Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #आईसीसी क्रिकेट विश्वकप लिग–२
  • #छायानाथ अल्ट्रा रेस
  • #धीरबहादुर बुढा
Search Here
साहित्य
  • Home
  • साहित्य
  • ‘सिर्जनाका फूलहरु’ सार्वजनिक
‘सिर्जनाका फूलहरु’ सार्वजनिक
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन २, २०८०

काठमाडौं - प्रतिष्ठित संगीतकार शक्ति बल्लभ र गीतकार बाबुराम पोखरेलको ‘सिर्जनाका फूलहरु’ सार्वजनिक भएको छ । गीतकार संघ नेपालको आयोजनामा गीतकार संघको सभाहल विजुलीबजारमा एक कार्यक्रमको आयोजना गरी उक्त एल्बम सार्वजनिक गरिएको हो ।

सम्मानित गीतकार विश्व बल्लभको प्रमुख आतिथ्यतामा ‘सिर्जनाका फूलहरु’ गीतिसंग्रह सार्वजनिक गरिएको हो । ‘सिर्जनाका फूलहरु’मा प्रतिष्ठित संगीतकार शक्ति बल्लभको एकल संगीत सिर्जना रहेको छ भने गीतकार बाबुराम पोखरेलको एकल शब्द सिर्जना रहेको छ ।

एल्बममा मनोहर सुनाम र निरज श्रेष्ठको संगीत संयोजन रहेको छ भने भोला पौडेलको रेकर्डिङ, मिक्सिङ र मास्टरिङ रहेको छ । एल्बममा आनन्द कार्की, सत्यराज आचार्य, स्वरुपराज आचार्य, शिशिर योगी, सुमित खड्का, माण्डवी त्रिपाठी, बानिका प्रधान र गीतकार पोखरेलकै स्वर रहेको छ । 

गीतकार संघ नेपालका उपाध्यक्ष रमेश कोइरालाको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रतिष्ठित संगीतकार शक्ति बल्लभ, वरिष्ठ गायक आनन्द कार्की, लोकप्रिय संगीतकार सन्तोष श्रेष्ठ, कराँते महासंघका उपाध्यक्ष डा.ओमकृष्ण प्रसाईँ, वरिष्ठ संगीतकार तथा संगीत संयोजक मनोहर सुनाम, रेकर्डिष्ट भोला पौडेल, गायिका माण्डवी त्रिपाठी, पत्रकार सबिता पोखरेल, गायक नवीन कार्की, संगीतकार ज्योतिप्रकाश, गायक चिरञ्जीवि भण्डारी लगायत गीतसंगीत क्षेत्रका व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो ।

Hardik health

कार्यक्रमको स्वागत मन्तव्य संघकी सचिव शितल कादम्बिनीले दिएकी थिइन् भने कार्यक्रम संचालन गीतकार तथा पत्रकार सुमन बैरागीले गरेका थिए । ‘सिर्जनाका फूलहरु’ गीतिसंग्रहमा असाध्यै राम्रो गीत बनेको बताउँदै गायक आनन्द कार्कीले गीतकार बाबुराम पोखरेललाई शुभकामना दिए ।

संगीतकार शक्ति बल्लभले संगीत उद्योगमा सुरुदेखि आजसम्म निरन्तर सफल यात्रा गर्ने संगीतकारको रुपमा पाएको र आफूले पनि रेडियो नेपालमा ‘जीवनमा धेरै खोला तर्नुछ’ पहिलो गीत गर्दादेखि हालसम्म पनि सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे । उहाँले छोएका गीतहरु सफल भएका र उनको आशिर्वादले आफू पनि सफल भएको बताउँदै संगीतकार बल्लभको प्रशंसा समेत गरे ।

‘सिर्जनाका फूलहरु’ गीतिसंग्रह सार्वजनिकसँगै कार्यक्रमका अतिथि लोकप्रिय संगीतकार सन्तोष श्रेष्ठले गीतकार पोखरेलाई शुभकामना व्यक्त गर्दै श्रद्धेय संगीतकार शक्ति वल्लभका सिर्जनामा विगतदेखि वर्तमानसम्म कुनै पनि दुर्घटनामा नपरेको बताए ।

संगीतकार बल्लभले सिर्जना गरेका गीतहरु आफैंमा अब्बल रहेको बताउँदै गीतकार पोखरेलको शब्द सिर्जना पनि मौलिक र शुद्धता रहेको बताए । गाउँमा छँदा नै संगीतकार बल्लभका गीत सुनेर यो क्षेत्रमा लागेको हुँदा उहाँको संस्कारलाई दोस्रो पुस्ताले सिक्नुपर्ने कुरा धेरै भएको बताए । 

त्यसैगरी गीतकार बाबुराम पोखरेलले ‘सिर्जनाका फूलहरु’ गीतिसंग्रहमाथि आफ्ना अनुभव सुनाउँदै गाउँमा छँदाको रोधीदेखि साथीभाइको प्रेरणाले गर्दा गीतिलेखनमा लागेको बताए । कृषि विकास बैंकमा छँदा संगीतकार शक्ति बल्लभको संगत गर्न पाएको र उहाँ सिर्जनाले आफूलाई आकर्षित गरेको बताए । गीतकार पोखरेलले आफैंले लेखेको गीतमा २०४२ सालमा नाटक गरिएको अनुभव बताउँदै हरेक शब्द सिर्जनामा कथा बुनेको हुँदा एउटा इतिहास निर्माण भएको बताए । 

त्यस्तै गीतिसंग्रहका संगीतकार शक्ति बल्लभले गीतकार पोखरेलको शब्दमा नै संगीतको लाइन रहेको बताउँदै उहाँका सिर्जना अब्बल रहेको बताए । शब्द लेखनमा फरक शैली र गीतका भाव हुनुमा उहाँसँग रहेको संगीतको ज्ञानले सहज भएको बताउँदै उहाँ राम्रो गायक पनि भएको बताए । सरल शैलीमा अब्बल गीत लेख्न सक्ने क्षमता भएको गीतकारको रुपमा आफूले पाएको संगीतकार बल्लभले बताए । 

त्यसैगरी गीतकार तथा कराँते महासंघका उपाध्यक्ष डा.ओमकृष्ण प्रसाइँले गीतकार र संगीतकारको अब्बल सिर्जना सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्दै गीतिलेखनमा परिपक्व रहेको बताए । उनले सबै गीतहरु सुनेर आफूले समिक्षा लेख्नेसमेत बताए । 

कार्यक्रमका प्रमुख अतिथि सम्मानित गीतकार विश्व वल्लभले गीतकार बाबुराम पोखरेलको लेखनमा इमान्दारिता झल्किएको बताए । गीतकार पोखरेललाई शुभकामना दिँदै यो क्षेत्र अति गाह्रो रहेको र लेखनमा अझैं प्रतिस्पर्धा रहेको बताए । संगीतकार, गायक गायिका अब्बल छान्नुभएको कारण गीतकार पोखरेलको शब्द सिर्जनाले पनि मूर्त रुप पाउने बताउँदै ‘सिर्जनाका फूलहरु’ गीतिसंग्रहको सफलताको शुभकामना दिए । 

कार्यक्रमलाई समापन गर्दै सभापति रमेश कोइरालाले गीतकार बाबुराम पोखरेलका गीतहरु नेपाली समाजलाई अग्रपंक्तिमा लैजाने गीत भएको बताए । गीतले समाज, मानवजीवनमा प्रभाव पार्नुका साथै व्यक्तिको परिचयलाई अमर बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । गीतकारहरु पछिल्लो समय मरेर बाँचिरहेका छन् भन्दै ९० प्रतिशत गीतहरु गीतकारको लगानीमा रहेको बताए । गीतसंगीतको क्षेत्रमा प्रष्ट नीति नआएको हुँदा संगीत क्षेत्रमा गीतकारहरु झन् धरापमा रहेको बताए ।


प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  १३:३६
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
पूर्वप्रधानमन्त्री कार्कीको ‘मिट्टी एण्ड द वाइल्ड क्याट’ पुस्तक आउँदै
पूर्वप्रधानमन्त्री कार्कीको ‘मिट्टी एण्ड द वाइल्ड क्याट’ पुस्तक आउँदै शुक्रबार, जेठ ८, २०८३
कवितासंग्रह ‘अन्तस्करण’ लोकार्पण
कवितासंग्रह ‘अन्तस्करण’ लोकार्पण सोमबार, जेठ ४, २०८३
साहित्यकार एवं गीतकार कादम्बरी दाना श्रेष्ठको  ‘इमा’ लोकार्पण
साहित्यकार एवं गीतकार कादम्बरी दाना श्रेष्ठको  ‘इमा’ लोकार्पण सोमबार, जेठ ४, २०८३
कवि रमेश गुरुङको कविता सङ्ग्रह ‘महाप्रस्थान’ को लोकार्पण
कवि रमेश गुरुङको कविता सङ्ग्रह ‘महाप्रस्थान’ को लोकार्पण आइतबार, जेठ ३, २०८३
राजधानीमा ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै
राजधानीमा ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै आइतबार, जेठ ३, २०८३
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा आइतबार, जेठ ३, २०८३
ताम्राकारको ‘दह’ उपन्यास लोकार्पण
ताम्राकारको ‘दह’ उपन्यास लोकार्पण शनिबार, जेठ २, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
भक्तपुरको  हाईल्याण्ड रिसोर्ट  साटा अवार्ड २०२६ का लागि मनोनयनमा
भक्तपुरको हाईल्याण्ड रिसोर्ट साटा अवार्ड २०२६ का लागि मनोनयनमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP