Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अपांग_महासंघ
  • #‘द चेन्ज’
  • #एफडब्लुएलडी
  • #सुक्खा_बन्दरगाह
  • #‘नेपाली कम्युनिष्ट पार्टी’
  • #विश्व_टेलिभिजन_दिवस
  • #बेलीब्रिज
  • #नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति
  • #एमालेको महाधिवेशन
Search Here
साहित्य
  • Home
  • साहित्य
  • अमर नेम्वाङ साहित्य पुरस्कारबाट तुम्खेवा र बाँस्कोटा पुरस्कृत
अमर नेम्वाङ साहित्य पुरस्कारबाट तुम्खेवा र बाँस्कोटा पुरस्कृत
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, माघ २६, २०८०

पाँचथर - अमर नेम्वाङ लिम्बू साहित्य पुरस्कारबाट लेखकद्वय विमला तुम्खेवा र गिरिराज बाँस्कोटा पुरस्कृत भएका छन् ।अमर नेम्वाङ लिम्बू स्मृति प्रतिष्ठानले नेम्वाङको पाँचौँ स्मृति दिवसको अवसरमा आज पाँचथरको फिदिममा आयोजना गरेको कार्यक्रममा उक्त पुरस्कार प्रदान गरिएको हो ।

कार्यक्रममा फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बृजहाङ आङ्देम्बेले श्रष्टाद्वयलाई दोसल्ला, सम्मानपत्र र नगद पुरस्कारले पुरस्कृत गरे । पुरस्कारको राशि जनही रु ५० हजार रहेको छ । कवि तुम्खेवा सञ्चारिका समूह नेपालका अध्यक्ष हुनुहुन्छ भने कवि तथा नियात्राकार बाँस्कोटा नेपाल पत्रकार महासङ्घ पाँचथर शाखाको अध्यक्षसमेत हुन् ।

उक्त पुरस्कारबाट गत वर्ष श्रवण मुकारुङ र प्रेम ओझा पुरस्कृत भएकाे थियो । यस्तै विसं २०७८ मा शारदा सुब्बा र बिना थिङ, २०७७ सालमा डा गोविन्दराज भट्टराई र वीर नेम्वाङ तथा २०७६ सालमा डा देवी क्षत्री दुलाल र मुनाराज शेर्मा पुरस्कृत भएकाे थियो । 

Hardik health

स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा दैवी विपत्तिका प्रभावितलाई राहत वितरण गरिनुका साथै छात्रवृत्तिसमेत वितरण गरिएको छ । कार्यक्रममा एक वर्षको अवधिमा आगलागीमा परी ज्यान गुमाएका हिलिहाङ गाउँपालिका–७ का शिशिर पन्दाक, फिदिम नगरपालिका–५ का समिर खाती, फाल्गुनन्द–१ का मनकुमार नेम्वाङ र मिक्लाजुङ–७ का सरिता राईको परिवारलाई रु १० हजारका दरले राहत वितरण गरिएको कार्यक्रम संयोजन गरेको याक्थुङ लेखक सङ्घका अध्यक्ष प्रकाश थाम्सुहाङले जानकारी दिए । 

अमर नेम्वाङ लिम्बू स्मृति प्रतिष्ठानले एक वर्षकै अवधिमा बाढी पहिरोमा परेका हिलिहाङ–७ का तिलकुमार तामाङ र आशिष माझी, फिदिम–१० का सञ्जोग यवा, फालेलुङ–४ का जुना सावदेन र फिदिम–५ का राजकुमार राईको परिवारलाई समेत रु १० हजारका दरले राहत वितरण गरेको छ । प्रतिष्ठानले फाल्गुनन्द–७ को ज्योति मावि कक्षा १० मा अध्ययनरत छात्रा प्रेमा लावतीलाई रु १० हजार रकमको छात्रवृत्ति समेत वितरण गरेको छ । 

पाँचथरको फाल्गुनन्द गाउँपालिकाका प्रथम अध्यक्ष अमरकुमार नेम्वाङको स्मृति दिवसका अवसरमा उक्त कार्यक्रम सम्पन्न भएको हो । गाउँपालिकाको वडा नं ५ मा आयोजित कार्यक्रममा सम्बोधन गर्ने क्रममा २०७५ साल माघ २६ गते नेम्वाङको निधन भएको थियो । नेम्वाङका  ‘सम्झनाका तरेलीहरू’, ‘अमेरिका भ्रमणका केही सम्झनाहरू’ र ‘एउटा साँझको अवसान’ गरी तीन कृति प्रकाशित छन् । उहाँका दर्जनौँ लेख, संस्मरण, निबन्ध र कविता अप्रकाशित अवस्थामा छन् । 

नेम्वाङको जन्म विसं १९९८ साउन २३ गते पाँचथरको फाल्गुनन्द गाउँपालिका–३, पौवामा बाबु नयेन्द्रराज नेम्वाङ र आमा श्रीहाङ्मा नेम्वाङको कोखबाट माइला छोराको रूपमा भएको थियो । आफ्नै गाउँको सारताप विद्यालयबाट अध्ययन सुरु गरेका नेम्वाङले सन्त रोबर्टस स्कुल दार्जिलिङ भारतबाबाट सन् १९६१ मा हाइस्कुल उत्तीर्ण गरेका थिए भने सन्ट जोसेफ कलेज नर्थप्वाइन्ट दार्जिलिङबाट १९६६ मा स्नातक उत्तीर्ण गरेका थिए ।

त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका नेम्वाङ पाँचथरमा लिम्बू समुदायबाट स्नातकोत्तर गर्ने पहिलो व्यक्ति हुन् ।   विसं २०३३ मा जनपक्षीय उम्मेदवार भई चिलिङदिन गाउँ पञ्चायतको प्रधानपञ्च निर्वाचित नेम्वाङ दुई पटक तत्कालीन पौवासारतापमा गाविस अध्यक्ष निर्वाचित भएकाे थियो । उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा फाल्गुनन्द गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएकाे थियो । 


प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  १६:४६
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
साहित्य सन्ध्याको ४७० औँ शृङ्खला: परिचर्चा र काव्यगोष्ठी
साहित्य सन्ध्याको ४७० औँ शृङ्खला: परिचर्चा र काव्यगोष्ठी आइतबार, मंसिर ७, २०८२
‘नेपाल र विश्‍वभरका गुरुङ समुदायको उत्थानः सफलताको उपाय’ पुस्तक सार्वजनि
‘नेपाल र विश्‍वभरका गुरुङ समुदायको उत्थानः सफलताको उपाय’ पुस्तक सार्वजनि बुधबार, मंसिर ३, २०८२
आचार्यका बालकथाको समीक्षात्मक कृति र ढुंगानाको बालकविता संग्रह सार्वजनिक
आचार्यका बालकथाको समीक्षात्मक कृति र ढुंगानाको बालकविता संग्रह सार्वजनिक शुक्रबार, कात्तिक २१, २०८२
बास्तोलाको ‘रगतको मूल्य’ लोकार्पण
बास्तोलाको ‘रगतको मूल्य’ लोकार्पण शुक्रबार, कात्तिक १४, २०८२
पोखरामा घुम्ती साहित्य उत्सव
पोखरामा घुम्ती साहित्य उत्सव मंगलबार, कात्तिक ११, २०८२
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक मंगलबार, कात्तिक ११, २०८२
महाकवि देवकोटाको जन्मजयन्ती मनाइँदै
महाकवि देवकोटाको जन्मजयन्ती मनाइँदै सोमबार, कात्तिक ३, २०८२
लोकप्रिय
  • Week
  • Month
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
जयनन्द र इन्दिराको शालिक अनावरणपछि 'सेलो सेन्टर' बनेको सिन्धुली कलाघर 
जयनन्द र इन्दिराको शालिक अनावरणपछि 'सेलो सेन्टर' बनेको सिन्धुली कलाघर 
बालअधिकार संरक्षणका अभ्यास
बालअधिकार संरक्षणका अभ्यास
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
वैदेशिक रोजगारीमा जान अब ३४ प्रकारका स्वास्थ्य परीक्षण गर्नुपर्ने
वैदेशिक रोजगारीमा जान अब ३४ प्रकारका स्वास्थ्य परीक्षण गर्नुपर्ने
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP