Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #आईसीसी क्रिकेट विश्वकप लिग–२
  • #छायानाथ अल्ट्रा रेस
  • #धीरबहादुर बुढा
Search Here
साहित्य
  • Home
  • साहित्य
  • पर्वतारोही शेर्पाको आत्मकथा ‘हिम्बु’ लोकार्पण
पर्वतारोही शेर्पाको आत्मकथा ‘हिम्बु’ लोकार्पण
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, फागुन १५, २०८०

काठमाडाैं -  पर्वतारोही शेर्पाको आत्मकथा ‘हिम्बु’ लोकार्पण भएकाे छ।  पर्यटन व्यवसायी तथा पर्वतारोही ल्हाक्पा सोनाम शेर्पाद्वारा लिखित आत्मकथा ‘हिम्बु’ पुस्तकको साेमबार काठमाडौँमा लोकार्पण गरेको हाे । 

सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीको सगरमाथा आरोहण अभियानका एक मात्र जीवित सदस्य कान्छा शेर्पा, राष्ट्रियसभाका सदस्य सोनाम ग्याल्जेन शेर्पा, वरिष्ठ पर्यटन व्यवसायी योगेन्द्र शाक्य, अमेरिकाका लागि नेपालका पूर्वराजदूत डा अर्जुन कार्की, नेपाल शेर्पा सङ्घका अध्यक्ष गेल्जे लामा शेर्पा, आरोही मिङमा शेर्पा र अन्तर्राष्ट्रिय माउन्टेन गाइड दावा याङजुङ शेर्पाले संयुक्तरुपमा सो पुस्तकको लोकापर्ण गरेका हुन्  ।

उक्त पुस्तकमा विभिन्न ३३ शीर्षकमा लेखक शेर्पाका जीवनीमा आधारित विविध संस्मरण प्रकाशित गरिएका छन् । उनले नेपालको पर्यटन क्षेत्रमा बिताएको ५० वर्षको अवधिमा भोगेका उतारचढाव सो पुस्तकमा उल्लेख छ । ‘सास ट्रष्ट’द्वारा प्रकाशित उक्त पुस्तकको सम्पादन साहित्यकार युवराज नयाँघरेले गरेका हुन्  ।

Hardik health

सोलुखुम्बुको पाङगोम गाउँमा जन्मिएका लेखक शेर्पाले १३ वर्षको उमेरमा घरबाट भागेर काठमाडौँ आई पर्यटन क्षेत्रमा काम गरेको अनुभव, फ्रान्समा स्कीसम्बन्धी कामसँगै सन् १९८८ मा थामसेर्कु ट्रेकिङ स्थापना गरेको विषयलाई पुस्तकमा समेटेका छन्  । सन् १९८७ मा थामसेर्कु हिमालको आरोहण गरेसँगै लेखक शेर्पाले विश्वको सात महादेशमा रहेका सबै उच्च हिमालको सफल आरोहण गरेको अनुभव सविस्तार पुस्तकमा उल्लेख गरेका छन् । 

उक्त पुस्तकको विषयमा स्पेनका लागि नेपालकी पूर्वराजदूत दावाफुटी शेर्पा, पुस्तकका सम्पादक युवराज नयाँघरे, समीक्षक महेश पौडेल, पर्यटन व्यवसायी योगेन्द्र शाक्यलगायतले आफ्ना धारणा राखेका छन् ।  सो अवसरमा लेखक शेर्पाले हिम्बु पुस्तक बिक्रीबाट सङ्कलित रकम सास ट्रष्टमार्फत आफ्नो गाउँको संस्था ह्यम्बु ठमिछो, किदुक खरिखोला, हिमाली क्षेत्रको मन्दिर डोल्पाको त्रिपुरा सुन्दरी र ताप्लेजुङको घुन्सा फाउन्डेसनलाई रु एक लाखका दरले प्रदान गर्ने बताए ।


प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १३:४७
#हिम्बु #ल्हाक्पा_सोनाम_शेर्पा
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
पूर्वप्रधानमन्त्री कार्कीको ‘मिट्टी एण्ड द वाइल्ड क्याट’ पुस्तक आउँदै
पूर्वप्रधानमन्त्री कार्कीको ‘मिट्टी एण्ड द वाइल्ड क्याट’ पुस्तक आउँदै शुक्रबार, जेठ ८, २०८३
कवितासंग्रह ‘अन्तस्करण’ लोकार्पण
कवितासंग्रह ‘अन्तस्करण’ लोकार्पण सोमबार, जेठ ४, २०८३
साहित्यकार एवं गीतकार कादम्बरी दाना श्रेष्ठको  ‘इमा’ लोकार्पण
साहित्यकार एवं गीतकार कादम्बरी दाना श्रेष्ठको  ‘इमा’ लोकार्पण सोमबार, जेठ ४, २०८३
कवि रमेश गुरुङको कविता सङ्ग्रह ‘महाप्रस्थान’ को लोकार्पण
कवि रमेश गुरुङको कविता सङ्ग्रह ‘महाप्रस्थान’ को लोकार्पण आइतबार, जेठ ३, २०८३
राजधानीमा ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै
राजधानीमा ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै आइतबार, जेठ ३, २०८३
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा आइतबार, जेठ ३, २०८३
ताम्राकारको ‘दह’ उपन्यास लोकार्पण
ताम्राकारको ‘दह’ उपन्यास लोकार्पण शनिबार, जेठ २, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
भक्तपुरको  हाईल्याण्ड रिसोर्ट  साटा अवार्ड २०२६ का लागि मनोनयनमा
भक्तपुरको हाईल्याण्ड रिसोर्ट साटा अवार्ड २०२६ का लागि मनोनयनमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP