Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #इजिप्टमा सडक दुर्घटना
  • #विश्व दृष्टि दिवस
  • #मेची_राजमार्ग
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • परराष्ट्र र श्रम मन्त्रालयबीचको द्वन्द्वले युरोपको रोजगारी गुम्दै
परराष्ट्र र श्रम मन्त्रालयबीचको द्वन्द्वले युरोपको रोजगारी गुम्दै
बुधबार, फागुन ९, २०८०

काठमाडौं– वैदेशिक रोजगारीका लागि युरोपका विभिन्न मुलुकबाट आएका मागपत्र प्रमाणीकरणको समस्या अझै समाधान हुन सकेको छैन । सम्बन्धित मुलुक हेर्ने नेपाली राजदूतावास वा कूटनीतिक नियोगबाट समयमै मागपत्र प्रमाणीकरण हुन नसके श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले गर्ने कार्यविधि बनाइए पनि कार्यान्वयनमा नआउँदा समस्या कायमै रहेको छ । 

मागपत्र प्रमाणीकरणका सम्बन्धमा श्रम मन्त्रालयले ‘वैदेशिक रोजगारसम्बन्धी जाँचबुझ र स्वीकृति गर्ने कार्यविधि, २०८०’ जारी गरेपछि असन्तुष्ट रहेको परराष्ट्र मन्त्रालयले आवश्यक सहयोग र समन्वय नगर्दा युरोपबाट आएको १५ हजारभन्दा बढी मागपत्र थन्किएर रहेको श्रम मन्त्रालयका एक उच्च अधिकारीले बताए ।

राजदूतावासबाट युरोपका मागपत्र प्रमाणीकरणमा ढिलाइ हुँदा रोजगारीको अवसर गुम्न थालेको भन्दै १५ दिनभित्र सम्बन्धित मुलुक हेर्ने कूटनीतिक नियोगले प्रमाणीकरण नगरे श्रम मन्त्रालय आफैंले गर्नेगरी गत पुस १७ गते उक्त कार्यविधि जारी गरेको थियो । यद्यपि कार्यविधिअनुसार मागपत्र प्रमाणीकरणका लागि श्रम मन्त्रालयले आवश्यक जाँचबुझ समिति बनाउने निर्णय कार्यान्वयनमा आउन सकेको छैन । 

Hardik health

मन्त्रालयका ती अधिकारीका अनुसार श्रम मन्त्रालयको रोजगार व्यवस्थापन महाशाखाका सहसचिवको संयोजत्वमा परराष्ट्र मन्त्रालय, वैदेशिक रोजगार विभागलगायतका निकायका उपसचिव सदस्य रहनेगरी समिति गठन गरिएको छ । तर पटक–पटक पत्राचार गर्दा पनि परराष्ट्रबाट प्रतिनिधि नपठाउँदा समितिले काम गर्न पाएको छैन ।
‘दूतावासबाट समयमै काम हुन सकेन भनेर कार्यविधि ल्याइयो,’ ती अधिकारीले भने, ‘परराष्ट्रले सहयोग नगर्दा युरोपबाट आएका मागपत्र प्रमाणीकरण हुन सकेको छैन ।’ यतिखेर रोमानियाको मात्रै छ हजारभन्दा बढी मागपत्र प्रमाणीकरणको पर्खाइमा रहेको उनले जानकारी दिए ।

मागपत्र प्रमाणीकरण समस्या समाधानका लागि आवश्यक सहजीकरण गर्न परराष्ट्रमन्त्री एनपी साउद सकारात्मक भए पनि परराष्ट्रका अधिकारीहरु त्यस पक्षमा छैनन् । श्रम मन्त्रालयलाई सघाउनुभन्दा कूटनीतिक नियोगलाई आवश्यक जनशक्ति र स्रोतसाधन उपलब्ध गराउनुपर्ने पक्षमा परराष्ट्रका अधिकारीहरु देखिएका कारण युरोपको मागपत्र प्रमाणीकरणको अवस्था अझै अन्योल हुने बताइन्छ ।

गत वर्ष युरोपबाट आएको मागपत्र प्राणीकरण हुन नसक्दा ४० हजारभन्दा बढी रोजगारीको अवसर गुमेको भन्दै वैदेशिक रोजगार व्यवसायीहरुले सरकारको ध्यानकर्षणसमेत गराएका थिए । लामो समयसम्म मागपत्र प्रमाणीकरण हुन नसक्दा नेपालका लागि आएको माग अन्यत्र जाने समस्या रहेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताए । ‘आगामी दिनमा रोजगारीको गन्तव्य खाडीबाट युरोपतिर केन्द्रित गर्नुपर्ने बताउँदै गर्दा आएका मागलाई समयमै प्रमाणीकरण गर्न नसक्दा रोजगारीको अवसर गुम्ने खतरा बढ्दै गएको छ,’ उनले भने, ‘श्रमिक पठाउने मुलुक हामीमात्रै होइनौं, जहाँबाट छिटो श्रमिक आपूर्ति हुन्छ रोजगारदाता त्यतै जान्छ ।’   
 


प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १०:३४
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख आइतबार, असोज २६, २०८२
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै आइतबार, असोज २६, २०८२
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP