Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
साहित्य
  • Home
  • साहित्य
  • साहित्यकार उषा शेरचनलाई राष्ट्रिय मुक्तक पुरस्कार
साहित्यकार उषा शेरचनलाई राष्ट्रिय मुक्तक पुरस्कार
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ २८, २०८०

पोखरा-  साहित्यकार उषा शेरचन राष्ट्रिय मुक्तक पुरस्कार २०८० बाट पुरस्कृत भएकी छन् । मुक्तक मञ्च, केन्द्रीय समिति, पोखराद्वारा शनिवार पोखरामा आयोजित कार्यक्रममा शेरचनलाई ३३ हजार ३३३ रुपियाँ तथा ताम्रपत्रसहितको पुरस्कार प्रदान गरिएको हो ।

उनलाई वरिष्ठ कलाकार दुर्गा बराल ‘वात्स्यायन’ ले उक्त पुरस्कार प्रदान गरे । बरालले उषा बहुमुखी प्रतिभा भएको भन्दै साहित्यमा उनको लगाव प्रशंसनीय रहेको बताए । आफू पोखरेली युवा सांस्कृतिक परिवारको अध्यक्ष हुँदा उषा उपाध्यक्ष भएर देखाएको सव्रिmयताप्रति सधैँ गौरव लाग्ने गरेको स्मरण गर्दै वरिष्ठ कार्टुनिस्टका रूपमा समेत परिचित बरालले मुक्तक मञ्चले योग्य मात्रै होइन, सुयोग्य पात्रलाई पुरस्कार प्रदान गरेकोमा धन्यवाद व्यक्त गरे ।

प्रतिभा छनोट समितिका संयोजक साहित्यकार सरुभक्तले शेरचनको नितरन्तको साधनाको सम्मानस्वरूप पुरस्कार प्रदान गरिएको बताए । लेखनका अलावा अभिनयमा समेत दखल राख्ने उषाले आफ्नो पहिलो नाटकमा गरेको अभिनयको उनले स्मरण गरे ।

Hardik health

प्रतिभा छनोट समितिका सदस्य तथा मञ्चका सल्लाहकार रुपिन्द्र प्रभावीले प्रतिभा छनोट प्रक्रियाबारे जानकारी दिँदै शेरचनको परिचयसमेत दिएका थिए । उनले आख्यानकार, मुक्तककार र गीतकारका रूपमा शेरचनलाई चिनाउँदै उषाको लोभलाग्दो सक्रियता सबैका लागि प्रेरणा बन्दै आएको बताए ।

शेरचनको ‘अक्षरहरूका शिविरबाट’ मुक्तक सङ्ग्रह (२०५६) प्रकाशित छ भने ‘त्रासदीका हिमनदीहरू’ मुक्तक सङ्ग्रह प्रकाशनको तयारीमा छ । उनका नजन्मेका आस्थाहरू (२०४८) र सर्वकालीन पीडा र जागृतिका शङ्खघोष (२०६३) गरी २ कविता सङ्ग्रह, तेस्रो रङ (कथा सङ्ग्रह, २०७०) र आधि (उपन्यास, २०७६) प्रकाशित छन् । खोलीको दुई किनार भो... बोलको लोकप्रिय गीतकी रचनाकार शेरचनका अभीप्सा, सञ्चयन, मेरो माटो मेरो गीत, संवेदन र आकाश छुने रहर गरी ५ साङ्गीतिक एल्बम बजारमा आएका थिए । २०१२ मा पोखरामा जन्मेकी उनी हाल काठमाडौँ बसेर साहित्यिक गतिविधिमा संलग्न हुँदै आएकी छन् ।

कार्यक्रममा बोल्दै शेरचनले पुरस्कारले एकातिर खुसीको रङ ल्याउने र अर्कोतिर जिम्मेवारीको भारी बोकाउने गरेको अनुभव सुनाइन् । उनले माइतीमा आएर पाएको पुरस्कारले आफ्ना लागि विशेष महत्व राख्ने सुनाइन् । सो अवसरमा पुरस्कारका संस्थापक विष्णु अल्पविराम, साहित्यकार तीर्थ श्रेष्ठलगायतले शुभकामना दिएका थिए ।

मञ्चका अध्यक्ष रामजीप्रसाद आचार्यको अध्यक्षता तथा कार्यवाहक महासचिव अम्बिका भण्डारीको सञ्चालनमा भएको कार्यक्रममा पूर्व अध्यक्षद्वय कृष्ण देवकोटा र प्राञ्जल, र्‍यान्डम रिडर्स सोसाइटीकी उपाध्यक्ष गौरी तमुलगायतले १८९ औँ नियमित कार्यक्रममा मुक्तक वाचन गरेका थिए ।

मञ्चले सरुभक्तको संयोजकत्वमा रुपिन्द्र प्रभावी र कृष्ण देवकोटा सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसमा शेरचनलाई पुरस्कार दिने घोषणा मुक्तक दिवसका अवसरमा माघ १८ गते गरेको थियो । हरेक २ वर्षमा नेपाली मुक्तकमा योगदान गरेका मुक्तककारलाई प्रदान गरिने सो पुरस्कार यसअघि कृष्णप्रसाद पराजुली, रत्नशमशेर थापा, सरुभक्त, तेजनाथ घिमिरे र चेतना कार्कीले प्राप्त गरेका थिए ।
 


प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १८:२१
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
‘बखान’ उपन्यास पुरस्कृत
‘बखान’ उपन्यास पुरस्कृत आइतबार, चैत १५, २०८२
संस्कृतिकर्मी श्रेष्ठलाई ‘सूर्यनारायण पुरस्कार’
संस्कृतिकर्मी श्रेष्ठलाई ‘सूर्यनारायण पुरस्कार’ बिहीबार, चैत १२, २०८२
एघार प्राज्ञले आजीवन निर्वाह भत्ता नपाउने
एघार प्राज्ञले आजीवन निर्वाह भत्ता नपाउने मंगलबार, चैत ३, २०८२
‘हृदयचन्द्र स्मृति सम्मान’ प्रदान
‘हृदयचन्द्र स्मृति सम्मान’ प्रदान मंगलबार, फागुन ५, २०८२
भण्डारीको ‘समय सूत्र’ सार्वजनिक
भण्डारीको ‘समय सूत्र’ सार्वजनिक आइतबार, माघ १८, २०८२
मुक्तक प्रतिष्ठानद्वारा विराटनगरका पोखरेलसहित चार जना पुरस्कृत
मुक्तक प्रतिष्ठानद्वारा विराटनगरका पोखरेलसहित चार जना पुरस्कृत आइतबार, माघ १८, २०८२
मन्डलामा कविता कन्सर्ट हुँदै
मन्डलामा कविता कन्सर्ट हुँदै मंगलबार, पुस २२, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP