै वा कस्तो’ विषयमा नवीना लामा, मिलन पाण्डे र डिल्लीराम सुवेदीबीच बहस हुनेछ । सोपछि सोझो गाउँले, सुन्दर कुरूप र सुमिनाको कविता शीर्षकमा बहस हुने जनाइएको छ । महोत्सवको पहिलो दिन नै डा अरुण गुप्ता र राजन मुकारुङको ‘मिथकदेखि मिथकसम्म’ विषयमा बहस हुने जनाइएको छ ।

‘आख्यान: अन्तिम पात र नयाँ पालुवा’ विषयमा नारायण ढकाल र वसन्त बस्नेतबीचको बहस हुने जनाइएको छ । त्यस्तै ‘पोइट्री इन मुभमेन्ट’मा राजा पुनियानीको प्रस्तुति रहने साहित्य कला साहित्य, कला, संगीत प्रतिष्ठानका संयोजक प्रकाश थाम्सुहाङले जानकारी दिए । उनका अनुसार ‘बदलिँदो विश्व: फेरिँदो स्थानीयता’ विषयमा रोहेज खतिवडा, धर्मेन्द्र नेम्वाङ र रञ्जित तामाङबीच बहस हुनेछ । ‘चारखोलका रंगमञ्च’मा सुरेश पोर्तेल र चेतन आङ्थुपोबीच बहस हुने बताइएको छ ।

Hardik health

दोस्रो दिन अर्थात् चैत १७ गते  ‘कविताका स्वर’ शीर्षकमा गद्य कविता वाचन हुनेछन् । दशवटा कविता प्रस्तुत हुने ईलाम साहित्य समाजका संयोजक सुरेन्द्र राईले बताउनुभयो । ‘छन्द सुगन्ध’ शीर्षकमा कविता वाचनसमेत सोही दिन हुनेछ ।

सोनाम भुटिया र दीपेन्द्र कर्णबीच  ‘संरक्षण र पर्यापर्यटनका कुरा’ शीर्षकमा बहस हुने छ । ‘मातृभाषाको सकस’ शीर्षकमा सुरेश किरण, चन्द्र किशोर र गौरी तमुबीच बहस सञ्चालन हुने जनाइएको छ । अभि सुवेदीका साथमा ‘उमेरको कथा’ विषयमा दीपक सापकोटासँगको संवाद हुने र सोपश्चात  ‘सिनेमा’ शीर्षकमा केकी अधिकारी, मीन भाम र रामबाबु गुरुङबीच बहस सञ्चालन हुने जनाइएको छ ।

‘अक्षर मोह: अक्षर यात्रा’ शीर्षकमा शैलेन्द्र अधिकारी, शङ्कर तिवारी र टीका आत्रेयबीच कुराकानी हुनेछ । ‘सीमा साहित्य र संस्कृति’ शीर्षकमा डा कविता लामा, गणेश खनिया र दीपक लुंगेलीबीच संवाद हुने छ । ‘प्रतिरोधी साहित्य’ शीर्षकमा डा ज्ञानेन्द्र खतिवडा, विक्रम हथवार (कर्नाटक) र डा अस्मिता विष्टबीच बहस सञ्चालन गरिने छ ।

‘कस्तो राजनीति’ शीर्षकमा डा सिके राउत, प्रदीप ज्ञवाली र विश्वप्रकाश शर्माबीच बहस हुने जनाइएको छ । अन्तिम दिन गजल साँझ सञ्चालन हुनेछ । त्यसमा छनोट गरेर ११ गजल प्रस्तुत गरिने छन् । सोही दिन साहित्य महोत्सव समापन हुने जनाइएको छ । महोत्सवमा पेन्टिङ गर्ने कलाकारको समेत उपस्थिति रहने जनाइएको छ ।

व्यावसायिक कम्पनीका प्रतिनिधिबीच समेत ईलामको चर्चा गर्ने कार्यक्रम तय भएको छ । भारत र नेपालका साहित्यकारको बाक्लो उपस्थिति रहने आयोजकले जानकारी दिएको छ । कार्यक्रम समापनका लागि रु १८ लाख ८० हजार खर्च हुने अनुमान गरिएको छ । साथै ईलाम साहित्य महोत्सवको यो तेस्रो संस्करण हो । यसअघि २०७६ सालमा ईलाम साहित्य महोत्सव भएको थियो ।


प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १५:२३
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
पूर्वप्रधानमन्त्री कार्कीको ‘मिट्टी एण्ड द वाइल्ड क्याट’ पुस्तक आउँदै
पूर्वप्रधानमन्त्री कार्कीको ‘मिट्टी एण्ड द वाइल्ड क्याट’ पुस्तक आउँदै शुक्रबार, जेठ ८, २०८३
कवितासंग्रह ‘अन्तस्करण’ लोकार्पण
कवितासंग्रह ‘अन्तस्करण’ लोकार्पण सोमबार, जेठ ४, २०८३
साहित्यकार एवं गीतकार कादम्बरी दाना श्रेष्ठको  ‘इमा’ लोकार्पण
साहित्यकार एवं गीतकार कादम्बरी दाना श्रेष्ठको  ‘इमा’ लोकार्पण सोमबार, जेठ ४, २०८३
कवि रमेश गुरुङको कविता सङ्ग्रह ‘महाप्रस्थान’ को लोकार्पण
कवि रमेश गुरुङको कविता सङ्ग्रह ‘महाप्रस्थान’ को लोकार्पण आइतबार, जेठ ३, २०८३
राजधानीमा ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै
राजधानीमा ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै आइतबार, जेठ ३, २०८३
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा आइतबार, जेठ ३, २०८३
ताम्राकारको ‘दह’ उपन्यास लोकार्पण
ताम्राकारको ‘दह’ उपन्यास लोकार्पण शनिबार, जेठ २, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
भक्तपुरको  हाईल्याण्ड रिसोर्ट  साटा अवार्ड २०२६ का लागि मनोनयनमा
भक्तपुरको हाईल्याण्ड रिसोर्ट साटा अवार्ड २०२६ का लागि मनोनयनमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP