Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेकपा एमाले
  • #रवि लामिछाने
  • #एमाले महाधिवेशन
  • #एनएफपिजे
  • #फाउल_पोक्स
  • #श्रम संस्कृति पार्टीका उपाध्यक्ष देवराज लामा
  • #रास्वपा
  • #नेपाल कम्युनिष्ट पार्टी
  • #राजेन्द्र गौतम
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • प्रधानमन्त्रीको निर्देशनले रोकियो, व्यवसायी निराश
प्रधानमन्त्रीको निर्देशनले रोकियो, व्यवसायी निराश
सोमबार, माघ २२, २०८०

काठमाडौं– वैदेशिक रोजगारीका लागि जाने श्रमिकहरुलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिमप्रदायक संस्थाहरुले संशोधित कार्यविधिअनुसार बढाइएको शुल्क कार्यान्वयनमा नआएकोप्रति चासो व्यक्त गरेका छन् । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पूर्वप्रस्थान अभिमुखीकरण तालिमसम्बन्धी संशोधित दोस्रो कार्यविधिमार्फत ७०० रुपैयाँबाट बढाएर दुई हजार १०० रुपैयाँ पुर्‍याएको थियो । यस्तै परीक्षा शुल्कबापत थप ७०० रुपैयाँ तोकिएको छ । तर, उक्त व्यवस्था कार्यान्वयनमा आएको छैन । 

संशोधित कार्यविधिमा दुई दिनको तालिमलाई तीन दिन बनाइएको छ । यसअघि तालिममात्रै प्रदान गर्ने गरेकोमा अब परीक्षा पनि दिनुपर्ने व्यवस्था गरिएको छ । उल्लिखित तालिमलाई व्यवस्थित र परिणाममुखी बनाउन भन्दै वैदेशिक रोजगार विभागले आवश्यक मापदण्ड तोकी सोहीअनुसार व्यवसायीहरुलाई तालिम सञ्चालन गर्न निर्देशनसमेत दिइसकेको छ । विभागको निर्देशनअनुसार अधिकांश तालिमप्रदायक संस्थाले आवश्यक भौतिक तथा अन्य पूर्वाधार तयार परेको व्यवसायीहरुले बताएका छन् ।

Hardik health

तर वैदेशिक रोजगारीमा जाने श्रमिकलाई चर्को आर्थिक भार पर्ने गरी ल्याइएको तालिम शुल्कको चौतर्फी आलोचना भएपछि शुल्कवृद्धि कार्यान्वयनमा नल्याउन प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिएका थिए । सरकारले नै कार्यविधि संशोधन गरेर तालिम शुल्क बढाउने र तालिमप्रदायक संस्था सञ्चालनका लागि मापदण्ड पनि तोक्ने निर्णय गरेका कारण व्यवसायीहरुले ढुक्क भएर तोकिएबमोजिम पूर्वाधार थपेको वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघका अध्यक्ष रामराजा गौतमले बताए ।

‘सरकारकै निर्णयअनुसार मापदण्डबमोजिम व्यवसायीले पूर्वाधार थप गरिसकेका कारण संशोधित कार्यविधि कार्यान्वयन हुनुपर्छ,’ उनले भने, ‘तालिम प्रदायक संस्थाहरुले ठूलो लगानी गरिसकेका छन्, बढेको शुल्क कार्यान्वयन नगर्ने हो भने व्यवसायीमाथि अन्याय हुन्छ, हाम्रा संस्थाहरुको जिममेवारी सरकारले लिनुपर्छ ।’

संशोधित कार्यविधिअनुसार प्रत्येक प्रशिक्षण कक्षामा ८४ इञ्चको (एन्ड्रोइड १३, र्‍याम आठ जिबी, रूम एचडिडी १२८) भएको स्मार्ट बोर्ड दुइटा राख्नुपर्ने छ भने कम्प्युटर प्रिन्टर र विभागको फेइम्स प्रणालीसँग मेल खाने आइरिस रेटिना हाजिर मेसिन (आइरिस स्क्यानर)अनिवार्य हुनुपर्ने व्यवस्था छ ।

त्यस्तै कक्षाकोठा र प्रशिक्षककोसमेत मापदण्ड तोकिएको छ । सरकारले तोकेअनुसारको मापदण्ड पुरा गर्न र संस्थाको डेकोरेसनमा प्रत्येक व्यवसायीले १० लाख रुपैयाँभन्दा बढी लगानी गरिसकेको गौतमले बताए । ‘संशोधित कार्यविधि कार्यान्वयन गर्न भन्दै सरकारले सूचना निकालेर मापदण्डअनुरुप पूर्वाधार राख भन्यो,’ उनले भने, ‘प्रधानमन्त्रीज्यूको निर्देशनपछि बढाइएको शुल्क कार्यान्वयनमा रोक लगाइएको छ, लगानी बढाएका व्यवसायी यतिखेर निराश छन् ।’ हाल १४३ वटा तालिम प्रदायक संस्थाले अभिमुखीकरण तालिम दिइरहेका छन् ।

 


प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १०:५६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
विदेशमा सिकेको सीप स्वदेशमा उपयोग गर्दै व्यवसायी खनाल
विदेशमा सिकेको सीप स्वदेशमा उपयोग गर्दै व्यवसायी खनाल आइतबार, पुस ६, २०८२
ई-सेभेन भिसामा कामदार पठाउन पाउनेमा व्यवसायी आशावादी
ई-सेभेन भिसामा कामदार पठाउन पाउनेमा व्यवसायी आशावादी आइतबार, पुस ६, २०८२
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ शुक्रबार, पुस ४, २०८२
श्रमिकमाथि हुने ठगी रोक्न सिआइबीसहितको ‘स्पेसल टास्क फोर्स’ बनाइने
श्रमिकमाथि हुने ठगी रोक्न सिआइबीसहितको ‘स्पेसल टास्क फोर्स’ बनाइने शुक्रबार, पुस ४, २०८२
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न बिहीबार, पुस ३, २०८२
वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो बुधबार, पुस २, २०८२
लोकप्रिय
  • Week
  • Month
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
सास्थम विराटनगरमा बीबीए र बीएचएमका नवप्रवेशी विद्यार्थीको स्वागत
सास्थम विराटनगरमा बीबीए र बीएचएमका नवप्रवेशी विद्यार्थीको स्वागत
नबिल बैंककाे   पाँच करोड कित्ताकाे शेयर’ बाँडफाँट
नबिल बैंककाे पाँच करोड कित्ताकाे शेयर’ बाँडफाँट
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP