Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #इजिप्टमा सडक दुर्घटना
  • #विश्व दृष्टि दिवस
  • #मेची_राजमार्ग
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • घरेलु श्रमिक लैजान युएईले पठायो सम्झौताको मस्यौदा 
घरेलु श्रमिक लैजान युएईले पठायो सम्झौताको मस्यौदा 
बुधबार, फागुन २३, २०८०

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संयुक्त अरब इमिरेट्स (युएई)बाट घरेलु श्रमिक पठाउन माग गर्दै आवश्यक सम्झौताको मस्यौदा आएको जनाएको छ । अन्य क्षेत्रमा द्विपक्षीय सम्झौतामार्फत नै श्रमिक पठाइरहेको नेपालले घरेलु श्रमिक पठाउने सम्बन्धमा विभिन्न सर्तसहितको सम्झौता हुनुपर्नेमा जोड दिएपछि युएईबाट सम्झौताका लागि आवश्यक मस्यौदा आएको मन्त्रालयले जानकारी दिएको छ ।

घरेलु श्रमिकका सम्बन्धमा युएईमा गत फेब्रुअरी १२ अर्थात् माघ २९ गते भएको ‘अबुधाबी डायलग’मा नेपाली अधिकारीहरुसँगको छलफलपश्चात् युएईले आवश्यक सम्झौताकका लागि तयार रहेको सन्देशस्वरुप मस्यौदा पठाएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता राजिव पोखरेलले बताए । उनका अनुसार उक्त डायलगमा सुरक्षाको ग्यारेन्टी गर्ने विश्वास दिलाउँदै युएईले नेपालबाट घरेलु श्रमिक पठाउने बाटो खुला गर्न आग्रह गरेको थियो । 

युएईले पठाएको मस्यौदामा के–कस्ता विषय समेटिएका छन् भन्नेबारे तत्काल कुनै प्रतिक्रिया दिन नमिल्ने प्रवक्ता पोखरेलले बताए । ‘अहिले घरेलु श्रमिक पठाउन आवश्यक सम्झौता गरौं भन्ने प्रस्तावसहित मस्यौदा आएको छ,’ उनले भने, ‘अध्ययनकै चरणमा छौं, सम्झौताका लागि सर्तसहितको जवाफ पठाउनेछौं, दुवै पक्षको सहमति नभएसम्म कुनै प्रतिक्रिया दिन सकिँदैन ।’ तर घरेलु श्रमिकका लागि आधारभूत पारिश्रमिक, सामाजिक सुरक्षा, बिमालगायत विभिन्न सेवासुविधाको ग्यारेन्टी हुनुपर्नेमा सरकार प्रस्ट रहेको प्रवक्ता पोखरेलले बताए ।

Hardik health

अबुधाबी डायलगकै क्रममा नेपाली अधिकारीहरुले रोजगारीपूर्व नै रोजगारदाताकै खर्चमा घरेलु श्रमिकलाई भाषा र सीपको अनिवार्य तालिम दिनुपर्ने, घरेलु कामदार भर्ना खर्च व्यहोर्नुपर्ने, मासिक रुपमा न्यूनतम ज्याला ४०० अमेरिकी डलर अर्थात् करिब ५० हजार रुपैयाँ तोकिनुपर्ने, बस्नका लागि होस्टलको व्यवस्था गर्नुपर्ने, ओभरटाइम काम गरेबापत छुट्टै पारिश्रमिक दिनुपर्ने, २४ घण्टे बिमाको व्यवस्था हुनुपर्ने, सामाजिक सुरक्षामा संलग्न गराउनुपर्ने र आराम गर्न पाउने व्यवस्थाको सुनिश्चितता हुनुपर्नेजस्ता सर्त समेटेर छुट्टै सम्झौता गर्नुपर्ने प्रस्ताव राखेका थिए ।  

नेपाली पक्षको प्रस्तावलाई सकारात्मक रुपमा लिएको युएईले अबुधाबी डायलगको एक महिनाभित्रै घरेलु कामदारको हक अधिकार तथा सेवासुविधाको विषयलाई महŒव दिँदै सम्झौताको मस्यौदा पठाएको मन्त्रालयले जनाएको छ । युएईले यसअघि पनि नेपालबाट घरेलु कामदार पठाउन आग्रह गर्दै आएको थियो । पछिल्लो समय गत जेठमा नेपाल–युएईबीच भएको श्रम सम्झौता नवीकरणका क्रममा पनि युएईले नेपालबाट घरेलु श्रमिक पठाउने बाटो खुला गर्न आग्रह गरेको थियो ।
नेपाल सरकारले २०७२ सालदेखि संसद्को तत्कालीन अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको निर्देशनअनुसार मलेसिया तथा खाडी मुलुकमा घरेलु कामदार पठाउन बन्देज लगाएको छ । त्यसयता सरकारले नेपालबाट घरेलु श्रमिक लैजान इच्छुक मुलुकमा श्रमिकको सेवा, सर्त, सुविधासम्बन्धी छुट्टै कानुनी व्यवस्था हुनुपर्ने र सोहीअनुरुप सम्झौता गर्नुपर्ने अडान राख्दै आएको छ । गन्तव्य मुलुकहरु कतार, साउदी अरेबिया, कुवेत, बहराइन र ओमानले लामो समयदेखि नेपालबाट घरेलु कामदार खुला गर्न माग गर्दै आइरहेका छन् । सरकारले जोर्डन र इजरायलमा भने जिटुजी सम्झौतामार्फत घरेलु कामदार पठाउँदै आएको छ ।  
 


प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  १०:१२
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख आइतबार, असोज २६, २०८२
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै आइतबार, असोज २६, २०८२
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP