Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेकपा एमाले
  • #रवि लामिछाने
  • #एमाले महाधिवेशन
  • #एनएफपिजे
  • #फाउल_पोक्स
  • #श्रम संस्कृति पार्टीका उपाध्यक्ष देवराज लामा
  • #रास्वपा
  • #नेपाल कम्युनिष्ट पार्टी
  • #राजेन्द्र गौतम
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • जर्मनीमा प्रशिक्षार्थी कामदार पठाउन ढिलाइ 
सम्झौता भएको चार महिनामा पनि अघि बढेन प्रक्रिया जर्मनीमा प्रशिक्षार्थी कामदार पठाउन ढिलाइ 
बिहीबार, माघ १८, २०८०

काठमाडौं– वैदेशिक रोजगारीका लागि नेपाल र जर्मनीबीच भएको सम्झौताअनुसार प्रशिक्षार्थी कामदार पठाउने कार्यमा अन्योलता देखिएको छ । गत असोज २३ गते जर्मनीले शून्य लागतमा प्रशिक्षार्थी कामदार लैजानेगरी ‘दक्ष श्रम आप्रवासन तथा ज्ञान आदानप्रदानसम्बन्धी संयुक्त घोषणापत्र’ (ज्वाइन्ट डिक्लेरेसन अफ इन्टेन्ट)मा हस्ताक्षर गरेको चार महिना बित्नै लाग्दा पनि कुनै प्रक्रिया अघि बढेको छैन ।

सम्झौतामा जतिसक्दो चाँडो प्रशिक्षार्थी कामदार लैजान प्रक्रिया अघि बढाइने उल्लेख गरिएको छ । तर कुन क्षेत्रमा कसरी पठाउने भन्ने विषय नै अहिलेसम्म टुंगिएको छैन । यो विषय दुई देशबीच मस्यौदा आदानप्रदानमै सीमित बनेको छ । यद्यपि प्रशिक्षार्थी कामदारलाई कसरी रोजगारी दिन सकिन्छ भन्नेबारे बन्दै गरेको कार्यविधिमाथि द्विपक्षीय छलफल चलिरहेको श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

नेपालको तर्फबाट आवश्यक मस्यौदा तयार पारेर अध्ययनका लागि जर्मनी पठाइएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता राजिव पोखरेलले बताए । ‘हामीले ड्राफ्ट (मस्यौदा) बनाएर जर्मनी पठाइसकेका छौं,’ उनले भने, ‘अध्ययनकै क्रममा रहेकाले अहिलेसम्म प्रतिक्रिया आइसकेको छैन, अझै केही समय लाग्ला ।’

Hardik health

नेपालले पठाएको मस्यौदामा जर्मनीका अधिकारीहरुले सहमति जनाएको खण्डमा ‘ज्वाइन्ट वर्किङ कमिटी’मा आवश्यक छलफल गरेर अन्तिम रुप दिइने पोखरेलले बताए । दुवै पक्षबीच भौतिक रूपमा सँगै बसेर काम गर्न नपाएका कारण सम्झौताअनुसारको परिणाम आउन ढिलाइ भइरहेको उनले बताए । ‘मस्यौदा आदानप्रदानबाटै सबै काम गर्नुपर्ने भएकाले अलि बढी समय लागिरहेको छ,’ उनले भने, ‘सबै प्रक्रिया पूरा गर्दा अझै तीन महिना जति लाग्न सक्ने देखिन्छ ।’ द्विपक्षीय छलफल र सहमतिपश्चात् आवश्यक प्रक्रिया पूरा गरी जर्मनीमा प्रशिक्षार्थी कामदार पठाउन बाटो खुल्ने प्रवक्ता पोखरेलको भनाइ छ । 

घोषणापत्रमा हस्ताक्षर भएलगत्तै कम्तीमा तीन महिनाभित्र नेपाली प्रशिक्षार्थी कामदार पठाउने प्रक्रिया सुरु हुने जनाएको मन्त्रालयले ढिलाइ हुनुको अन्य कारण भने खुलाएको छैन । यद्यपि यसमा कूटनीतिक पहल नपुगेको र नेपालको तर्फबाट प्रस्ताव गरिएका सेवासर्तहरुमा जर्मन अधिकारीहरु सहमत हुन नसकेका कारण ढिलाइ भइरहेको मन्त्रालय स्रोतको दाबी छ ।

लामो समयदेखि विद्यार्थी भिसा र व्यक्तिगत श्रम स्वीकृतिमा नेपालीहरु जर्मनी गइरहे पनि दुई देशबीच भएकोे सम्झौताले भने प्रशिक्षार्थी कामदार जाने ढोका खुलेको छ । सम्झौताअनुसार कामदारले शून्य लागतमा जर्मनी जान पाउने छन् । उनीहरुलाई एक वर्ष व्यावसायिक तालिम दिएर श्रमबजारमा पठाइने छ भने उक्त अवधिका निश्चित पारिश्रमिक उपलब्ध गराइने पनि सम्झौतामा उल्लेख गरिएको छ ।

जर्मनी जान पाउने प्रशिक्षार्थी कामदारले स्थानीय नागरिकसरह सेवा सुविधा पाउनुका साथै सामाजिक सुरक्षा, बिमालगायतका सुविधा पनि प्राप्त गर्ने छन् । हाल जर्मनीमा आठ हजारको हाराहारीमा नेपाली रहेको विभिन्न अध्ययनहरुले देखाएका छन् । 


प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  ११:१२
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
विदेशमा सिकेको सीप स्वदेशमा उपयोग गर्दै व्यवसायी खनाल
विदेशमा सिकेको सीप स्वदेशमा उपयोग गर्दै व्यवसायी खनाल आइतबार, पुस ६, २०८२
ई-सेभेन भिसामा कामदार पठाउन पाउनेमा व्यवसायी आशावादी
ई-सेभेन भिसामा कामदार पठाउन पाउनेमा व्यवसायी आशावादी आइतबार, पुस ६, २०८२
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ शुक्रबार, पुस ४, २०८२
श्रमिकमाथि हुने ठगी रोक्न सिआइबीसहितको ‘स्पेसल टास्क फोर्स’ बनाइने
श्रमिकमाथि हुने ठगी रोक्न सिआइबीसहितको ‘स्पेसल टास्क फोर्स’ बनाइने शुक्रबार, पुस ४, २०८२
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न बिहीबार, पुस ३, २०८२
वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो बुधबार, पुस २, २०८२
लोकप्रिय
  • Week
  • Month
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
सास्थम विराटनगरमा बीबीए र बीएचएमका नवप्रवेशी विद्यार्थीको स्वागत
सास्थम विराटनगरमा बीबीए र बीएचएमका नवप्रवेशी विद्यार्थीको स्वागत
नबिल बैंककाे   पाँच करोड कित्ताकाे शेयर’ बाँडफाँट
नबिल बैंककाे पाँच करोड कित्ताकाे शेयर’ बाँडफाँट
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP