Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #आईसीसी क्रिकेट विश्वकप लिग–२
  • #छायानाथ अल्ट्रा रेस
  • #धीरबहादुर बुढा
Search Here
साहित्य
  • Home
  • साहित्य
  • 'मेरो कथा मेरो व्यथा'कृति सार्वजनिक
'मेरो कथा मेरो व्यथा'कृति सार्वजनिक
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, फागुन १५, २०८०

भक्तपुर - साहित्यकार तिलक प्रकाशको 'मेरो कथा मेरो व्यथा' सार्वजनिक भएकाे छ । उमेरले नब्बेको हाराहारीमा पुग्नुभएका साहित्यकार तिलक प्रकाशका दुई कृति एकै साथ विमोचन गरेका हुन्  ।

भक्तपुरको दूधपाटीस्थित तिशा इन रेस्टुरेन्टमा तिशा ट्रस्टले आयोजना गरेको एक कार्यक्रमबिच लेखक तिलक प्रकाशका दुई कृतिहरू ‘मेरो कथा, मेरो व्यथा’ र ‘तिलक प्रकाशका कृतिहरूका भूमिका’ नामक दुई कृति विमोचन क्रमशः पूर्व सभामुख दमननाथ ढुङ्गाना र नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमल निभाले गरेका हुन्  ।

लामो समय देखि लेखनलाई नै जीवन साथी बनाउँदै आएका तिलक प्रकाशको आत्मकथा मेरो कथा मेरो व्यथा र उहनका विभिन्न कृतिहरूका भूमिका समेटिएको पुस्तक एकै साथ विमोचन भएको हो ।कार्यक्रममा पूर्व सभामुख ढुङ्गानाले नेपालको राजनीतिक क्षेत्रमा तिलक प्रकाशको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे । उनले राजनीतिक रूपमा निष्ठा वान व्यक्ति भएर पनि छलछामको राजनीति गर्न नजान्दा पछि परेको उल्लेख गर्दै साहित्यिक कर्मले तिलक प्रकाशको छवि उच्च बनेको चर्चा गरे  ।

उनले साहित्यका र तिलक प्रकाशको जीवनका साथै विभिन्न लेख र विचारहरूबाट वर्तमान राजनीतिक व्यक्तिहरूले पाठ सिक्नुपर्नेमा जोड दिए । उनले अहिलेको राजनीतिमा इमान हराउँदै जाँदा राजनीतिप्रति नै नयाँ पुस्ताको वितृष्णा बढिरहेको कारण राजनीतिक दलका नेताहरू सुध्रिनुपर्ने चर्चा गरेका थिए ।

Hardik health

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवम् साहित्यकार विमल निभाले लेखक तिलक प्रकाशको साहित्य उँचो रहेको बताए । उनले तिलक प्रकाशलाई राजनीतिले भन्दा साहित्यले परिचित बनाएको उल्लेख गर्दै उनको नवीनतम कृतिका साथै वीर ग्रन्थ नामक पुस्तकबाट आफू ज्यादै प्रभावित भएको उल्लेख गरे । उनले लेखक तिलक प्रकाशमा राजनीतिक मात्र नभएर ऐतिहासिक चेत समेत रहेकाले वीरहरूको जीवनी लेखन गरेर नेपाली साहित्यमा ठुलो योगदान दिएको जनाएका थिए ।

कार्यक्रममा अर्का लेखक एवम् चिन्तक ओमचरण अमात्यले लेखक तिलक प्रकाशको व्यक्तित्व र कृतित्वको चर्चा गर्दै आफ्नो पुस्तकमार्फत जनाएको अभिव्यक्तिप्रति राजनीतिक दलहरू र नेपालीहरू सचेत हुनुपर्ने जनाए। कार्यक्रममा सञ्चारकर्मी सन्जिब दुलाललाई तिशा इनले लेखन वृत्ति समेत प्रदान गरेको थियो । तिशा इनले हरेक वर्ष भक्तपुरको कला, साहित्य, संस्कृति, लेखन विधामा क्रियाशील व्यक्ति तथा सङ्घसंस्थालाई आर्थिक सहयोग गर्दै आइरहेको छ । सोही सिलसिलामा यस वर्ष पत्रकार दुलाललाई नगद पचास हजार पाँच रुपैयाँ प्रदान गरिएको तिशा इनका सञ्चालक प्रशान्त कायस्थले बताए ।

कार्यक्रममा लेखक तिलक प्रकाशले आफूले जीवनमा भोगेका, अनुभव गरेका विषयहरूलाई समावेश गरी आत्मवृत्तान्त लेखेको बताए । कार्यक्रममा उनले सो पुस्तकका साथै अन्य पुस्तकहरू प्रकाशनमा सहयोग गर्ने अगिब बनेपानी र सुमि बनेपालीलाई सम्मान गरेका थिए ।कार्यक्रममा तिशा ट्रस्टका रन्जन कायस्थले पुस्तक प्रकाशन गर्नुको कारणबारे उल्लेख गर्दै आगामी दिनमा पनि विभिन्न साहित्यिक गतिविधि गर्ने बताए ।

८९ वर्षीय लेखक एवं साहित्यकार तिलक प्रकाशका ८ वटा नेपाल भाषाका र ८ वटा नेपाली भाषाका विभिन्न पुस्तकहरू प्रकाशन भई सकेका छन् । हालका दिनमा समेत दैनिक १८ घण्टा सम्म पुस्तकमा नै रमाउने कायस्थका प्रकाशित कृतिहरूमा योमरी उक्ति सङ्ग्रह, धनमाया लघु खण्डकाव्य, यौन ज्ञान मनोविज्ञान, नगःजः निबन्ध सङ्ग्रह, ख्ववि झसुका शोक काव्य, वयागु हाथ्या कथा सङ्ग्रह, उत्सर्ग कविता सङ्ग्रह, परिवार नियोजन के हो किन कसरी , यौन ज्ञान मनो विज्ञान, शारदा शोक काव्य, लक्ष्मण रेखा निबन्ध सङ्ग्रह, झुक्न नजानेको राष्ट्रवादी नेता बिपी कोइराला, वीर ग्रन्थ ६० सपूतहरूको गाथा लगायतका पुस्तक प्रकाशन भई सकेका छन् । दैनिक जसो कलम कापीलाई नै साथी बनाएर बस्ने तिलक प्रकाशका दैनिक पत्रपत्रिका तथा विभिन्न अन्य पुस्तक तथा जर्नल एवं पत्रपत्रिकामा लेख रचनाहरू प्रकाशित हुँदै आएका छन् । 

--
 3 Attachments
  •  Scanned by Gmail
 


प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १९:१०
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
पूर्वप्रधानमन्त्री कार्कीको ‘मिट्टी एण्ड द वाइल्ड क्याट’ पुस्तक आउँदै
पूर्वप्रधानमन्त्री कार्कीको ‘मिट्टी एण्ड द वाइल्ड क्याट’ पुस्तक आउँदै शुक्रबार, जेठ ८, २०८३
कवितासंग्रह ‘अन्तस्करण’ लोकार्पण
कवितासंग्रह ‘अन्तस्करण’ लोकार्पण सोमबार, जेठ ४, २०८३
साहित्यकार एवं गीतकार कादम्बरी दाना श्रेष्ठको  ‘इमा’ लोकार्पण
साहित्यकार एवं गीतकार कादम्बरी दाना श्रेष्ठको  ‘इमा’ लोकार्पण सोमबार, जेठ ४, २०८३
कवि रमेश गुरुङको कविता सङ्ग्रह ‘महाप्रस्थान’ को लोकार्पण
कवि रमेश गुरुङको कविता सङ्ग्रह ‘महाप्रस्थान’ को लोकार्पण आइतबार, जेठ ३, २०८३
राजधानीमा ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै
राजधानीमा ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै आइतबार, जेठ ३, २०८३
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा आइतबार, जेठ ३, २०८३
ताम्राकारको ‘दह’ उपन्यास लोकार्पण
ताम्राकारको ‘दह’ उपन्यास लोकार्पण शनिबार, जेठ २, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
भक्तपुरको  हाईल्याण्ड रिसोर्ट  साटा अवार्ड २०२६ का लागि मनोनयनमा
भक्तपुरको हाईल्याण्ड रिसोर्ट साटा अवार्ड २०२६ का लागि मनोनयनमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP