Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेकपा एमाले
  • #रवि लामिछाने
  • #एमाले महाधिवेशन
  • #एनएफपिजे
  • #फाउल_पोक्स
  • #श्रम संस्कृति पार्टीका उपाध्यक्ष देवराज लामा
  • #रास्वपा
  • #नेपाल कम्युनिष्ट पार्टी
  • #राजेन्द्र गौतम
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • ६ महिनामा ६८२ श्रमिकले गुमाए विदेशमा ज्यान
६ महिनामा ६८२ श्रमिकले गुमाए विदेशमा ज्यान
सोमबार, माघ १५, २०८०

काठमाडौं– पछिल्लो छ महिनामा वैदेशिक रोजगारीमा गएका ६८२ जना नेपाली श्रमिकले विदेशी भूमिमा ज्यान गुमाएका छन् । वैदेशिक रोजगार बोर्डको तथ्यांकअनुसार चालु आर्थिक वर्षको छ महिना १५ दिनमा श्रम स्वीकृति लिएर रोजगारीका लागि विभिन्न मुलुकमा पुगेका ६८२ जना नेपाली श्रमिकले ज्यान गुमाएका हुन् । 

यसरी ज्यान गुमाउनेमा ६६६ जना पुरुष र १६ जना महिला श्रमिक रहेका छन् । बोर्डको तथ्यांकअनुसार उक्त अवधिमा मासिक सरदर १०० जनाभन्दा बढी नेपालीले विदेशमा ज्यान गुमाएको देखिन्छ । सबैभन्दा बढी रोजगारीका क्रममा साउदी अरेबिया गएका नेपालीले ज्यान गुमाएका छन् । साउदीमा उक्त अवधिभित्र १७९ जना नेपालीको मृत्यु भएको तथ्यांक छ । त्यस्तै मलेसियामा १७६, कतारमा १२५, युएईमा ११०, कुवेतमा ३२, दक्षिण कोरियामा १५, बहराइनमा १४ र अन्य मुलुकमा ३१ जना नेपाली श्रमिकले ज्यान गुमाएको बोर्डको तथ्यांकले देखाएको छ । 

जिल्लागत रुपमा सबैभन्दा बढी सिराहाबाट रोजगारीका लागि विदेश गएका नेपालीहरुले ज्यान गुमाएका छन् । पछिल्लो छ महिनाको अवधिमा सिराहाका ३९ जनाको मृत्यु भएको छ । त्यस्तै झापा र महोत्तरीका ३४/३४ जना, मोरङका ३२, धनुषाका २७, रुपन्देहीका २६, दाङका २२, स्याङ्जाका १९, नवलपरासी पूर्वबाट १८, रोल्पाबाट १६, रौतहटबाट १५, बारा र सप्तरीबाट १४/१४ र बाँके, बागलुङ, मकवानपुरबाट १२/१२ जनाले ज्यान गुमाएका छन् । 

Hardik health

यसैगरी प्रादेशगत आधारमा चालु आवको छ महिना १५ दिनमा मधेस प्रदेशबाट १६४ जना, कोशी प्रदेशबाट १५६ जना, लुम्बिनी प्रदेशबाट १३५ जना, गण्डकी प्रदेशबाट १०० जना, बागमती प्रदेशबाट ८१ जना, कर्णाली प्रदेशबाट ३० जना र सुदूरपश्चिम प्रदेशबाट १६ जनाले वैदेशिक रोजगारीको शिलशिलामा ज्यान गुमाएको बोर्डले जनाएको छ । विदेश जाने नेपालीहरुको प्राकृतिक, आत्महत्या, सडक दुर्घटना, हृदयघात, कार्यस्थलमा हुने दुर्घटना, हत्या, गम्भीर प्रकृतिका रोगलगायतका कारणले मृत्यु हुने गरेको बोर्डले उल्लेख गरेको छ । 

सरकारले औपचारिक माध्यमबाट श्रम स्वीकृति लिएर विदेशमा पुगी ज्यान गुमाएका मृतक संख्याको अभिलेख राख्ने गरेको छ । यद्यपि अवैध तरिकाले विदेश गएका वा अन्य कारणले अवैध हुन पुगेका श्रमिकको मृत्यु भएमा कुनै अभिलेख राख्ने गरिँदैन । तसर्थ रोजगारीका लागि विदेश गएका कति श्रमिकको मृत्यु भयो भन्ने यकीन तथ्यांक पाउन मुस्किल छ । 

सरकारले श्रम स्वीकृति लिएर विदेश गएका श्रमिकको मृत्यु भएमा उनीहरुको परिवारलाई आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ । जसअन्तर्गत बोर्डमार्फत मृतकका परिवारले सात लाख रुपैयाँ आर्थिक सहायता प्राप्त गर्ने छ । सरकारले २०६५ सालदेखि विदेशमा काम गर्ने क्रममा मृत्यु भएका श्रमिकका परिवार तथा अंगभंग भएका श्रमिकलाई आर्थिक सहायता उपलब्ध गराउन थालेको हो । विदेश जाने श्रमिकले कल्याणकारी कोषमा जम्मा गरेको रकमबाट नै सरकारले आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ ।
 


प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  ०९:५०
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
विदेशमा सिकेको सीप स्वदेशमा उपयोग गर्दै व्यवसायी खनाल
विदेशमा सिकेको सीप स्वदेशमा उपयोग गर्दै व्यवसायी खनाल आइतबार, पुस ६, २०८२
ई-सेभेन भिसामा कामदार पठाउन पाउनेमा व्यवसायी आशावादी
ई-सेभेन भिसामा कामदार पठाउन पाउनेमा व्यवसायी आशावादी आइतबार, पुस ६, २०८२
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ शुक्रबार, पुस ४, २०८२
श्रमिकमाथि हुने ठगी रोक्न सिआइबीसहितको ‘स्पेसल टास्क फोर्स’ बनाइने
श्रमिकमाथि हुने ठगी रोक्न सिआइबीसहितको ‘स्पेसल टास्क फोर्स’ बनाइने शुक्रबार, पुस ४, २०८२
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न बिहीबार, पुस ३, २०८२
वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो बुधबार, पुस २, २०८२
लोकप्रिय
  • Week
  • Month
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
सास्थम विराटनगरमा बीबीए र बीएचएमका नवप्रवेशी विद्यार्थीको स्वागत
सास्थम विराटनगरमा बीबीए र बीएचएमका नवप्रवेशी विद्यार्थीको स्वागत
नबिल बैंककाे   पाँच करोड कित्ताकाे शेयर’ बाँडफाँट
नबिल बैंककाे पाँच करोड कित्ताकाे शेयर’ बाँडफाँट
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP